इटहरी। इटहरी उपमहानगर ९ मा सोमबारदेखि कृष्ण जुस एण्ड लस्सी सेन्टर सञ्चालनमा आएको छ। इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले सो सेन्टरको उद्घाटन गरेका हुन्।
व्यवसाय उद्घाटन गर्दै वडाध्यक्ष दिवश पोख्रेलले देश विसम परिस्थितिमा रहेका बेला स्थानीय युवाले आफ्नै ठाउँमा केहि गरौं भनेर व्यवसाय सुरु गर्नु आफैंमा गर्वको कुरा भएको बताए।उनले गर्न सके यही सुन फल्छ भन्ने जलन्त उदाहरण यसरी देख्न पाइने पनि उल्लेख गरे।
इटहरीको बिराटनगर रोडस्थित राधाकृष्ण मन्दिर अघाडी रहेकाे जुस सेन्टरलाई इटहरी ९ का युवा सुजित मण्डलले सञ्चालनमा ल्याएका हुन्। उक्त सेन्टरले विभिन्न प्रकारका मिठाइ, दही लगायत फलफूलबाट तयार पारिएका लस्सी तथा जुस, नरिवल पानी लगायत सुलभ मूल्यमा बिक्री वितरण गरिने जनाइएको छ।


















