विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०६ प्रतिशत अर्थात् १.६४ अंकले घटेर २७११.२२ अंकमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १९ करोड ७७ लाख बढीको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाउँदा सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात ०.८० प्रतिशतले बढेको थियो । बैंकिङ समूह ०.१६ प्रतिशत, फाइनान्स ०.१९, होटल ०.२२, लगानी ०.४०, लघुवित्त ०.४८, निर्जीवन बीमा ०.१९ र अन्य ०.०३ प्रतिशतले बढेको थियो ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५६ प्रतिशतले घट्दा विकास बैंक समूह ०.५१ प्रतिशत, हाईड्रो ०.४३, जीवन बीमा ०.३२ र व्यापार ०.२५ प्रतिशतले घटेका छन् ।
आज पनि सोलु हाईड्रोको सर्वाधिक अर्थात २२ करोड ११ लाख ५३ हजार रुपैयाँको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्सको १६ करोड ७ लाख, नेशनल हाईड्रोपावरको १४ करोड ८८ लाख, ङादी ग्रुप पावरको १२ करोड ४१ लाख र अपर लोहरे खोलाको १० करोड २१ लाख बढीको शेयर किनबेच भएको छ ।
फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक १३.७४ प्रतिशतले बढ्दा अपर लोहरे खोला हाईड्रोको शेयरमूल्य ५.९५ प्रतिशत र तारागाँउ रिजेन्सीको सेयरमूल्य ३.३८ प्रतिशतले बढेका छन् ।
भगवती हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात ८.९० प्रतिशतले घट्दा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ७.२७ प्रतिशत र मोदी इनर्जीको सेयरमूल्य ४.१८ प्रतिशतले घटेको थियो ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब २४ अर्ब १२ करोड ३५ लाख ६७ हजार ५३० रुपैयाँ कायम भएको छ ।


















