All Posts By खेमचन्द्र अधिकारी

    Showing १,०६१-१,०७० of १,३५८ items.
  • मध्यमदेखि भारी हिमपात र वर्षाको सम्भावना रहेकाले सचेत हुन मौसम विज्ञान विभागले गर्याे अनुरोध

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हुनाले यात्रामा सावधानी अपनाउन अनुरोध गरेको छ ।जोखिमयुक्त सडकमा रातिमा यात्रा नगर्न तथा साना खोला खोल्सीहरुमा आकस्मिक बाढी आउने र पहाडी क्षेत्रमा पहिरो गई बाटो अवरुद्ध हुन सक्ने हुनाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।मेची नदीदेखि कर्णाली नदीको बीचको भूभागका एक–दुई ठाउँमा एक–दुई घण्टासम्म एकदमै ठूलो पानी पर्ने सम्भावना रहेको हुनाले पानीको राम्रो निकास नभएका ठाउँमा डुबान पनि हुन सक्ने विभागले जनाएको छ ।विभागले आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्लामा तथा भो

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १५४ पटक पढिएको
  • नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म हुने

    इटहरी । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन ११ देखि १५ मंसिरसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय सङ्गठनहरूको समायोजन गर्ने निर्णय पनि सो बैठकले गरेको जनाइएको छ ।असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र १५ कात्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ११३ पटक पढिएको
  • कोशी र गण्डकीको हिमाली र पहाडी क्षेत्रमा आज मध्यमदेखि भारी वर्षा र हिमपातको सम्भावना

    इटहरी ।  पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारणआज देशका हिमाली र पहाडी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशीका धेरै स्थानहरूमा र मधेश, बागम

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १९० पटक पढिएको
  • इन्द्रपुर जसीजको २५ औँ वार्षिकोत्सवमा संस्थापकहरु सम्मानित

    विराटचोकः इन्द्रपुर जेसीजको २५ औँ वार्षिकोत्सवको अवसरमा संस्थापक सदस्य सम्मानित भएका छन् । कार्यक्रममा संस्थाको स्थापना र विकासमा महत्वपूर्ण योगदान पुर्याउने संस्थापक सदस्यहरूलाई सम्मान गरिएको थियो ।उहाँहरूको समर्पण, नेतृत्व र मार्गदर्शनकै कारण संस्था आजको अवस्थामा आइपुगेको भन्दै वक्ताहरूले संस्थापकहरुको उच्च प्रशंसा गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख तथा इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष केदारप्रसाद गुरागाईंले संस्थापक सदस्यहरूको योगदानलाई स्मरण गर्दै उहाँहरूले राखेको सुदृढ आधारकै कारण संस्था दीर्घकालीन रूपमा सफल बन्न सकेको उल्लेख गर्नुभयो । उहाँले यस्ता सम

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ११३ पटक पढिएको
  • ३ दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग

    काठमाडौंः शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीले डाइभर्सन बढाएपछि ३ दिन लगाएर मर्मत गरिएको हो ।आज साढे ३ बजेबाट सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो । सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • २०९ पटक पढिएको
  • बैशाख १६ देखि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने

    काठमाडौंः स्व. रामहरि कृष्ण मानन्धर स्मृति तेस्रो राष्ट्रिय र्यापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस च्याम्पियनसिप बैशाख १६ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार बैशाख १८ गतेसम्म हुने प्रतियोगितामा र्यापिडतर्फ २ लाख र ब्लिट्ज खेलतर्फ १ लाख रुपैयाँ पुरस्कार राखिएको छ ।हालका नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसहित देशका उत्कृष्ट २ सय जना खेलाडीले प्रतियोगितामा भाग लिने जनाइएको छ ।प्रतियोगितामा खुला विधातर्फ र्यापिडमा क्रमशः ३५, २५ र १५ हजार तथा महिलातर्फ १०, ७ र ५ हजार पुरस्कार राखिएको छ । ब्लिट्ल खेलमा खुलातर्फ १५, १० र ८ हजार र

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • २१३ पटक पढिएको
  • ई रिक्सा चालकहरुलाई ट्राफिक सचेतना प्रदान

    इटहरीः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा सुरक्षित चालक कार्ययोजना अन्तर्गत ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।ई–रिक्सा चालकहरूलाई सुरक्षित सवारी सञ्चालन, यात्रु सुरक्षा, तीव्र गति तथा ओभरलोडका कारण हुन सक्ने जोखिमका विषयमा जानकारी गराउनुका साथै ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले सहभागी चालकहरूलाई सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा राखी जिम्मेवार र अनुशासित ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १८९ पटक पढिएको
  • कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित

    काठमाडौंः नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिनुभएको छ । रसाइली संसदीय दल निर्वाचन समितिको संयोजक हुनुहुन्छ ।यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दै आउनुभएको थियो ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १८० पटक पढिएको
  • एन्फा अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखी विदेश जान लगाइयो रोक

    काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखी विदेश भ्रमणमा रोक लगाइएको छ ।अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको हुनाले सोही अनुसार कालोसूचीमा राखिएको छ ।सो पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो । त्यसपछि गृह मन्त्रालयबाट अध्यागमनमा पत्र पुगेपछि एन्फाका पदाधिकारीहरुको पासपोर्ट कालोसूचीमा राखिएको बताइएको छ ।पछिल्लो समय खेलकुद परिषद र एन्फाबीच विवाद छ । आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फामाथि खेलकुद परिषदले तीन महिना निलम्बन गरेको

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १९३ पटक पढिएको
  • कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

    काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । उनलाई बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।अब बस्ने संसदीय दलको बैठकबाट उनको नाम अनुमोदन गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो । आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् ।कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए । तर, एकताको सन्देश दिनका लागि आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज कांग्

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १६० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल