इटहरी । प्रत्येक बर्ष काग तिहारको दिनबाट तिहार अनि यमपञ्चक शुरु भएको मानिन्छ । तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ ।तिथिको आधारमा मनाईले हुनाले यो वर्ष २७ गते बिहीवार बेलुकी ०६ बजेर ३० मिनेटबाट त्रयोदशी तिथि शुरु भएसँगै तिहार शुरु भएको मानिन्छ र आज विहान कागको पूजा गरिन्छ ।तिहार पर्व कार्तिक कृष्ण त्रयोदशी देखि शुरु भई कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाईन्छ । आजकै दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।कागलाई सन्देश प्रवाहक प्राणीको रुपमा लिईन्छ । काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै पनि रहेको छ ।
इटहरी । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ प्रतिशतले उकालो लागेर चार सय ८१ दशमलव २८ मा पुगेको छ । आज नेप्सेमा कारोबार भएका १३ वटै उपसमूह बढेका छन् । आज कूल एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर रु छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० मा खरिद बिक्री भएका छन् ।नेप्सेकाअनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआइसी इन्सोरेन्स र कुथेली बुथेली हाइड्रोपावरको शेयर मूल्य १० प
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियारले शान्तिपूर्ण प्रदर्शनमा धाकधम्की नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । आज (मंगलबार) बालुवाटारमा जारी रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै उनले आफ्ना हातहरू राजाको शासन सत्तामा ढुंगा हान्ने रहेको बताए । ‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्, हाम्रा केही साथीहरूलाई घरपकड भयो । स्मरण रहोस्, न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यही हुन्,’ उनले भने । उनले लोकतान्त्रिक विधिबाट सरकारमा रहेकाहरूलाई खारेज गरिसकेको बताए । आफ्नो संघर्षको कार्यक्रम जारी रहन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियारले शान्तिपूर्ण प्रदर्शनमा धाकधम्की नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । आज (मंगलबार) बालुवाटारमा जारी रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै उनले आफ्ना हातहरू राजाको शासन सत्तामा ढुंगा हान्ने रहेको बताए । ‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्, हाम्रा केही साथीहरूलाई घरपकड भयो । स्मरण रहोस्, न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यही हुन्,’ उनले भने । उनले लोकतान्त्रिक विधिबाट सरकारमा रहेकाहरूलाई खारेज गरिसकेको बताए । आफ्नो संघर्षको कार्यक्रम जारी रहन
इटहरी । सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (मंगलबार) गरेको प्रदर्शनका क्रममा ५१ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहितका नेता कार्यकर्ता रहेका छन्। ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन्। रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो ।प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्
काठमाडौं । तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ नेपाल भित्रिन थालेको छ । असोज ११ गतेको बाढीले दुईटा पुल बगाउँएपछि बन्द सडक खुलेसँगै तिहार लक्षित फलफूल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार आइतबारदेखि फलफूलका गाडी र केही लत्ता कपडाले भन्सार छुटाएका छन् ।‘पछिल्लो ३ दिनदेखि नियमित रुपमै भन्सारमा जाँचपास भएर गाडी छुटेका छन्’, प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले भने, ‘तिहार लक्षित फलफूल बोकेका ट्रक बढी छुटेका छन् । त्यसबाहेक लत्ता कपडा थोरै मात्रामा छन् ।’ २–३ वटा ब्रान्डले तातोपानी नाका हुँदै विद्युतीय गाडी ल्याउने गरेका थिए । नाका खुलेपछि करिब एक दर्जन गाडी छ
इटहरी । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले बुधबारबाट बिक्री गर्ने भएको छ । मंगलबार एन्फाले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै फाइनल खेलको टिकट आफैंले बिक्री गर्ने जनाएको हो । यसअघि माउन्ट एभरेस्टले टिकट बिक्री गर्दै आएको थियो ।साफ महिला च्याम्पियनसिपका लागि माउन्ट एभरेस्टले टेन्डरमार्फत ८० लाख रुपैयाँमा टिकट बिक्रीको अधिकार पाएको थियो । एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि तीन ठाउँबाट टिकट बिक्री गरिने जनाएको छ । एन्फाका अनुसार भोलि (बुधबार) बिहान ८ बजेदेखि जावलाखेलस्थित खेल मैदा
इटहरी। इटहरी उपमहानगर ९ मा सोमबारदेखि कृष्ण जुस एण्ड लस्सी सेन्टर सञ्चालनमा आएको छ। इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले सो सेन्टरको उद्घाटन गरेका हुन्। व्यवसाय उद्घाटन गर्दै वडाध्यक्ष दिवश पोख्रेलले देश विसम परिस्थितिमा रहेका बेला स्थानीय युवाले आफ्नै ठाउँमा केहि गरौं भनेर व्यवसाय सुरु गर्नु आफैंमा गर्वको कुरा भएको बताए।उनले गर्न सके यही सुन फल्छ भन्ने जलन्त उदाहरण यसरी देख्न पाइने पनि उल्लेख गरे।इटहरीको बिराटनगर रोडस्थित राधाकृष्ण मन्दिर अघाडी रहेकाे जुस सेन्टरलाई इटहरी ९ का युवा सुजित मण्डलले सञ्चालनमा ल्याएका हुन्। उक्त सेन्टरले विभिन्न प्रकारका मिठाइ, दही लगायत फलफूलब
कैलाली । कैलालीको विभिन्न ठाउँबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ बसपार्क गोल मार्केटबाट लागु औषधसहित ४ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई होटल सेराको कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ का २२ वर्षीय किरण बम, ३५ वर्षीय अशोक चन्द, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २९ वर्षीय सुरेन्द्र बिष्ट र डडेल्धुराको आलिताल गाउँपालिका–८ का २४ वर्षीय तेज बोहरा छन्। उनीहरुको साथबाट ८० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। धनगढी उ
झापा । झापामा धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ।झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उनले बताए।‘बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहर देखिने हुन्छ,’ उनले भने,’सुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन।’ धान रोप्ने बेलामै बीउको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उनले बताए।जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा ‘डर्टी