All Posts By इटहरी खबर संवाददाता

    Showing ६४१-६५० of ३,०८६ items.
  • पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ

    इटहरी । मानव तस्करीको आरोपमा पक्राउ परेर छुटेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी वकिलको निर्णय बदर गरी अधिकारीलाई अनुसन्धानको दायरामा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, त्रिपाठीले पेस गरेको उक्त रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले सो रिट प्रक्रियामा लग्न नपर्ने भन्दै दरपिठ गरेका थिए ।जापानमा मानव तस्करी काण्डमा जोडिएपछि अधिकार

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • २९९ पटक पढिएको
  • रवि लामिछानेलाई बयानका लागि आज कास्की अदालत लगिँदै

    कास्की । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न आज (आइतबार) अदालत लगिँदैछ ।पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएको थियो । अदालतले दिएको समय शुक्रबार राति सकिए पनि हिजो (शनिबार) परेकाले लामिछानेलाई आज मात्रै अदालतमा पेश गर्न लागिएको हो । प्रहरीले आज अदालत खुल्ना साथ छैटौं पटक म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरेको छ ।लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान बाँकी र

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • २५४ पटक पढिएको
  • ग्याँस बोकेको बुलेट त्रिशूली नदीमा खस्यो

    धादिङ । पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्याँस बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ । एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडीको पछाडिको भाग त्रिशूली नदीमा खसेको हो । घटनाबारे थप विवरण आइसकेको छैन । घटनास्थलमा प्रहरी पुगिसकेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • २४५ पटक पढिएको
  • दमकको १८ तले भवनको आज प्रधानमन्त्री ओलीले उदघाटन गर्दै

    झापा । झापाको दमकमा निर्माण भएको १८ तले बहुपयोगी भवनको आज (आइतबार) उदघाटन गरिंदैछ । दमक नगरपालिका–३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्ने कार्यक्रम छ ।‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए ।प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • १७९ पटक पढिएको
  • नाेबेल मेडिकल कलेजले २ सय प्रतिशत बाेनस दिने

    बिराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पब्लिक लिमिटेडले २ सय प्रतिशत लाभांश घोषणा गरेको छ ।मोरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनील शर्मा सञ्चालक रहेको नोबेल अस्पताल एक वर्ष अघि मात्र पब्लिक लिमिटेडमा गएको हो । नोबेलको मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०-८१ को संचित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपियाँ सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।लाभांश पारित गर्न नोबेलले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ । प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी भए यता यो नोबेलको

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • ३६४ पटक पढिएको
  • दमकमा बालबालिकाको श्रवण जाँचका लागि ‘मोबाइल अडियोमेट्री भ्यान’

    दमक । कोशी प्रदेशका बालबालिकाहरुको श्रवणशक्ति जाँच तथा उपचारका लागि किओच दमक बाल अस्पतालले पहिलो पटक सुविधायुक्त मोबाइल अडियोमेट्री भ्यान (एम.ए.भि.) सञ्चालनमा ल्याएको छ । उक्त भ्यानको प्रयोग गरेर श्रवण परीक्षण घुम्ती सेवा पनि सुरु गरेको छ।किन्ड एन ओर (नेदरल्याण्ड) र करुणा फाउन्डेसन नेपालको सहयोगमा किओच दमक बाल अस्पतालले नेपालमा नै पहिलो पटक मोबाइल अडियोमेट्री भ्यानको प्रयोग गरेर बालबालिकाहरु लक्षित श्रवण परीक्षण घुम्ती सेवा सुरुवात गरेको हो । यो ध्वनिरोधी सवारीसाधन भएकाले जुनसुकै ठाउँमा गएर पनि बालबालिकाको कान तथा श्रवण जाँच गर्न सकिने बताइएको छ ।जाँचका लागि आवश्यक उपकरणहरू गाडीभित्रै जडान रहे

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • २६५ पटक पढिएको
  • एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी पराजित

    इटहरी डेस्क । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक विजयी भएको छ । लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले अपराजित यात्रा जारी राखेको छ ।यसअघि सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले तथा दोस्रोमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो । लुम्बिनी लायन्सले भने जारी प्रतियोगितामा जित हात पार्न सकेको छैन । आफ्नो तेस्रो खेलसम्म पनि लुम्बिनी जितविहीन छ । १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आज नौ विकेट गुमाएर २० ओभरमा केवल १४२ रन मात्र बनायो ।आज सुदूरपश्चिमको जितमा सैफ जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • २६५ पटक पढिएको
  • सम्मेलन वहिष्कार गरेर शेखर पुगे चितवन : देउवा विराटनगरस्थित कोइराला निवासमा

    विराटनगर  । विराटनगर रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डा. शेखर कोइराला बस्दै आएको कोइराला निवास पुगेका छन् । उनी नेता डा. शशांक कोइरालाको साथमा कोइराला निवास पुगेका हुन् । प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर पुगेका देउवा कोइराला निवास पुगेका हुन् ।स्व. कृष्णप्रसाद कोइरालाले डेढ सय वर्ष पहिले बनाएको घरमा पुगेका देउवाले भित्तामा राखिएका तस्वीरहरु चाखपूर्वक हेरेका थिए । डा. शेखर र उनका दाजु निरञ्जनको संयुक्त भागमा परेको यो घरमा डा. शशांक विरलै मात्र पुग्ने गर्छन् । पूर्व प्रधानमन्त्रीहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी कृष्णप्रसादको यो ऐत

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • २८६ पटक पढिएको
  • आलोचनापछि पाथीभराको घण्टी बिक्री राेकीयाे

    ताप्लेजुङ ।  पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिए । समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञाप्तिमा जनाएको छ । यही  मङ्सिर १४ गते गोखरखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीक

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • ३५७ पटक पढिएको
  • तृप्ति बनिन् सबैभन्दा लोकप्रिय भारतीय स्टार, शाहरुख र दीपिकालाई पनि पछि पारिन्

    एजेन्सी । आईएमडीबीले भारतको सबैभन्दा लोकप्रिय चलचित्र स्टारहरूको सूची जारी गरेको छ। सूची अनुसार तृप्ति डिमरीको नाम पहिलो स्थानमा छ । यसरी अभिनेत्रीले शाहरुख खान, दीपिका पादुकोण र आलिया भट्टलाई पछाडि छाडेकी छिन् । आईएमडीबीको सूची अनुसार दीपिका दोस्रो स्थानमा, शाहरुख चौथो र आलिया ९औँ स्थानमा छन् । सूचीको तेस्रो स्थानमा ईशान खट्टर रहेका छन् । ऐश्वर्या राय सातौँ, सामन्था रुथ प्रभु आठौँ र प्रभास दसौँ स्थानमा छन् ।तृप्तिले यस उपलब्धिमा खुसी व्यक्त गर्दै आईएमडीबीलाई पनि धन्यवाद दिएकी छन् । इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेकी छन्– यो मेरो लागि निकै अनौठो पल हो । कस्तो अचम्मको वर्ष थियो। यस

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • ३९८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल