All Posts By खेमचन्द्र अधिकारी

    Showing १,७०१-१,७१० of २,०८६ items.
  • सुनको भाउ १८०० रुपैयाँ बढ्यो, चाँदीको १०० रुपैयाँ

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला ५ हजार १५५ रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • २३५ पटक पढिएको
  • बाढीका कारण बन्द बीपी राजमार्ग खुल्यो तीन दिनपछि

    काभ्रेः आज बिहानदेखि बीपी राजमार्गमा यातायातका साधन चल्न थालेका छन् । बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि खुलेको हो ।जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यकबाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । गत सोमबारको वर्षासँगै रोशीखोलामा आएको बाढीले बाटो बन्द भएको थियो ।वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • २३० पटक पढिएको
  • विराटनगरको तुलसीसहित समस्याग्रस्त १० सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

    विराटनगरः समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न शुरु गरेको छ । समितिले बुधबार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ ।समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाइएको छ । अन्य ऋणीहरूको नामावलीसमेत क्रमिक रुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ ।घेदुङ बहुउद

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १८९ पटक पढिएको
  • धनकुटाको हिलेमा ‘वाहिनीपति ट्रफी २०८३’ शुरु, नौ खेलमा नौ सैनिक टिम सहभागी हुने

    धनकुटाः हिजोदेखि श्री नं. २ बाहिनी अड्डाको आयोजनामा धनकुटाको हिलेमा ‘वाहिनीपति ट्रफी २०८३’ शुरु भएको छ ।सैनिकबीच सामुहिक भावना अभिवृद्धि, अनुशासन विकास तथा उत्कृष्ट खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । हिलेस्थित महेन्द्र सैनिक शिविरको मैदानमा शुरु भएको खेल वैशाख ३१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबड्डी, स्विमिङ र एथलेटिक्स गरी नौ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।सो प्रतियोगितामा धनकुटाको हिले स्थित श्री नं. २ बाहिनी अड्डा, सल्लेरीको भीम दल गण, सुनसरीस्थित भगवती दल र भीमकाली

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • ४११ पटक पढिएको
  • पश्चिमी र स्थानीय वायुले चट्याङसहित वर्षा गराउने

    इटहरी ।  पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात साथै बाँकी तर

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १८१ पटक पढिएको
  • इन्टरपोलले देउवा दम्पत्तिविरुद्ध ‘रेड नोटिस’ प्रक्रियामा माग्यो थप कागजात

    काठमाडौंः इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि थप कागजात माग गरेको छ ।प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्युरो) काठमाडौंसँग माग गरेको हो ।गत २४ चैतमा देउवा दम्पत्तीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएसँगै देउवा दम्पत्तिलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो ।देउवा दम्पत्तिविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो)

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १८९ पटक पढिएको
  • नेप्से स्थिर, कारोबार रकम ३ अर्ब २० करोड नजिक

    विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०६ प्रतिशत अर्थात् १.६४ अंकले घटेर २७११.२२ अंकमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १९ करोड ७७ लाख बढीको शेयर कारोबार भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाउँदा सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात ०.८० प्रतिशतले बढेको थियो । बैंकिङ समूह ०.१६ प्रतिशत, फाइनान्स ०.१९, होटल ०.२२, लगानी ०.४०, लघुवित्त ०.४८, निर्जीवन बीमा ०.१९ र अन्य ०.०३ प्रतिशतले बढेको थियो ।आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५६ प्रतिशतले घट्दा विकास बैंक स

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २२५ पटक पढिएको
  • १२ वटा ट्रेड युनियनको दर्ता सरकारद्वारा खारेज

    काठमाडौंः श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती सेवा ऐन २०४९ अन्तर्गत दर्ता भएका ८ वटा र स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका ४ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ ।सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गरी दलगत निजामती कर्मचारी र राष्ट्रिय स्तरका ट्रेड युनियन खारेज गरेको हो । बुधबार बसेको विभागको पञ्जिकाधिकारीको निर्णयले ती ट्रेड युनियनहरूको दर्ता खारेज गरेको हो ।निजामती कर्मचारीहरूको ट्रेड युनियनतर्फ नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २२८ पटक पढिएको
  • आज साँझ ५ बजे बोलाइयो संवैधानिक परिषद्को बैठक

    इटहरी ।  प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक आज साँझ ५ बजेका लागि बोलाउनुभएको छ । हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि रिक्त संवैधानिक पदमा नियुक्तिको बाटो खुलेको हो ।प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्ष लगायत संवैधानिक पद रिक्त छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षको पद रिक्त छ भने एकजना बाहेक अरु सदस्य छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ । समावेशी आयोगमा पनि अध्यक्ष र अर्का एक सदस्यको पद रिक्त छ । महिला आयोगमा पनि एक पद रिक्त छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २५२ पटक पढिएको
  • शेयर बजारमा सक्रियहरुले उद्योग वाणिज्य महासंघमा पनि गर्ने भए प्रतिनिधित्व

    काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा शेयर बजारमा सक्रिय व्यक्तिहरु पनि विभिन्न पदमा निर्वाचित भएका छन् ।ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकाल महासंघको वस्तुगततर्फको सदस्यमा निर्वाचित भएका छन् । उनी हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका सञ्चालक हुन् ।क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिका सञ्चालक प्रियराज रेग्मी एशोसिएटतर्फको सदस्य पदमा निर्वाचित भएका छन् ।शेयर बजारका पुराना लगानीकर्ता अम्बिकाप्रसाद पौडेल पनि एशोसिएटतर्फको सदस्य पदमा निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १५४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल