विराटचोकः फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको छ ।खेलको ९ औँ मिनेटमै मेक्सिकोका जुलियन क्विनोनेसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यो सन् २००६ यताकै विश्वकपकै सबैभन्दा चाँडो भएको पहिलो गोल हो । खेलको ६७ औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरेका थिए । चौथो पटक विश्वकप खेलिरहेका जिमेनेजको यो विश्वकप इतिहासमै पहिलो व्यक्तिगत गोल थियो ।उद्घाटन खेलमा विश्वकप इतिहासमै पहिलो पटक ३ वटा रातो कार्ड देखाइएको कीर्तिमान कायम भएको छ । दक्षिण अफ्रिकाका याया सिथोले खेलको ४९ औँ मिनेटमा र थेम्बा ज्वानेले ८४ औँ मिनेटमा रातो कार्ड प
इटहरी । आज शेयरबजार परिसूचक नेप्से र कारोबार रकम दुवैमा गिरावट आएको छ । आज नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा अडिँदा ३५० कम्पनीको शेयर किनबेच भएको छ ।९२ लाख ३१ हजार २१६ कित्ता शेयर ५८ हजार ३९१ पटक किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँको शेयर किनबेच भएको छ ।होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहबाहेक बाँकी सबै समूहका परिसूचक आज राताम्य भएका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक १.४५ प्रतिशतले घटेको छ ।आज सोपान फर्मास्युटिकल्स् लिमिटेड र एपोलो हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै साढे १३ प्र
इटहरी । आजदेखि सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) जारी गरेको छ ।धितोपत्र बोर्डबाट सो कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले ४२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।१७ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुप
विराटचोकः हिजो भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको प्रथम अधिवेशनबाट मोरङका चन्द्रबहादुर राई सभापति पदमा निर्वाचित हुनुभएको छ ।सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये राईले २८० मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान प्रदेश सभापति गोमा तामाङ (सरिन)ले १४१ मत ल्याउनुभएको थियो ।अन्य उम्मेद्वारहरू खगेन्द्र कटुवालले ४१ मत र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गर्नुभएको थियो । १ मत बदर भएको थियो ।सभापति पदका लागि ६ जनाको उम्मेद्वारी परे पनि पछि २ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो । उदयपुरका पारसमणि गेलाल र तेह्रथुमका पीताम्बर तिम्सिनाले आफ्नो उम्म
विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचामा रास्वपाले प्रदेश अधिवेशन गरेको हो ।सुन्दरहरैंचा–९ विराटचोकस्थित जेसीज भवनमा हिजो साँझ साढे ७ बजे शुरु भएको मतदान राति १ बजे सकिएको थियो । नयाँ नेतृत्व चयनका लागि निवर्तमान प्रदेश सभापति गोमा तामाङ सहित ४ जनाले उम्मेद्वारी दिएका छन् । प्रदेश नेतृत्वका लागि मोरङका चन्द्रबहादुर राई, तेह्रथुमका डा. खगेन्द्र कटुवाल र झापाका चन्द्रकुमार गौली (निरज) हुनुहुन्छ । सभापति पदमा ६ जनाले उम्मेद्वारी दर्ता गराएका भए पनि उदयपुरका प
इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा सीमित भएको छ ।नेप्सेमा सूचीकृत ३५७ वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६३ हजार ७३२ पटक किनबेच हुँदा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा समूहमा मात्रै हरियाली छाएको छ । अन्य समूह सर्वाधिक अर्थात ०.२९ प्रतिशतले बढ्दा फाइनान्स समूह सर्वाधिक अर्थात १.०१ प्रतिशतले घटेको छ ।घटेको बजारमा आज कृषि विकास बैंकको बोण्डको सर्वाधिक अर्थात् ५७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।आज सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाईड
इटहरी । आज बसेको मन्त्रीपरिषद् बैठकले चार निर्णय गरेको छ ।सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोअर न्यादी खोला जलविद्युत आयोजना, हुन्सार खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।निजामती सेवा १६ औँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।सरकारले विशालकुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्य
काठमाडौंः आज प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रि परिषद् विस्तार गर्नुभएको छ । जसअनुसार गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिनुभएको छ ।आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भएको शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित हुनुुहुन्थ्यो ।गुरुङ यसअघि पनि गृहमन्त्री हुनुहुन्थ्यो । उहाँको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि राजीनामा दिनुभएको थियो । सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन सरकारले बुझेपछि गुरुङ पुनः गृहमन्त्रीमा दोहोरिनुभएको हो । यद्यपि
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ ।
इटहरी । म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी विजयी बनेका सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै शपथ ग्रहण गर्ने भएका छन् ।सांसद पुनले केही दिन पहिले सरकारले नवप्रवर्तन तथा अनुसन्धानको लागि बजेट विनियोजन गरेकोमा धन्यवाद दिएका थिए ।सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका पुनलाई बालेन्द्र साह नेतृत्वको सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागेको हो ।