All Posts By खेमचन्द्र अधिकारी

    Showing ३११-३२० of २,०८६ items.
  • कोशीमा नेपालीसहित १४ भाषा सरकारी कामकाजको भाषा बन्ने, कात्तिक २५ देखि लागू हुने

    विराटनगरः कोशी प्रदेशमा नेपालीसहित १४ वटा भाषाले सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता पाएका छन् ।प्रदेशसभाको शनिबार बसेको बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको हो ।विधेयक पारित भएसँगै प्रदेशमा नेपालीका साथै लिम्बू, मैथिली, तामाङ, थारु, उर्दू, राजवंशी, राई, नेपाल, मगर, चाम्लिङ, शेर्पा, बान्तवा र सन्थाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा निर्धारण गरिएको छ ।सभामुख अम्बरबहादुर विष्टले विधेयक पारित भएसँगै प्रदेशमा १४ वटा भाषाले सरकारी कामकाजको कानुनी मान्यता पाएको जानकारी दिए ।प्रदेशसभाबाट पारित भएको ऐन आगामी २०८३ साल क

    • प्रकाशित मितिः असोज २५, २०८३
    • ३४५ पटक पढिएको
  • पथरीमा टीभीएसको “अचम्मैको डिल”, दुई दिनमै १६ वटा सवारी बिक्री

    पथरी: मोरङको पथरी शनिश्चरेमा रहेको लक्ष्मी अटोमोबाइल्सले सञ्चालन गरिरहेको ‘अचम्मैको डिल’ टीभीएस एक्सचेन्ज क्याम्पमा दुई दिनमा १६ वटा सवारीसाधन बिक्री भएका छन् । १० वटा पुराना सवारीसाधन साटिएको छ ।असोज २३ गतेदेखि शिवालय मन्दिर अगाडि, मन्दिर लाइनमा शुरु भएको क्याम्पको पहिलो दिन ९ वटा सवारीसाधन बिक्री भएका थिए । हिजो २४ गते ५ वटा पुराना सवारी साधन एक्सचेन्ज भएका थिए । हिजो थप ७ वटा सवारी बिक्री हुँदा ५ वटा पुराना सवारी साधन एक्सचेन्ज भएका थिए ।क्याम्पअन्तर्गत ग्राहकले पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन् । कम्पनीले १० लाख रुपैयाँसम्म नगद छुट, खरिद मूल्यको १०० प्रति

    • प्रकाशित मितिः असोज २५, २०८३
    • २०५ पटक पढिएको
  • विराटनगरमा आजदेखि २६ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै

    विराटनगरः आजदेखि विराटनगरमा २६ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ ।मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता सञ्चालन हुन लागेको हो ।मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष ओमकुमार श्रेष्ठका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने गरी विराटनगरस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा प्रतियोगिता हुने भएको छ ।प्रतियोगितामा सातवटै प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्

    • प्रकाशित मितिः असोज २५, २०८३
    • १४६ पटक पढिएको
  • कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

    विराटनगर । कोशी प्रदेशसभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ ।प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशनको अन्त्य गर्नुभएको हो ।प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ ।

    • प्रकाशित मितिः असोज २५, २०८३
    • १७० पटक पढिएको
  • आज घटस्थापना, जमरा राख्ने दिन

    इटहरी ।  आज हिन्दूहरुको महान् चाड बडा दशैंको पहिलो दिन हो । घटस्थापना भनिर चिनिने यो दिन आश्विन शुक्ल प्रतिपदाका दिन पर्दछ । यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । आज घरघरमा तथा मन्दिरमा जमरा राखिन्छ ।चोखो स्थानको बालुवा या माटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।आजकै दिन कलशको घडा स्थापना गरी देवीदेवताको आवाहन गरिन्छ । त्यसै स्थान नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्र

    • प्रकाशित मितिः असोज २५, २०८३
    • १२९ पटक पढिएको
  • ८७ वर्षीय पूर्व असईको घरमा पुगेर डीआईजीले गरे सम्मान

