All Posts By इटहरी खबर संवाददाता

    Showing ६२१-६३० of ३,०८६ items.
  • तेह्रथुमकाे म्याङलुङ – शुक्रबारे सडक कालाेपत्र हुँदै

    तेह्रथुम । म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गर्नुभएको छ । सो अवसरमा उहाँले सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजार पुर्‍याउन  सहज भई स्थानीयको जीवनस्तर उक्सिने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको रु. १० करोड २४ लाख ५० हजार बजेटमा मारुती बिल्डर्सले निर्माणको ठेक्का पाएको हो । विसं २०८२ पुस २४ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटाका आयोजना प्रमुख सुमन मिश

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • २५७ पटक पढिएको
  • इलाम मङ्गलबारेका किसानहरू भन्छन – खेतीमा ‘किबीभन्दा अलैँची उत्तम ’

    मङ्गलबारे । ‘अब यो किबी उखेलेर अलैँची नै लगाउने हो’, मकै बारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । करिब सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उनले किबीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताए । सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० बोट रोपेका छन् । किबी र अलैँची तुलना गर्दै उनी भन्छन्, ‘ऊ बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मन माथि फल्ने थियो, ऐलेको भाउमा पनि दुई लाख माथि नै हुन्थ्यो ।’करिब २० बोट किबीबाट पाँच हजारको पनि आम्दानी नभएको उनको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • २१६ पटक पढिएको
  • सात वर्षमा १३ लाख भक्तजन पाथीभरा पुगेर गरे पुजापाठ

    ताप्लेजुङ । ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेको छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् ।पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको तथ्याङ्क १३ लाख तीन हजार चार सय ९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचानामा उल्लेख गरको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कूल १३ लाख तीन हजार चार सय ९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो तथ्याङ्क चालू आर्थिक वर्ष २०८१/८२ को सम

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • २६६ पटक पढिएको
  • दिल्लीमा उपचार गराइरहेका लाेकप्रीय मेयर हमालकाे कस्ताे छ स्वास्थ्य अवस्था ?

    कैलाली । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । हमालको अहिले भारतको नयाँदिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ । नगर प्रमुख हमालको स्वास्थ्य अब शल्यक्रिया गर्नु नपर्ने अवस्थामा पुगेको भाइ श्याम हमालले जानकारी दिएका छन् ।तर अझै केही समय निगरानीमा राखेर थप उपचार अगाडि बढाइने छ । उनका अनुसार हाल उनलाई न्युरो इन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा निगरानीमा राखिएको छ । शुक्रबार राति स्वास्थ्य समस्या भएपछि प्रारम्भिक उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ४७७ पटक पढिएको
  • एनपीएलमा आज दुई खेल हुँदै, कोसँग को भिड्दै ?

    इटहरी । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (मंगलबार) दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुनेछ ।चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो ।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • २३१ पटक पढिएको
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि , जिल्ला तथा प्रदेशका अधिवेशन तय गरिने

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज त

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • २६५ पटक पढिएको
  • गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना : आठको मृत्यु, चार जना घाइते

    बारा । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बालबालिकासहित ४ जना घाइते छन् ।चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिएका छन् ।मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको छैन । ‘गढीमाई दर्शन गरेर घर फर्कदै गर्दा स्कर्पियो सडकबाट तल खसेर रुखमा ठोक्किए पछि पल्टिएको रहेछ,’

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • २१९ पटक पढिएको
  • पत्रकार महासंघ कोशी प्रदेशको निर्वाचन: उम्मेदवारहरूको नामावली सार्वजनिक

    विराटनगर - नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमितिका लागि यही मंसिर २८ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ। सोमबार कोशी प्रदेशका १४ जिल्लाका आकांक्षीहरूले विराटनगरस्थित महासंघको कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन्।प्रमुख पदका उम्मेदवारहरू:अध्यक्ष: भरतबहादुर खड्का, विवेक गौतम, सन्तवीर लामाउपाध्यक्ष: कुमोद अधिकारी, शिवप्रसाद ढुङ्गानामहिला उपाध्यक्ष: अम्बिका भण्डारी, रीता मोक्तानमहासचिव: अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई (चाम्लिङ्ग), हिमाकुमारी चेम्जोङ्गखुला सचिव: ध्रुव भट्टराई (सूर्यबहादुर), बाबुराम कार्कीसमावेशी सचिव: अरविन्दकुमार मेहता, गजेन्द्र राईकोष

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • ४४८ पटक पढिएको
  • झापाकाे गाैरादह पुगेर प्रधानमन्त्री ओलीले गरे जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज (सोमबार) शुभारम्भ गरेका छन् ।साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो ।प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।मुलुकमा अस्थिरता मच्च

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • २५१ पटक पढिएको
  • उत्तरी धुव्रबाट बेलौरी आइपुगे कलहाँसका बथान

    कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन्। उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपन्छीका प्रजाति आइपुग्छन्। विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस योवर्ष भने ढिलो गरी आइतबार ताल क्षेत्रमा आइपुगेका हुन्।चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो। तालमा यसअघिनै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन्। घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ। यसको तौल तीनदेखि पाँच किलोसम

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • २६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल