विराटनगर - नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमितिका लागि यही मंसिर २८ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ। सोमबार कोशी प्रदेशका १४ जिल्लाका आकांक्षीहरूले विराटनगरस्थित महासंघको कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन्।
प्रमुख पदका उम्मेदवारहरू:
अध्यक्ष: भरतबहादुर खड्का, विवेक गौतम, सन्तवीर लामा
उपाध्यक्ष: कुमोद अधिकारी, शिवप्रसाद ढुङ्गाना
महिला उपाध्यक्ष: अम्बिका भण्डारी, रीता मोक्तान
महासचिव: अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई (चाम्लिङ्ग), हिमाकुमारी चेम्जोङ्ग
खुला सचिव: ध्रुव भट्टराई (सूर्यबहादुर), बाबुराम कार्की
समावेशी सचिव: अरविन्दकुमार मेहता, गजेन्द्र राई
कोषाध्यक्ष: किशोर बुढाथोकी, बाबुराम भण्डारी, मोहन भट्टराई, सुदीप कोइराला
अन्य पदका उम्मेदवार:
खुला सदस्य: विवेक रेग्मी, इन्द्र गिरी, ईश्वरकुमार मगर, चन्द्रबहादुर कार्की, चुडामणि तिम्सिना, पर्शुराम थापा, मनोजकुमार दाहाल, राजकुमार ओली, रामधन राई
महिला सदस्य: अमृता विश्वकर्मा, जोश्ना श्रेष्ठ, बिनु चेम्जोङ्ग, बुद्धमाया सोमी, रामजना अधिकारी (रञ्जना)
दलित सदस्य: अनिता रसाइली, किशोर विश्वकर्मा
आदिवासी जनजाति सदस्य: अनिलदेव राई, खनेन्द्रकुमार राई (अर्जुन कुलुङ्ग राई), दिनेश सुब्बा, लाक्पा जी शेर्पा (लाक्पा गेल्जे)
मधेसी सदस्य: अविनाश कुमार निधि, आशिषकुमार यादव, चन्दनकुमार रौनियार, सत्यनारायण शर्मा
अल्पसङ्ख्यक सदस्य: लुकमान अन्सारी, विजय धिमाल

यो निर्वाचनमा कोशी प्रदेशका पत्रकारहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। निर्वाचन अधिकृत यज्ञ शर्माका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली चाँडै सार्वजनिक गरिनेछ।


















