खोर्सानेः मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलका १२० जना शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसम्बन्धी प्रशिक्षण दिइएको छ ।

आइएनजी इम्प्याक्ट नेपालसँगको सहकार्यमा आयोजित तालिममा शिक्षकलाई एआईको प्रयोगमार्फत् शिक्षण–सिकाइलाई थप प्रभावकारी, सिर्जनात्मक र प्रविधिमैत्री बनाउने विषयमा प्रशिक्षण दिइएको हो ।

तालिममा एआई विज्ञ तथा प्रशिक्षकहरूले कक्षाकोठामा एआईको व्यावहारिक प्रयोग, यसको उपयोगिता र सम्भावनाबारे जानकारी दिएका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले पछिल्लो समय एआई शिक्षण–सिकाइको महत्वपूर्ण माध्यम बन्दै गएकाले शिक्षकलाई प्रविधिमैत्री बनाउन तालिम आयोजना गरिएको बताउनुभयो ।