All Posts By इटहरी खबर संवाददाता

    Showing ९८१-९९० of ३,०८६ items.
  • नेपालका अगाडी घरेलु मैदानमा भारतलाई रोक्ने चुनौती , जित्नैपर्ने दबाबमा छ नेपाल

    काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दै छ । सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।यस पटक पनि २०२२ को साफ सेमिफाइनल दोहोरिने भएको छ । सो सेमिफाइनलमा नेपालले भारतमाथि १-० को जित निकालेको थियो । आजको खेलमा पनि नेपालले भारतमाथि घरेलु मैदानको फाइदा उठाउदै जित निकाल्ने लक्ष्यका साथ मैदानमा जाने छ ।जारी साफको समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।बंगलादेश समुह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समुह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बंगलादेशले पाकिस्तानसँ

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ३८३ पटक पढिएको
  • सुनको मुल्यमा नयाँ किर्तिमान , ताेलाकै पुग्याे एक लाख ६७ हजार ४ सय रूपैया

    काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा १४ सयले बढेर तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको छ ।यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २६४ पटक पढिएको
  • एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन

    काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ। पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई  सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए। देशभर पार्टी संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उनले बताए।साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय संगठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २१९ पटक पढिएको
  • इजरायली आक्रमणपछि इरानलाई अर्को क्षति, पाकिस्तानको सीमानजिक मारिए १० प्रहरी

    एजेन्सी । इजरायलको हवाई हमलाका कारण दुई सैनिक गुमाएको इरानले शनिबार अर्को आक्रमणको पनि सामना गर्नुपरेको छ।बीबीसीका अनुसार इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका हुन्।तफ्तान क्षेत्र पाकिस्तानको सिमानानजिक छ।इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती एकाइमा हमला गरेका हुन्।इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई आतंकवादी हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन्।सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि शनिबार विज्ञप्ति जारी घटन

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ३२५ पटक पढिएको
  • नवलपरासीमा जंगली च्याउको तरकारी खाँदा एकैघरका ५ जना बिरामी

    नवलपरासी । पूर्वी नवलपरासीमा जंगल च्याउको तरकारी पकाएर खाँदा एकैघरका पाँचजना बिरामी परेका छन्। शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका- २ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।शनिबार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन्।  खाना  खाएर सुतेका उनीहरुमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल क

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ३२६ पटक पढिएको
  • लामिछानेको गिरफ्तारी कानुनसम्मत, सडकबाट चुनौती दिनु असान्दर्भिक : मुख्यमन्त्री कार्की

    धनकुटा । सत्तारुढ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय स्वतन्त पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी कानुनसम्मत भएकाले सडकबाट चुनौती दिनु असान्दर्भिक भएको बताएका छन् ।संसदीय छानबिन समितिले निकालेको निष्कर्ष वैधानिक र विधिसम्मत भएकाले कानुनी प्रक्रियालाई सडकबाट चुनौती दिन नहुने बताए । ‘अदालत, विधि र कानुनलाई सबैले सम्मान गर्नुपर्छ,’ उनले भने, ‘बरु अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको हुनाले अनुसन्धानलाई सघाउन जरुरी छ ।’कार्कीले पूर्व गृहमन्त्री तथा सभापतिको हैसियतले रास्वपाले विरोधको विषय बनाएको हो भने त्यो अशो

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • १५८ पटक पढिएको
  • संखुवासभामा काँक्रो टिपेको विवादमा मामाको हत्या

    संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा एक महिलाले आफ्नै छिमेकी पुरुषको हत्या गरेकी छन् । सामान्य विवादका क्रममा खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले शनिबार भीमबहादुर गुरुङको हत्या गरेको डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।हत्याको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएका प्रहरीले हत्यामा संलग्न दुर्गामायालाई नियन्त्रणमा लिइसकेको छ । उनको साथबाट प्रहरीले खुकुरी बरामद गरेको जनाएको छ । विवादको विषय के थियो भन्ने खुलिनसकेको बताउँदै घटनाबारे अनुसन्धान अगाडि बढाइसकेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • १९१ पटक पढिएको
  • धनकुटाकाे साँगुरीगढीमा बस सडकबाट ५० मिटर तल खस्याे , २६ जना घाइते ,

    धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी–६ कोलबोटेमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्नेतर्फ जाँदै गरेको को. १ ख. २७५५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।सडकबाट ५० मिटर तल भीरमा खस्ने क्रममा रुखमा अड्किएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए । घाइते २६ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहे

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २४९ पटक पढिएको
  • साफ सेमिफाइनल : नेपाल आज भारतसँग खेल्दै, आजै बंगलादेश र भुटान भिड्दै

    काठमाडौं । घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा नेपालले आज (आइतबार) भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ । भारतलाई हराउँदै अघिल्लो यात्रा तय गर्ने दाउसाथ नेपाल मैदान उत्रनेछ ।नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो । सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो । जुन साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको पहिलो जित थियो  ।अर्काे सेमिफाइनल खेलमा बंगलादेश र भुटान भिड्दै छन् । यी

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २८४ पटक पढिएको
  • गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार

    ललितपुर । ललितपुरको जावलाखेल मैदानमा जारी १७औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म ९० लाखको कारोबार भएको छ । प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् ।पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो । दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा रु ५० लाख बराबरको कारोबार भएको उनले जानकारी दिए ।उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको सङ्केत गरेको संयोजक त

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २४० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल