All Posts By इटहरी खबर संवाददाता

    Showing ५९१-६०० of ३,०८६ items.
  • लगातार घटेको सेयरबजारले पाएन टेवा, बिहीबार फेरि ३३ अंकले घट्यो नेप्से

    इटहरी । लगातार ५ दिनदेखि घटेको सेयरबजारले बिहीबार पनि टेवा पाउन सकेन। बुधबार ४५ अंकले नेप्से बढे पनि बिहीबार त्यसले निरन्तरता भने पाउन नसकेको हो। बिहीबार नेप्से सूचक पुन: ३३.४२ अंकले घटेर २६८२.२९ अंकमा आइपुगेको हो। समग्रमा यो साता नेप्से ६८ अंकले नेप्से घटेको छ। नेप्सेले २७ सय अंकमाथिको यात्रा गर्न नसक्दा लगानीकर्ताले कारोबारलाई समेत खुम्च्याउन थालेका छन्।आइतबार ७ अर्ब ३५ करोडको कारोबार गरेका लगानीकर्ताले बिहीबारसम्म आइपुग्दा कारोबारलाई घटाएर ६ अर्ब १४ मा सीमित राखेका हुन्। बुधबार ४५ अंकले बढेको बजारमा पनि लगानीकर्ताले ५ अर्ब मात्रैको कारोबार गरेका थिए। यसर्थ यो हप्ता लगानीकर्ता कारोबारमा भने

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • २८४ पटक पढिएको
  • रविलाई सातौं पटक थपीयाे म्याद : पाँच दिन हिरासतमा राख्न अनुमति

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज (बिहीबार) कास्की जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको हो ।गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेको पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • २८७ पटक पढिएको
  • देशभरका पत्रकार चुनावमा व्यस्त : सुनसरीकाे अवस्था के छ ?

    इटहरी । निर्वाचनकाे सबै तयारी पुरा भए संगै देशभरका पत्रकारहरू अहिले चुनावी सरगमका कारण व्यस्त देखिएका छन । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि यानीकी शुक्रबार हुने निर्वाचनले उनीहरू ब्यस्त बनेकन हुन ।  सधैँ अरुका समाचार लेख्ने पत्रकार अहिले आफैँ समाचार बनेर बिभिन्न सञ्चारमाध्यमहरूमा छाइरहेका छन । उपत्यकाका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्ने सबैबिच चुनावको चर्चा छ । महासङ्घ केन्द्रीय समितिका पदाधिकारी र विभिन्न क्षेत्र (क्लष्टर)बाट प्रतिनिधित्व हुने केन्द्

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • २६४ पटक पढिएको
  • गढीमाई मेला सुरक्षाको लागि सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन

    काठमाडौँ । बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करिब ५ सय जना सशस्त्र प्रहरी २४ सै घण्टा परिचालित भएका छन् । मङ्सिर १ गतेदेखि सुरु भएको मेला मङ्सिर ३० गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलालाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं। १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमान्डमा टोली परिचालन भएको छ भने मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा मेला अवधिभरको लागि मेलास्थमा  कमान्ड पोस्ट स्थापना गरिएको छ । मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग परिचालन गरि

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • २४१ पटक पढिएको
  • वैज्ञानिकले बनाए एचआईभीविरुद्धको खोप, ९६ प्रतिशतसम्म प्रभावकारी

    एजेन्सी । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो। डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको उपचार खोजी गरिरहेका छन्। हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन्। उनीहरूले एचआइभी सङ्क्रमण रोक्ने खोप बनाएका हुन् । एचआईभी सङ्क्रमण रोक्न यो खोप ९६ प्रतिशतसम्म प्रभावकारी रहेको वैज्ञानिकहरूले बताएका छन् ।यो सुईको नाम लेनाकापाभिर हो। वैज्ञानिकहरूका अनुसार यो खोपको एक वर्षमा दुई डोज लगाएमा व्यक्ति एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा सुरक्षित रहनेछ ।अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियडद्वारा जारी गरिएको र न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथ्याङ्क

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • ५६१ पटक पढिएको
  • सर्लाहीमा जाडोबाट जोगिन बालिएको घुरबाट आगलागी , एक बिघामा लगाएकाे उखु सखाप

    सर्लाही । सर्लाहीमा आगलागी हुँदा एक बिघा जमिनको उखु जलेर नष्ट भएको छ । बुधबार दिउँसो सर्लाहीको हरिपुर नगरपालिका-१ मुसहरी टोलमा आगलागी हुँदा एक बिघा भन्दा धेरै जमिनमा लगाइएको उखु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।हरिपुर नगरपालिका ९ पिडारीका किसान मोहम्मद इस्लाम अंसारीले लगाएको एक बिघा ५ कठ्ठाको उखु जलेर नष्ट भएको हो। आगलागीबाट उखुसँगै सिँचाई मोटर, विद्युत् मिटर, छाप्रोसहितका संरचना पनि जलेका छन्। जाडोबाट जोगिन बालिएको घुरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • १६६ पटक पढिएको
  • विराटनगर र पोखराको खेल ‘टाइ’, सुपर ओभरबाट विजेता टुंगो लाग्ने

    विराटनगर । विराटनगर किंग्स र पोखराबीचको नेपाल प्रिमियर लिगको खेल टाइ भएको छ।टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभर खेल्दै ७ विकेट क्षतिमा १३९ रन बनाएको थियो।जवाफी ब्याटिङ गरेको पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो। 

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • २८१ पटक पढिएको
  • भोजराज घिमिरे प्रदेश परिषद सदस्यमा उम्मेदवार

    मोरङ– पत्रकारिता क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वरिष्ठ पत्रकार भोजराज घिमिरेले नेपाल पत्रकार महासंघ मोरङ शाखाको प्रदेश परिषद सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्।पत्रकारिता क्षेत्रमा दर्शन दैनिक, नेपाल टाइम्स, नवपथ अनलाइन, मकालु रेडियो, नागरिक दैनिक, रेड एफएम, दमक अनलाइन र इटहरी  खबर लगायतका सञ्चार माध्यममा सक्रिय योगदान गर्दै आएका घिमिरेले पत्रकारहरूको व्यावसायिक हक अधिकार र पत्रकारिताको पेशागत धर्म स्थापनाका लागि आफूले निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।घिमिरेले मतदाताहरूलाई सम्बोधन गर्दै भने, "पत्रकारिताको व्यावसायिक धर्म र कर्मको संरक्षण तथा पत्रकारहरूको हक अधिकारका

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • ३४७ पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्ध ‘साइबर क्राइम’मा मुद्दा दर्ता, साढे ७ वर्ष कैदको माग

    काठमाडाैं । विवादित स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदन अनुसार बुधबार मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बताए।कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी आरोपसहित ‘कीर्ते’ कागजात सार्वजनिक गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंसिर ४ गते पक्राउ गरेको थियो।अनुसन्धानका क्रममा उनले आफूले सार्वजनिक कागजात कसैले दिएको बताए पनि ती व्यक्ति आफूले नचिनेको बयान दिएका छन्।प्रसाईंविरुद्

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • २४१ पटक पढिएको
  • उमेरले ७० नाघ्याे तर जाेस जागर उस्तै :हतियारमा ‘धार’ लगाएर मनग्गे कमाउछन कञ्चनपुरका राना

    कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउने काम गर्छन्। चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो।यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चलिरहेको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउँछन्। तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायबापत दैनिक करिब एक हजारजति आम्दानी हुने गरेको रानाले बताए।‘बिहानको नास्ता गरेर घरबाट निस्किन्छु। साँझ अबेर मात्रै घर फर्कने ग

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • १९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल