विराटनगरः समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न शुरु गरेको छ । समितिले बुधबार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ ।

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाइएको छ । अन्य ऋणीहरूको नामावलीसमेत क्रमिक रुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ ।

घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी, नेपाल सहकारी र तुलसी बहुउद्देश्यीय सहकारीका ठूला ऋणीको नाममा सार्वजनिक भएको हो । तुलसी बहुउद्देश्यीय सहकारी मोरङको विराटनगरमा कार्यालय भएको सहकारी हो ।