All Posts By खेमचन्द्र अधिकारी

    Showing ३०१-३१० of १,३४८ items.
  • आज मनाइयो दोस्रो राष्ट्रिय ‘कोदो दिवस’

    इटहरी ।  नेपालमा आज दोस्रो पटक कोदो दिवस मनाइएको छ । विगत ८ वर्षदेखि अनौपचारिक रूपमा विभिन्न कार्यक्रमका साथ कोदो दिवस मनाइँदै आइएको थियो । गत वर्षदेखि भने औपचारिक रूपमा दिवस मनाउन थालिएको हो ।संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रूपमा मनाएको थियो । नेपाल सरकारले औपचारिक घोषणा नगरे पनि नेपालमा विगत ७ वर्षदेखि नै स्वतःस्फूर्त रूपमा साउन १५ मा कोदो दिवसका रूपमा मनाउने गरिएको थियो । गत वर्षदेखि सरकारले साउन १६ मा कोदो दिवस मनाउने घोषणा गरेको हो ।२०८२ असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको साउन १६ गते कोदो दिवस मनाउने निर्णय गरेको थियो

    • प्रकाशित मितिः साउन १६, २०८३
    • २९७ पटक पढिएको
  • ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै हिमाल ६ महिनामा चढेर प्रसिद्धि कमाएका नेपाली आरोही निर्मल पुर्जाको निधन

    काठमाडौंः विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल ६ महिना ६ दिनमा चढेर कीर्तिमान बनाएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)को हिमपहिरोमा परी निधन भएको छ ।पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको मृत्यु भएको पुष्टि भएको हो । बिहीबारदेखि हराइरहेका पुर्जाको निधन भएको उहाँ संस्थापक रहेको संस्था एलिट एक्सपेडले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेको छ ।‘हामी गहिरो दुःखका साथ भन्न चाहन्छौं– निर्मल ‘निम्सदाइ’ पुर्जाले ब्रोडपिकमा हिमपहिरोमा परेर ज्यान गुमाउनु भएको छ’, एलिट एक्सपेडले वक्तव्य जारी गरी भनेको छ, ‘अरू आरोहीहरू पनि जीवित नभेटिएको हा

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १३३ पटक पढिएको
  • सामाजिक मिलन केन्द्रले आयोजना गर्याे खीर खाने दिन विशेष कार्यक्रम, नगरप्रमुखसहित ३ जनालाई मानार्थ आजीवन सदस्यता प्रदान

    इटहरी ।  सामाजिक मिलन केन्द्र प्रतिष्ठानले खीर खाने दिनको अवसर पारेर हिजो सुन्दरहरैंचा–७ गोठगाउँमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका गतिविधिको बारेमा जानकारी गराउनुका साथै वक्ताहरुले प्रतिष्ठानको कामको चर्चा गरेका थिए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पूर्व शिक्षक सावित्रा संग्रौला र ज्येष्ठ नागरिक लालबहादुर सुनुवारलाई मानार्थ आजीवन सदस्यता प्रदान गरिएको थियो ।कार्यक्रममा पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला, समाजसेवी भक्तिप्रसाद सिटौला, पञ्चायत

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ११५ पटक पढिएको
  • गत आर्थिक वर्षमा असारमा धेरै घरजग्गा बिक्री, सबैभन्दा बढी कारोबार गर्नेमा इनरुवा, भद्रपुर र बेलबारी

    इटहरी ।  गत आर्थिक वर्ष २०८२\८३ मा देशभर साढे ५ लाख घरजग्गा लिखत पास भएका छन् । गत आर्थिक वर्षमा २०८२ मंसिरपछि घरजग्गा कारोबार बढ्दै गएकोमा असारमा सबैभन्दा बढी कारोबार भएको हो ।२०८२ साउनमा ३१ हजार ६२१ वटा लिखत पास भएकोमा असारमा ७० हजार ४८० वटा लिखत पारित भएका छन् । असार महिनामा ११ अर्ब ९४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार सुनसरीको इनरुवा भूमि प्रशासन कार्यालयबाट सबैभन्दा बढी कारोबार भएको छ । देशभरका १३५ वटा कार्यालयको तथ्याङ्क हेर्दा बढी कारोबार हुने कार्यालयहरुमा झापाको भद्रपुर, मोरङको बेलबारी, धनुषाको जनकपुरधाम र सप्तरीको राजविर