    चैनपुरः कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले पूर्व प्रहरी नायब निरीक्षकलाई घरमै पुगेर सम्मान गरेका छन् ।८७ वर्षीय टीकाराम शाहीलाई संखुवासभाको चैनपुर नगरपालिका– ६ स्थित शाहीको घर पुगेर खनालले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।शाहीले सेवाकालमा प्रहरी सेवामा दिएको योगदानको कदर गर्दै घरमै गएर सम्मान गरिएको बताइएको छ ।

    • प्रकाशित मितिः असोज २५, २०८३
    • १४९ पटक पढिएको
  • विवाद समाधानपछि कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना पुनः शुरु

    काठमाडौं । विवादका कारण रोकिएको नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना शुरु भएको छ । मतपेटिकाका सन्दर्भमा सिर्जना भएको विवाद साम्य भएपछि अहिले साढे ७ बजेबाट मतगणना प्रक्रिया शुरु भएको जनाइएको  छ । यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेद्वारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो ।उम्मेद्वार र प्रतिनिधिले एक मतपेटिका कम भेटिएको र दुई मतपेटिकाको सिलबन्दी खोलिएको अवस्थामा भेटिएको भन्दै मतगणना अघि बढ्न सकेको थिएन । अहिले विवाद समाधान भएसँगै मतगणना प्रक्रिया अघि बढ

    • प्रकाशित मितिः असोज २४, २०८३
    • २०६ पटक पढिएको
  • एक मतपेटिका कम रहेको र दुईमा सिलबन्दी तोडिएको भन्दै कांग्रेस मतगणनामा विवाद

    काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा विवाद भएको छ । दिउँसो सुरु भएको उपसभापति र महामन्त्री पदको मतगणनाका क्रममा विवाद भएको हो ।उम्मेदवार र प्रतिनिधिले मतदान स्थलबाट ल्याएको एक मतपेटिका नभेटिएको र दुई मतपेटिकाको सिलबन्दी तोडिएको भन्दै प्रश्न उठाएको स्रोतले बतायो ।सो प्रश्न उठेपछि मतगणना रोकिएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८३
    • ८१ पटक पढिएको
  • मोरङ ३ मा कांग्रेसको इतर पक्षको क्षेत्रीय सभापतिमा बद्री बस्नेत निर्विरोध निर्वाचित

    विराटचोकः आज भएको नेपाली कांग्रेसको संस्थापन इतर समूहको क्षेत्रीय अधिवेशनबाट मोरङ क्षेत्र नम्बर ३ को सभापतिमा बद्री बस्नेत निर्वाचित हुनुभएको छ ।आज सुकुना बहुमुखी क्याम्पसमा भएको महाधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिको नाम भने चयन हुन बाँकी रहेको बताइएको छ ।केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुन्दरहरैंचाबाट सुवास पौडेल, किशोर तिम्सिना, भगवती पौडेल, विन्देश्वर साह, महेन्द्र परियार, भूगोल कार्की, श्यामलाल खवास, विमला राई, जनार्दन बास्तोला, भुवनकुमार राउत, रुद्रबहादुर कार्की, मदनप्रसाद आचार्य, गोविन्दबहादुर राउत, ताराकुमारी लिम्बू, शोभा काफ्ले

    • प्रकाशित मितिः असोज २४, २०८३
    • २३३ पटक पढिएको
  • सिद्धार्थका शिक्षकले लिए कृत्रिम बुद्धिमता तालिम

    खोर्सानेः मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलका १२० जना शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसम्बन्धी प्रशिक्षण दिइएको छ ।आइएनजी इम्प्याक्ट नेपालसँगको सहकार्यमा आयोजित तालिममा शिक्षकलाई एआईको प्रयोगमार्फत् शिक्षण–सिकाइलाई थप प्रभावकारी, सिर्जनात्मक र प्रविधिमैत्री बनाउने विषयमा प्रशिक्षण दिइएको हो ।तालिममा एआई विज्ञ तथा प्रशिक्षकहरूले कक्षाकोठामा एआईको व्यावहारिक प्रयोग, यसको उपयोगिता र सम्भावनाबारे जानकारी दिएका थिए ।विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले पछिल्लो समय एआई शिक्षण–सिकाइको महत्वपूर्ण माध्यम बन्दै गएकाले शिक्षकलाई प्रविधिमैत्री बनाउन तालिम आयोजना ग

    • प्रकाशित मितिः असोज २४, २०८३
    • २०८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल