इटहरी । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडाउन रोक लगाइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र अत्यधिक रुपमा व्यावसायिक हेलिकप्टरको उडान अवतरणमा रोक लगाउने निर्णय भएको हो । निकुञ्ज कार्यालयले अनियन्त्रित रुपमा हुने गरेको हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको हो ।‘हेलिकप्टरको उडानबाट निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेको बस्तीहरुमा अत्यधिक ध्वनि प्रदूषण समेत भएको छ,’ कार्यालयको निर्णयमा भनिएको छ, ‘अर्कोतर्फ वन्यजन्तु तथा आखे
जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा दूधे बालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जीप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो ।दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ बर्षीय जीप चालक ईन्द्रजित थापा, ६५ बर्षीया शिला पुन, ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाईतेहरुलाई ल्याएको थियो । अस्पतालले
इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बिहीबार) कुशल भुर्तेल र सन्दीप लामिछाने आमने सामने हुँदैछन् । अंक तालिकाको पुछारमा रहेका विराटनगर किंग्स र पोखरा एभेन्जर्सले आज एनपीएलको आफ्नो पाँचौं खेल खेल्दै छन् ।त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुनेछ । दुवै टिमलाई प्लेअफको सम्भावना कायमै राख्न जित्नै पर्ने दबाब छ । विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ । यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ । चार खेलमा मात्र एकमा जित हात पारेको भुर्तेलको टिम पोखरा दुई अंकका साथ तालिकाको सातौं स्थानमा छ ।सुरूआती दुई खेल हारेको पोख
मेष : करियर वा कारोबारमा लाभ मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आपसी झगडामा भावुक भएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।बृष : सम्पत्तिलाई लिएर कानुनी मामिला सुल्झिनेछ। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ। वैवाहिक जीवन र प्रेम प्रसंगमा आजको दिन उत्साहपूर्ण रहनेछ। कलाकारिताको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।मिथुन : बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मन पर्ने साथीको साथ र सहयोग पाउन सकिन्छ। धार्मिक कार्य सफल रहला। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। प्रेम सम्बन्ध
इटहरी । सेयरबजारमा आज कारोबार रकम ५ अर्ब नाघेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १ करोड ८३ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेप्से परिसूचकमा पनि आज उच्च अंकले वृद्धि भएको छ।नेप्से सूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा आइपुगेको दिन २ सय ११ वटा सेयरको मूल्य बढेको छ। यस्तै २९ वटाको घटेको र ३ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।आज कम्पनीहरुको सेयर ९.९७ प्रतिशतसम्म बढेको छ भने ९.९९ प्रतिशतसम्म घटेको छ। बुधबार जानकी फाइनान्सको सर्वाधिक ३६ करोडको सेयर कारोबार भएको छ।बैंकिङ समूहमा उत्साह देखिएको छ। यस समूहको सूचक ३.४३ प्रतिशतले बढेको छ।
इटहरी । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । आज (बुधबार) बिहान मात्र रविलाई पर्साबाट काठमाडौं ल्याइएको थियो ।केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन् । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि छिन् । तर रवि र निकिता फरक फरक सिटमा छन् । रविलाई पोखराबाट बयानका लागि वीरगञ्ज लगिएको थियो । मंगलबार एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो ।रविलाई पोखराबाट बयानका लागि अस्ती वीरगञ्ज लगिएको थियो । हिजो एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो । श्रीमान क
काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौँ बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका–७ घर भई काठमाडौँ–२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प
काठमाडौँ । सांसद उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि बुधवार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘दैनिक उपभोग्य वस्तु एक किलो ल्याउँदा जनताले सास्ती भोग्न परेको छ,’ यादव भन्छन्, ‘२५ वटा ट्रक आउँछन् २ वटाको भन्सार लियो र बाँकी छाडिदिने परम्परा छ । अनि कसरी हुन्छ राजस्व सङ्कलन ? भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुन्छन् ।’बोर्डर छेउका नेपाली ब
सिरहा । सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो ।यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिए । उनका अनुसार यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो (कतर्नी) धान प्रतिक्विन्टल रु चार हजार दुई सय तोकेको छ ।जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय भएअनुसार समर्थन मूल्यमा धान
इटहरी । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन। यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।हालसम्म पाँच खेलमध्ये लगातार चार खेलमा पराजित हुँदा एउटा खेलमा भने जित हात पारेको छ । पहिलो खेल विराटनगरसँग दुई विकेटले हारेको लुम्बिनीले दोस्रो खेलमा पोखरासँग १० विकेटले हारेको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।एनपिएलमा लुम्बिनीको प्लेअफको यात्रा लगभग समाप्त भइस