इटहरी । २७०० बिन्दु कटेको नेप्से परिसूचकमा पुनः गिरावट आउन थालेको छ । आज ०.१७ प्रतिशत अर्थात् ४.६४ अङ्कले घटेर नेप्से २ हजार ६९६.६७ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता शेयर ५५ हजार ५८० पटक किनबेच हुँदा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ६ अर्ब २६ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

बजार घटे पनि आज व्यापार समूह सर्वाधिक अर्थात ०.७४ प्रतिशतले बढ्दा फाइनान्स ०.०६, होटल ०.१८ र जलविद्युत समूह ०.१५ प्रतिशतले बढे । अन्य समूह आज सर्वाधिक अर्थात ०.८० प्रतिशतले घटेको छ ।

आज सेन्ट्रल फाइनान्सको सर्वाधिक २७ करोड १४ लाख २७ हजार ३०७ रुपैयाँको शेयर कारोबार भयो । यस्तै रिडी पावरको २१ करोड २१ लाख, सोलु हाईड्रोको १९ करोड ९ लाख, ग्लोबल आइएमई बैंकको १६ करोड ७८ लाख र रिलायन्स स्पीनिङ मिल्सको १६ करोड १३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

सूचक घटेको बजारमा आज एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य १५ प्रतिशतले बढ्यो । कुथेली बुखरी स्मल हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात ६.०७ प्रतिशतले घट्यो ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ३४ अर्ब ४२ करोड ५ लाख ८८ हजार ८३९ रुपैयाँ कायम भएको छ ।