All Posts By खेमचन्द्र अधिकारी

    Showing ४३१-४४० of १,३५३ items.
  • सुनको भाउ तोलामा बढ्यो १,९०० रुपैयाँ, चाँदी बढ्यो ४० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।चाँदीको भाउ ४ हजार २४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ६३ पटक पढिएको
  • लेटाङको वडा नम्बर १ ले गर्यो अगुवा किसान सम्मान र कृषि सामग्री वितरण

    लेटाङः मोरङको लेटाङ नगरपालिका वडा नम्बर १ को कार्यालयको आयोजनामा कृषि सामग्री वितरण तथा अगुवा कृषक सम्मान कार्यक्रम राजारानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ ।कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउने, उत्पादन वृद्धि गर्ने तथा उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न कृषि सामग्री वितरण गर्नुका साथै अगुवा कृषकलाई सम्मान गरिएको हो ।कार्यक्रममा वडा कार्यालयले कृषि समूह तथा व्यक्तिगत रूपमा कृषि व्यवसाय सञ्चालन गरिरहेका लेटाङ–१ का विभिन्न टोलका कृषकलाई आवश्यक सामग्री वितरण गरेको छ ।जसअन्तर्गत समूहतर्फ कुईकुण्डा, आरुबोटे र अँधेरीलाई ३ वटा हाते ट्याक्टर व

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ४५ पटक पढिएको
  • सातामा करिब ३ प्रतिशत बढ्यो नेप्से

    इटहरी ।  गत साता नेप्से परिसूचक २.९५ प्रतिशत अर्थात ७६.७६ अङ्क बढेर २६७७.५४ बिन्दुमा बन्द भएको छ ।पाँच कारोबार दिन खुलेको बजारमा चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो । नेप्सेसँगै गत साता कारोबार रकम पनि बढेको छ । अघिल्लो साता दैनिक औसतमा ४ अर्ब ८५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ५ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।सातामा १३ वटै उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.९१ प्रतिशत बढेको छ ।गत साता एभरेष्ट कलर लिमिटेडको ३० लाख

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ५१ पटक पढिएको
  • मलंगवामा टेलिकम टावरमा चढेका युवकको उद्धार

    लालबन्दीः सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार भएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरुलाई बोलाएर टेलिफोनमार्फत् कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन् । टावरमा चढेर उनले आज बिहान ४ बजे साथीलाई फोन गरेका थिए ।त्यसपछि उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो । प्रहरीले उनका बुवा र दाजुलाई टावर भएको स्थानमा बोलाएर हुसेनसँग टेलिफोन संवाद गराएपछि उनी तल ओर्लिएका थिए ।

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १५३ पटक पढिएको
  • फेसबुकमा देखियो समस्या

    इटहरी ।  आज दिउँसो साढे १ बजे आसपासदेखि फेसबुकमा समस्या देखिएको छ । जसका कारण प्रयोगकर्ताले फेसबुक चलाउन पाएका छैनन् ।प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन । साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन । हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ । कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस् ।’आज दिउँसो ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकले सूचना जारी गरेको हो ।अहिले पनि मोबाइलमा फेसबुक खुले पनि डेस्कटपमा खुलेको छैन ।

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १४६ पटक पढिएको
  • कमलपुर सामुदायिक वनको अध्यक्षमा मनकुमारी राई चयन

    लेटाङः लेटाङ नगरपालिका–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारणसभाले मनकुमारी राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको कार्यालय परिसरमा सम्पन्न सभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृतकुमार राई, सचिवमा कुशमणि राई, सहसचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा तारादेवी लिम्बू चयन हुनुभएको छ ।नयाँ कार्यसमितिले सामुदायिक वन संरक्षण, पारदर्शी व्यवस्थापन तथा उपभोक्ताको हितमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १११ पटक पढिएको
  • सुन्दरहरैंचामा ‘नागरिकसँग जनप्रतिनिधि सरसफाइ अभियान’अन्तर्गत खोर्सानेमा सरसफाइ

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा स्थानीय संघ–संस्थाको सहभागितामा ‘नागरिकसँग जनप्रतिनिधि सरसफाइ कार्यक्रम’ अन्तर्गत हिजो सुन्दरहरैंचाको पूर्वी बजार खोर्साने क्षेत्रमा सरसफाइ गरिएको छ ।सुन्दरहरैंचा नगरपालिकाले यस कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्दै नगरका विभिन्न स्थानमा निरन्तर सरसफाइ गरिने जनाएको छ ।सो सरसफाइ कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १०० पटक पढिएको
  • हिमालय मनसुन स्काउट क्याम्प २०८३ मा क्याम्प फायरमा रमाए विद्यार्थी, आज समापन

    विराटचोकः मोरङको सुन्दरहरैंचा–१० स्थित हिमालय इङ्लिस स्कुलमा सञ्चालन भइरहेको हिमालय मनसुन स्काउट क्याम्प–२०८३ अन्तर्गत शनिबार साँझ आयोजित रात्रीकालीन क्याम्प फायर कार्यक्रममा सहभागी उत्साहपूर्ण वातावरणमा सरिक भएका थिए । सो क्याम्प आज समापन हुने भएको छ ।क्याम्प फायर सुन्दरहरैंचाका स्थानीय स्काउट प्रमुख आयुक्त मनोज लामा कार्कीको अध्यक्षता तथा संघीय सांसद प्रेमलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका शिक्षा शाखा प्रमुख तेज आचार्य तथा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबन्धु थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।हिमालय इङ्लिस स्कुलका प्रिन

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १२० पटक पढिएको
  • देशभर मनसुनको प्रभाव, केही स्थानमा भारी र अति भारी वर्षा हुने

    इटहरी । देशभर मनसुनको प्रभाव बढेसँगै आज देशका धेरै स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ ।महाशाखाका अनुसार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर बदली भएको छ ।अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बदली हुनेछ ।महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भाव

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १०४ पटक पढिएको
  • बुक बिल्डिङमार्फत् बिक्री हुने टाइम फर्मास्युटिकल्सको आईपीओको मूल्य ४५० रुपैयाँ तय

    इटहरी । बुक बिल्डिङ विधिमार्फत् साधारण शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको ‘कटअफ’ मूल्य तय भएको छ । संस्थागत लगानीकर्ताहरूबीच भएको बोलकबोलमार्फत् कम्पनीको प्रतिकित्ता कटअफ मूल्य ५०० रुपैयाँ निर्धारण गरिएको हो ।धितोपत्र बोर्डको व्यवस्था अनुसार, संस्थागत लगानीकर्ताले कायम गरेको कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई शेयर बिक्री गर्नुपर्ने हुन्छ । यस अनुसार सर्वसाधारणले टाइम फर्मास्युटिकल्सको शेयर प्रतिकित्ता ४५० रुपैयाँमा पाउनेछन् ।कम्पनीले १० लाख ८६ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको छ । जुन कम्पनीको जारी पूँजी ५३ करोड रुपैयाँको २०.५० प्रतिशत

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १६१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल