इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) तेह्रथुम आउने भएका छन । आठराईस्थित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि ओली हेलिकप्टरमार्फत आठराई आउन लागेको तेह्रथुमका प्रदेश सांसद किशोरचन्द्र दुलालले जानकारी दिए।ओली बिहान साढे १० बजे तेह्रथुम आइपग्ने तेह्रथुमका सांसद सीता गुरुङले जानकारी दिएकी छन् । ओलीको स्वागतका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत एमाले र कांग्रेसका नेता इवा पुगेका छन् । ओलीको जन्मस्थान तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–४, इवास्थित श्री प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित १८ कोठे पक्की भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको दु
इटहरी। चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ को उत्कृष्ट ४ मा पुग्न सफल कमेडियन हिक्मत महराको मृत्यु भएको छ । कैलालीको गोदावरीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटना उनको मृत्यु भएको हो।गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सुपप्र ०१–००१क २०६० नम्बरको ट्रकमा महराले चलाएको म.२ प ९११७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।‘कमेडी च्याम्पियन–२’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १८० जनामा
पथरी शनिश्चरे -मोरङको पथरीशनिश्चरेमा लाग्ने लिम्बू समुदायको चासोक तङ्नाम कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमस गायक साहिल लिम्बू, नोगन लिम्बू लगायतका कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रमहुने भएको छ । कार्यक्रममा याक्थुङ स्टार सिजन -१ विजेता अन्जना नाल्बो, गायक भिम लिम्बू, रुक्मान लिम्बू लगायतको गायक कलाकार आउने भएका छन् । पथरीशनिश्चरे स्थित सिरिजंङ्गा स्मृति धार्मिक वनमा मंसिर ३० गतेदेखि तीन दिनसम्म चासोक तङ्नाम कार्यक्रम हुने आयोजक समितिले आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । कार्यक्रम समापनको साँझ पुस- २ गते अन्जना नाल्बो, याक्
मोरङ - भन्सार छलीको कार, ठूलो मात्रामा नगद र विभिन्न सामानसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीका ४३ वर्षीय चिरञ्जीवी पौडेल, र धनुषाका ३० वर्षीय बिक्की रन्जन जैसवाल रहेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई कीर्तिपुर नगरपालिका–१० बाट पक्राउ गरेको हो। परिसरका एसपी नवराज अधिकारीका अनुसार पक्राउ परेकाहरूको साथबाट भन्सार छली गरिएको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीका ५ थान ल्यापटप, सामसुङ कम्पनीका ७ थान ए१६ मोबाइल, २३ थान घडी, र २ वटा आइफोन बरामद गरिएको छ।प्रहरीका अनुसार यी सामग्रीहरू नेपाल
इटहरी । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ यो वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्बर २५देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन हुने गरेको छ ।वर्षेनि बढ्दै गएको महिला हिंसा अन्त्य गर्नका लागि २०५४ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ । लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३०सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको राष्ट्रिय महिला आयोगले जनाएको छ । यस अवसरमा झापामा पनि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।लाामो समयदेखि सरकारी तथा गैरसरकारी सं
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर तीन बलमा १०३ रनमा अलआउट भयो ।पोखराका दिनेश खरेलले सबैभन्दा धेरै २६ रन बनाए । कर्णालीका विलियम बोसिस्टोले छ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए ।
चितवन । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेलाई रिहा गर्न माग गरेका छन् । आज चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लामिछानेले अनुसन्धानमा सघाउँछु भनिरहेकाले रिहा गरेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् । उनले रविमाथि सरकारले दुर्व्यवहार गरेको पनि बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले रविलाई नछोडे आन्दोलन गर्ने चेतावनी पनि दिए ।उनले भने, ‘देशको चौंथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरुलाई भनेको छु, किन हिरासतमा राख्नुपर्यो श्र छाडेर जे–जे अनुसन्धान गरे पनि भइहाल्यो नि ! रविजीले अदालतलाई स
इटहरी । हाल देशमा पश्चिमी वायुको प्रभाव छ।यतिबेला (मंगलबार बिहान) कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो पनि कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ। राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। त्यसैगरी भोलि (बुधबार) दिउँसो पनि कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। आ
बारा । बाराको गढिमाई मेलाबाट सिराहा फर्किंदै गरेका यात्रु सवार स्कार्पिओ गएराति रौतहटमा दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँचजना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सार-लमाहा सडक खण्डमा गएराति सवार १ बजे बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो। बाराको गढिमाई मेलाबाट सिराहा घरतर्फ फर्कदै गरेका यात्रु सवार स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए। ‘मध्यराति तीव्र गतिको कारण स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको देख
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ मा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।सोमबार साँझ सदरमुकाम गाईघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप लिम्चुङबुङ गाउँपालिका ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राजन चापागाईँका अनुसार दुर्घटनामा त्रियुगा नगरपालिका–१६ बस्ने वर्ष २६ का जीप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको हो।गाडीमा सवार पाँच यात्रु घाइते भएका छन्। घाइते हुनेमा सोही लिम्चुङबुङ-४ बस्ने वर्ष १