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ३३० पटक पढिएको
  • धितोपत्र बोर्डको कारबाहीमा परे तीन ब्रोकर, सानिमा क्यापिटललाई गराइयो सचेत

    काठमाडौंः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लङ्घन गरेको भन्दै तीन वटा ब्रोकर कम्पनी र एउटा मर्चेन्ट बैंकरलाई कारबाही गरेको छ ।बोर्डले ती कम्पनीलाई कारबाही गरेर १ करोड १० लाख रुपैयाँ जरिवाना तिराएको छ । बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ क को उपदफा (४) को खण्ड (घ) तथा दफा ७ ग मा रहेको व्यवस्था उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको हो ।बोर्डले सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना तिराएको छ । श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँका दरले जरिवाना गराएको छ ।सम्पत्ति शु

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १,०६८ पटक पढिएको
  • मितेरी डेभलपमेन्ट बैंकको नाफा बढे पनि घट्यो लाभांश क्षमता

    इटहरी । मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२\८३ मा व्यवसायको आकार बढाएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ३६.०७ प्रतिशत र ग्राहक कर्जा २९.२५ प्रतिशत बढ्दा खुद ब्याज आम्दानी ५०.२६ प्रतिशत बढेको छ । नाफा बढे पनि वितरणयोग्य नाफा ५.०१ प्रतिशत र वार्षिकीकृत वितरणयोग्य प्रतिशेयर आम्दानी ५ प्रतिशतले घटेको छ ।बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको ब्याज आम्दानी १७.९८ प्रतिशत बढेर ६७.४२ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद नाफा ८.९८ प्रतिशत बढेर रु. १४.१२ करोड पुगेको छ । सञ्चालन मुनाफा पनि ८.६३ प्रतिशत बढेर रु. २०.१७ करोड पुगेको छ ।बैंकको वितरणयोग्य नाफा

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ४६७ पटक पढिएको
  • आज पनि सप्तरीको राजविराज र बोदेबर्साइनमा अनिश्चितकालीन कर्फ्यु

    राजविराजः आज बिहान ८ बजेदेखि सप्तरीको राजविराज क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । हिजो राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा पनि प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको छ ।कार्यालयका अनुसार कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्वी सीमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म रहेको छ ।जारी आदेशमा कर्फ्युको उल्लङ्घन हुने कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ ।सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपका क्रममा दुई जनाको म

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १३५ पटक पढिएको
  • देवानगञ्ज घटनाका पीडित परिवार र सरकारबीच भयो सहमति, मृतकलाई शहीद घोषणा गरिने

    इनरुवाः सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ ।सहमतिअनुसार नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ । प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिने भएको छ ।आज बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्ने भएका छन् ।सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ तथा

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १९३ पटक पढिएको
  • आज साउन १५, खीर खाने दिन

    इटहरी ।  आज घरघरमा खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको विश्वास गरिन्छ । रोपाइँ सकिएको वा सकिन लागेको समयमा र गाईवस्तुले प्रशस्त दूध दिने समयमा खीर खाने चलन चलेको हुन सक्ने अनुमान गरिन्छ ।धानको चामल, साबुदाना, सेवइ, मकै, गाँजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने डाक्टरहरु बताउँछन् ।२०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खी

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १७४ पटक पढिएको
  • प्रधानमन्त्री बालेन शाहले गरे देशवासीका नाममा सम्बोधन, यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

    काठमाडौंः प्रधानमन्त्री बालेन शाहले सुनसरी, सिरहा लगायत देशका पूर्वी जिल्लाहरूमा उत्पन्न तनावबारे राष्ट्रका नाममा आज साँझ सम्बोधन गर्नुभएको छ ।प्रधानमन्त्री शाहले परिस्थिति सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको बताउनुभएको छ । दोषीलाई कडा कारबाही गर्न छानबिन समिति गठन गरिएको र यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास प्रधानमन्त्रीले दिलाउनुभएको छ । घटनामा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ ।घटनामा भएका घाइतेहरूको उपचारमा कुनै प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको पनि उहाँले ब

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ८२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल