All Posts By खेमचन्द्र अधिकारी

    Showing १,०८१-१,०९० of १,३५८ items.
  • हिजो बेलुका ४ बजेदेखि बीपी राजमार्ग अवरुद्ध भएपछि अलपत्र यात्रुलाई फलफूल, पानी र चाउचाउ वितरण

    काठमाडौंः अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि हिजो बेलुका ४ बजेदेखि बीपी राजमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुलाई चाउचाउ, फलफूल र पानी वितरण गरिएको छ ।प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्ने भएपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी तथा नेपाल प्रहरीले फलफूल वितरण गरेका हुन् ।आज साँझसम्ममा पनि डाइभर्सन बनिसक्न समस्या देखिएकाले आज पनि सवारी साधन खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १६५ पटक पढिएको
  • सर्लाहीमा चट्याङपछिको आगलागीमा परेर १४ चौपायाको मृत्यु, एक जना मानिस घाइते

    मलगंवाः हिजो राति साढे ११ बजे सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु भएको छ । एक जना मानिस घाईते भएका छन् ।सो घटनामा चट्याङले लागेर स्थानीय ६० वर्षीय सीताराम यादव घाइते भएका हुन् । उनको टाउकोसहित शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पतालमा लगिएको छ । उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनाबारे आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । चट्याङ परेपछि आगलागी भई यादवको घर गोठमा रहेको पशु

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १९७ पटक पढिएको
  • चट्याङ लागेर मोरङमा दुई महिला घाइते, एक जना गम्भीर

    विराटनगरः मोरङको पथरी र धनपालथानमा आज बिहान परेको चट्याङका कारण दुई जना महिला घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आज बिहान करिब पौने ८ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका–२ कालापानी बस्ने ४६ वर्षीया जानुका रेग्मी घाइते भएकी हुन् । आफ्नै भान्सा घर अगाडि उभिइरहेका बेला उनलाई चट्याङ लागेको थियो ।उनको दाहिने खुट्टामा चोट लागेको छ । उनलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा ल्याई उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।त्यस्तै, बिहान करिब ८ बजे धनपालथान गाउँपालिका–२ पैटा बस्ने ३० वर्षीया भाल्सादेवी ऋषिदेव आफ

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १३७ पटक पढिएको
  • सुनको भाउ २७०० रुपैयाँ बढ्यो, चाँदीको ५० रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ आज प्रति तोला ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १२० पटक पढिएको
  • रोकिराखेको ट्रकमा भारतीय नम्बर प्लेटको कार ठोक्किँदा २ जनाको मृत्यु, तीन जना घाइते

    कपिलवस्तुः हिजो राति ९ बजेतिर कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।कपिलवस्तुको महाराजगन्ज नगरपालिका – ११ बनगाइका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका– ६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको मृत्यु भएको हो । दुर्घटनापछि उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।दुर्घटनामा घाइते भएका कपिलवस्तुको महाराजगन्ज– ११ का ६५ वर्षीय नन्दप्रसाद दुबेको जिल्ला अस्पताल तौलिहवाको उपचारपछि सिटी हस्पिटल भैरहवामा लगेर थप उपचार भइ रहेको छ । अन्य दुई घाइते शिवराज– १० का २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज – १

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १६७ पटक पढिएको
  • विदेशी मुद्राको विनिमयदर यस्तो छ आज

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा छ ।युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७ पैसा छ ।युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६ पैसा छ । क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकिएक

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ११३ पटक पढिएको
  • बुटवलमा पनि शुरु भयो सुकुम्बासी बस्ती हटाउने काम

    बुटवलः काठमाडौं महानगरपालिकापछि आज बिहानै रुपन्देहीको बुटवल उपमहानगरपालिकाका सुकुम्बासी बस्तीका घरटहरा हटाउन थालिएको छ ।उपमहानगरको निर्देशनपछि बिहानैदेखि त्यहाँ बनेका आधा दर्जन टहराधनीले सामान अन्यत्र सार्न थालेका छन् । बुटवल उपमहानगरपालिकाले वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न शुरु गरेको हो ।सो सरकारी जग्गामा बनेका संरचना हटाउन २०७० सालमै सूचना जारी गरिए पनि बस्ती हटेको थिएन । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन थालिएको हो ।बुटवल उपमहानगरपा

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १४७ पटक पढिएको
  • बिहानै पुग्यो मनोहराको सुकुम्बासी बस्ती भत्काउन डोजरसहितको टोली

    भक्तपुरः मनोहरास्थित सुकुम्बासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् ।हिजो सो बस्तीका टहरा भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए । त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुनः मनोहरा क्षेत्रमा पुगेको हो ।अहिले सुकुम्बासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।हिजो सरकारले काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र सिनामंगलमा रहेका सुकुम्बासी बस्ती हटाएको थियो ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १८५ पटक पढिएको
  • रास्वपा सांसद विश्वराज पोखरेलले मागे माफी

    इटहरी ।  ओखलढुङ्गाबाट रास्वपाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका विशवराज पोखरेलले माफी मागेका छन् । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेलले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो ।आज उनले प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिँदै यथार्थ भिडियो सार्वजनिक नभई सन्दर्भ काँटछाँट गरेर केही क्षणका दृश्य मात्रै राखिँदा त्यस्तो देखिएको बताएका छन् ।‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्र

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • २११ पटक पढिएको
  • ११ देशका स्रष्टाहरू मुन्दुम पदमार्गमा

    भोजपुरः नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरूले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् । मुन्दुम पदमार्ग प्रवद्र्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको हो ।सो परियोजनाका निर्देशक तथा संस्कृतिविद् डा. भक्त राईका अनुसार मुन्दुम पदमार्गको इतिहासमा एकै पटक नेपालका सातै प्रदेश र विश्वका ११ मुलुकको स्रष्टाहरूलाई पदयात्रा गराई अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलनसमेत सम्पन्न गराइएको हो ।यो कार्यले मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । सम्मेलनमा सहभागी नेपाली तथा विदेशी स्रष्टाहरूमाझ पदमार्गको न

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १६८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल