All Posts By खेमचन्द्र अधिकारी

    Showing २९१-३०० of १,३४७ items.
  • २ दिनपछि बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

    इटहरी ।  हरेक अङ्ग्रेजी महिनाको १ र १५ तारिकमा पेट्रोलियम पदार्थको मूल्य अद्यावधिक गर्ने गरेको नेपाल आयाल निगमले यस पटक भने दुई दिन ढिलो पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।आज बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र व

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १,०१९ पटक पढिएको
  • ओटिसी बजारमा गत आर्थिक वर्षमा ५ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच

    काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नभएका कम्पनीहरूको शेयर किनबेच हुने ओभर द काउन्टर (ओटिसी) बजारमा गत आर्थिक वर्ष २०८२÷८३ मा साढे ५ अर्बभन्दा धेरैको कारोबार भएर ऐतिहासिक वर्ष सावित भएको छ ।जलविद्युत, औषधि, सूचना प्रविधि र धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूको बाहुल्यता रहेको यस बजारमा गत वर्ष अर्बौँ रुपैयाँको कारोबार भएको छ । गत आर्थिक वर्षमा ओटिसी बजारमा २ करोड ५ लाख ५३ हजार १९७ कित्ता शेयर ५ अर्ब ६२ करोड ४४ लाख ७२ हजार ५०० रुपैयाँमा किनबेच भएको छ ।मूल्यका आधारमा यस वर्ष ओटिसी बजारमा ‘फोनपे पेमेन्ट सर्भिस’ले सबैलाई उछिनेको छ । २०८२ माघ २५ गते सो कम्पनीको शेयर प्रतिकित्ता १,३१५ रुप

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ६६९ पटक पढिएको
  • सानिमा बैंकले बढायो नाफा

    इटहरी ।  गत आर्थिक वर्षमा सानिमा बैंकले नाफा बढाएको छ । बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको हो ।बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (२ अर्ब ५७ करोड रुपैयाँ) को तुलनामा ३८.०१ प्रतिशत बढी हो ।खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । बैंकको लाभांश दिने क्षमतामा पनि वृद्धि भएको छ । असार मस

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ९७ पटक पढिएको
  • इटहरीमा निकालियो सद्भाव र्याली, २८ भन्दा बढी संघसंस्था सहभागी

    इटहरीः आज सुनसरीको इटहरीमा सामाजिक, धार्मिक तथा सामुदायिक संघसंस्थाको सहभागितामा सद्भाव र्याली निकालिएको छ ।विभिन्न जातजाति, धर्म, भाषा र समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले इटहरीमा सामाजिक सद्भावप्रतिको साझा प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ । सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वका पक्षमा सन्देशमूलक नारासहित नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए ।पछिल्ला दिनमा समाजमा विभिन्न गतिविधि भएका भन्दै त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्दै सबै समुदायबीच विश्वास, सम्मान र सहकार्यको वातावरण निर्माण गर्ने

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १८६ पटक पढिएको
  • कुबेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

    इटहरी ।  कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ ।परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरी तेह्रथुमका सोमकुमारको शव आज स्वदेश ल्याउन लागिएको जानकारी दिएको छ ।कुवेत एयरवेजमार्फत् शव नेपाल ल्याउन कुबेतस्थित नेपाली दूतावास र स्थानीय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी प्रक्रिया पूरा भइसकेको मन्त्रालयले जनाएको छ ।४४ वर्षीय सोमकुमार कुबेतमा सवारी चालकको रूपमा कार्यरत थिए ।

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ५०८ पटक पढिएको
  • घट्यो सुनचाँदीको दाम

    इटहरी ।  साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला १ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँ घटेकोे हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ३८९ पटक पढिएको
  • सुकुना माविले तीन दिन विद्यार्थी क्लब र अभिभावकसँग छलफल तथा अन्तरक्रिया गर्ने

    इटहरी ।  मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना माध्यमिक विद्यालयले विद्यालयलाई थप सहज, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले विद्यार्थी क्लब, समूह तथा अभिभावकसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ ।विद्यालयले एक सूचना जारी गर्दै साउन १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न समूहसँग अन्तरक्रिया गरिने जनाएको हो । सूचनाअनुसार विद्यालयमा सक्रिय रहेका विद्यार्थी क्लब तथा समूह, कक्षा प्रतिनिधि, मनिटर र अभिभावकसँग छलफल गरी विद्यालय सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव सङ्कलन गरिने भएको हो ।आज दिउँसो १ बजे S/k/n Confession and Meme, सुकुना बाल चेतना समूह, कानु

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १२४ पटक पढिएको
  • दीपमाला ढकाल भइन् मिस नेपाल २०२६

    काठमाडौंः ललितपुरको द प्लाजा पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छिन् । उनी मिस नेपाल वल्र्ड घोषित भएकी छिन् ।आर्या निशान्त मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भएका छन् ।ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् । विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् ।उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धावक पनि हुन् ।दीपमाला गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थ

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ११७ पटक पढिएको
  • कृषि उपजको मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एप शुरु

    काठमाडौंः सरकारले विभिन्न १२ वटा सङ्घीय कृषि बजारहरूमा कारोबार हुने कृषि उपजहरूको दैनिक थोक मूल्यसम्बन्धी विवरण प्रवाह हुने मोबाइल एप शुरु गरेको छ ।मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत ‘कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस\डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने’ कार्यान्वयनका सन्दर्भमा सो एप शुरु गरिएको जनाइएको छ ।अब काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका साथै सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी, रुपन्देही, बाँके, सुर्खेत र कैलालीका स

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १८५ पटक पढिएको
  • आज मनाइयो दोस्रो राष्ट्रिय ‘कोदो दिवस’

    इटहरी ।  नेपालमा आज दोस्रो पटक कोदो दिवस मनाइएको छ । विगत ८ वर्षदेखि अनौपचारिक रूपमा विभिन्न कार्यक्रमका साथ कोदो दिवस मनाइँदै आइएको थियो । गत वर्षदेखि भने औपचारिक रूपमा दिवस मनाउन थालिएको हो ।संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रूपमा मनाएको थियो । नेपाल सरकारले औपचारिक घोषणा नगरे पनि नेपालमा विगत ७ वर्षदेखि नै स्वतःस्फूर्त रूपमा साउन १५ मा कोदो दिवसका रूपमा मनाउने गरिएको थियो । गत वर्षदेखि सरकारले साउन १६ मा कोदो दिवस मनाउने घोषणा गरेको हो ।२०८२ असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको साउन १६ गते कोदो दिवस मनाउने निर्णय गरेको थियो

    • प्रकाशित मितिः साउन १६, २०८३
    • २९७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल