All Posts By खेमचन्द्र अधिकारी

    Showing १,२११-१,२२० of १,३५८ items.
  • आयोजकले जित्यो इटहरी भेट्रान गोल्डकपको उपाधि

    इटहरीः छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकपको उपाधि हाम्रो इटहरी भेट्रान क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मिल्स भेट्रान क्लब विराटनगरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक टिम च्याम्पियन बनेको हो ।खेलको दोस्रो हाफमा इटहरीले लगातार दुई गोल गरेको थियो ।उपाधिसँगै इटहरी भेट्रानले नगद १ लाख रुपैयाँ, ट्रफी, शिल्ड र मेडल प्राप्त गरेको छ । उपविजेता मिल्स भेट्रानले ५० हजार रुपैयाँसहित ट्रफी, शिल्ड र मेडलमा चित्त बुझाएको छ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पनि पुरस्कृत भएका छन् । फाइनल खेलको ‘म्यान अफ द म्याच’ भुपाल विष्ट घोषित भए । यस्तै, बेस्ट गोलकिपर सु

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २०९ पटक पढिएको
  • आज कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

    इटहरी । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम सफा रहेको छ ।जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।आज राति देशका हिमाली भू–भागमा

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २०७ पटक पढिएको
  • विराट भेट्रानको पाँचौँ संस्करणको उपाधि जित्यो भारतको खर्साङ लिजेण्ड टिमले

    विराटचोकः पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको खर्साङ लिजेण्ड टिमले जितेको छ । विराट भेट्रानको उपाधि पहिलो पटक देशबाहिर गएको हो ।मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना खेलमैदानमा सम्पन्न फाइनल खेलमा झापाको दुधे भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै खर्साङ लिजेण्ड च्याम्पियन बनेको हो । खेलको निर्णायक गोल सोनाम चोङले गरेका थिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए ।विजेता टिमले नगद १ लाख १ हजार १११ रुपैयाँ र शिल्ड प्राप्त गरेको छ ।खेलभर दुधे भेट्रानमाथि दबाब सिर्जना गरेको खार्साङले आक्रामक प्रदर्शन गरेको थियो । दुधे भेट्रान झाप

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १५३ पटक पढिएको
  • मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, प्रधानमन्त्री र उद्योगमन्त्रीसँग सबैभन्दा धेरै सुन

    इटहरी । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रीहरुको सम्पत्तिमा सुन, चाँदी, घर, जग्गा, शेयरलगायत देखिएको छ ।नयाँ बनेको सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको भनेर प्रश्न उठिरहेका बेला आइतबार प्रधानमन्त्रीसहितका मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरेका हुन् ।सबैभन्दा धेरै सुन प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेन्द्र साहकी श्रीमतीसँग १९० तोला गरगहना रहेको उल्लेख छ ।उद्योगमन्त्री गौरी कुमारीसँग सुनमात्रै १८० तोला रहेको छ ।त्यसपछि धेरै सुन हुने

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ११४ पटक पढिएको
  • गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन

    इटहरी ।  प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार भोस्ले केही समय अघिदेखि अस्वस्थ थिइन् । मुटु र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार आइसीयूमा राखिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।भारतीय सङ्गीत उद्योगकी सबभन्दा प्रतिष्ठित पाश्र्वगायिकामध्ये एक भोस्लेले दशकौंसम्म हजारौँ हिन्दी चलचित्रका गीत गाएकी थिइन् ।उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर……’, ’गैरीखेतको शिरै हान्यो…..’, ’मोहनी लाग्ला है….’ लगायतका नेपाली गीत पनि गाएकी छिन् ।भोलि उनको मृत शरीरको अन्तिम स

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १२० पटक पढिएको
  • सुन्दरहरैंचामा मोरङ प्रहरीले गर्याे सार्वजनिक सुनुवाइ

    विराटचोकः इलाका प्रहरी कार्यालय बेलबारी र विराटचोकको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा मोरङको सुन्दरहरैँचा १० स्थित उद्योग वाणिज्य संघको सभाहलमा शनिबार नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कवित कटवालले नागरिकबाट उठेका विभिन्न जिज्ञासाको जवाफ दिनुका साथै प्रहरीले गर्ने कामको बारेमा उपस्थित व्यक्तिलाई जानकारी गराउनुभएको थियो ।प्रहरी र नागरिकबीच समन्वय बढाउँदै समाज सुधार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट पछिल्लो ६ महिनामा भएका कामको बारेमा जानकारी गराइएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १८१ पटक पढिएको
  • विराट गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा झापा विजयी

    विराटनगरः शनिबारदेखि शुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा झापा– ११ विजयी भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालाको फ्लड लाइटमा नकआउट आधारमा भएको पहिलो खेलमा झापाले नेपाली सेनालाई २–१ गोलले पराजित गरेको हो ।विजयी टिमका फागुराम थारुले खेलको १० औँ र ४४ औँ मिनेटमा गोल गरेका थिए । सेनाका तर्फबाट खेलको २३ औँ मिनेटमा नवीन लामाले गोल गरेका थिए । शनिबारको खेलमा उत्कृष्ट बनेका झापाका फागुराम थारुले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।प्रतियोगिता आगामी ५ वैशाखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहले सहभागिता जना

    • प्रकाशित मितिः चैत २९, २०८२
    • २९६ पटक पढिएको
  • इनरुवा नगरपालिका अतिक्रमित क्षेत्र खाली गराउँदै

    इनरुवाः पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन इनरुवा नगरपालिकाको कार्यालयले शुरु गरेको छ । पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य शुरु गरिएको इनरुवा नगरपालिकाले जनाएको छ ।नगरपालिका कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि ती सामग्री नहटाएपछि नगरपालिकाले डोजरको प्रयोग गरेर ती सामग्री हटाएको हो । इनरुवा बसचोकबाट सुखुवागाछीसम्म अतिक्रमण गरेर जथाभावी सञ्चालित कवाडी व्यवसाय, निर्माण सामग्री राखिएका पसलको सामान हटाइएको पालिकाले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १८१ पटक पढिएको
  • थोरै बढ्यो सुनचाँदीको मूल्य

    इटहरी ।  आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँ र चाँदी प्रति तोला १५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको भाउ प्रतितोला ४ हजार ९७५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ११३ पटक पढिएको
  • विदेशी मुद्राको विनिमयदर आज यस्तो छ

    विराटचोकः नेपाल राष्ट्र बैंकले आज चैत २९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा, पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३७ पैसा तोकिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुप

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १९८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल