इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ९० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
इटहरी । आज २ घण्टाको शेयर कारोबार हेर्दा बजार स्थिरजस्तै देखिएको छ । प्रायः महिनाको अन्तिम कारोबार दिन बजार बढ्ने गर्छ । बजारको गति हेर्दा आज पनि बन्द हुने समयमा हरियो हुने सम्भावना देखिन्छ ।आधा कारोबार दिन (दुई घण्टा) को कारोबार १ अर्ब ९३ करोड १ लाख रुपैयाँ रहेको छ ।सबैभन्दा धेरै कृषि विकास बैंकको बोण्डको ७० करोड ८७ लाख ९९ हजार रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार गर्नेमा युनाइटेड मोदी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, लिबर्टी इनर्जी र ङादी ग्रुप पावर रहेका छन् ।सूचक झण्डै २ अंकले घटेर २६४९ बिन्दु आसपास रहेर कारोबार भइरहेको छ । माउण्ट एभरेष्ट पावर डेभलपमेण्टको शेयरमूल्
इटहरीः इटहरी उपमहानगरपालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि लागू गरेको स्थानीय पाठ्यपुस्तक ‘इटहरीको सेरोफेरो’ माथि गम्भीर प्रश्न उठाउँदै यसको पठनपाठन तत्काल रोक्न माग गरिएको छ ।सो पुस्तकमा तथ्यहीन, असत्य, भ्रामक तथा कपोलकल्पित सामग्री समावेश गरिएको भन्दै पाँच जना व्यक्तिले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले पुस्तकमा इटहरीको इतिहास, सामाजिक तथा शैक्षिक क्षेत्र, साहित्य, व्यवसाय र विभिन्न संघ–संस्थासँग सम्बन्धित विषयलाई गलत तथा अपमानजनक ढङ्गले प्रस्तुत गरिएको आरोप लगाएका छन् ।विज्ञप्तिमा पुस्तकमा भाषिक तथा व्याकरणिक त्रुटिसमेत रहेको उल्लेख गरिएको छ । पुस्तकमा मानक
इटहरी । नेपालमा हिजोदेखि शेयरको अनलाइन कारोबार प्रणाली (टिएमएस) मा आफ्टर मार्केट अर्डर सुविधा उपलब्ध भएको छ । अब शेयर बजार नखुलेको समय अर्थात् बेलुका ५ बजेदेखि बिहान १० बजेसम्म १५ प्रतिशतसम्म मूल्य घटाएर वा बढाएर खरीद तथा बिक्री आदेश गर्न सकिने भएको छ ।कार्यालयमा काम गर्ने कर्मचारीका लागि यसले कारोबारमा सहयोग पुर्याउने देखिन्छ । यो सुविधाबाट लगानीकर्ताले नियमित कारोबार समयबाहेक अन्य समयमा पनि सेयर खरिद वा बिक्रीको अर्डर प्रविष्ट गर्न सक्नेछन् । नियमित कारोबार समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रहेकाले उक्त समयमा व्यस्त हुने लगानीकर्तालाई यस्तो सुविधा उपयोगी हुने निश्चित छ ।यस्तो
विराटचोकः मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक तथा कर्मचारी धरौटीमा छुटेका छन् ।दुर्व्यवहारको आरोपमा पक्राउ परेका चारै जनासँग धरौटीबापतको रकम लिएर मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत मोरङले बुधबार आदेश दिएको हो । न्यायाधीश शिवप्रसाद खनालको इजलासले आदेश दिएलगत्तै सबै जना धरौटी रकम बुझाएर रिहा भएका छन् ।मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का ३३ वर्षीय अविरल मास्के, सुन्दरहरैँचा–१२ का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र झापाको बुद्धशान्ति गाउँपालिका–६ का ३९ वर्षीय भीमप्रसाद नेपाल धरौटीबापतको र
इटहरी । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो ।यो मार्गदर्शनले विभिन्न सरकारी कार्यालयहरूमा सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदनको ढाँचामा रहेको विविधता र अन्योललाई हटाएर देशैभर एउटै र निश्चित ढाँचा कायम हुनेछ ।यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिकमैत्री बनाउँदै परम्परागत का
गौरादहः पहिलो पाइला नेपाल गौरादह शाखाको आयोजना तथा केन्द्रीय कार्यसमितिको सहजीकरणमा ‘ट्रेन पहिलो पाइला’ तथा नवआगन्तुक स्वागत कार्यक्रम सम्पन्न भएको छ ।शाखा अध्यक्ष भुपेन्द्र निरौलाको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय अध्यक्ष कृष्णबहादुर राउत प्रमुख अतिथि र गौरादह नगरपालिका–८ का वडाध्यक्ष गणेशकुमार राजवंशी विशिष्ट अतिथि रहनुभएको थियो ।वडाध्यक्ष राजवंशीले वडा र संस्थाबीचको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।कार्यक्रममा प्रशिक्षकहरू नाराय
दमकः झापाका १५ वटै स्थानीय तहले आगामी आर्थिक वर्षभित्र स्थानीय दलित अधिकार ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।कोशी प्रदेश सरकारले दलित सशक्तिकरणसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइरहेका बेला झापाका स्थानीय तहले पनि आफ्नै कानुनी व्यवस्था निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् । मानवअधिकार मञ्च नेपाल इलामको आयोजना तथा जिल्ला समन्वय समिति झापाको सहकार्यमा बिर्तामोडमा सम्पन्न दुई दिवसीय कार्यशालाले पारित गरेको ‘१० बुँदे झापा घोषणापत्र–२०८३’ मार्फत् ती स्थानीय तहले सो प्रतिबद्धता जनाएका हुन् ।जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्षभित्र सम्बन्धित पालिकाको सभाब
खोर्सानेः सुन्दरहरैँचा–१० मोरङमा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू शैक्षिक हाइकिङ तथा अवलोकन भ्रमणका लागि इलामको दानाबारी पुगेका छन् ।कक्षाकोठामा सिकेको ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्नुका साथै विद्यार्थीलाई प्राकृतिक वातावरण, स्थानीय संस्कृति र सामाजिक परिवेशबारे जानकारी गराउने उद्देश्यले भ्रमण आयोजना गरिएको विद्यालयले जनाएको छ ।भ्रमणका क्रममा विद्यार्थीहरूले दानाबारी क्षेत्रको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै हाइकिङको अनुभवसमेत लिएका थिए । उनीहरूले स्थानीय वातावरणको अध्ययन गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाएका थिए ।विद्यालयका प्रिन
केराबारीः साहित्यलाई पर्यटन र प्रकृतिसँग जोड्दै मोरङको केराबारीमा ‘जेफाले सिर्जना डबली’को २४६ औँ शृङ्खला तथा ‘हिँडौँ केराबारी’को १९ औँ शृङ्खला आयोजना हुने भएको छ ।जेफाले सिर्जना डबली, केराबारी मोरङको आयोजना र एकता सामुदायिक वन उपभोक्ता समूह केराबारी–१० को सहयोग तथा व्यवस्थापनमा कार्यक्रम हुने भएको हो । कार्यक्रमको मुख्य उद्देश्य साहित्यिक सिर्जनासँगै केराबारीको प्राकृतिक सौन्दर्य, पर्यटकीय सम्भावना र स्वास्थ्यका लागि पैदलयात्राको महत्वलाई उजागर गर्नु रहेको आयोजकले जनाएको छ ।‘पर्यटन र साहित्य सँगसँगै’ तथा ‘पर्यटन र स्वास्थ्यका लागि हिँडौँ केराबारी’ भन्ने नारासहित हुने कार्यक्रममा पदयात्रा, रचना