काठमाडौंः सरकारले गत आर्थिक वर्षमा शेयर बजारको पूँजीगत लाभकर अघिल्लो आर्थिक वर्षको तुलनामा ६ अर्ब १९ करोड रुपैयाँ कम राजस्व पाएको छ ।सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२\८३ मा शेयर कारोबारबाट सरकारले १० अर्ब ३५ करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१\८२ मा यही शीर्षकबाट १६ अर्ब ५४ करोड १७ लाख रुपैयाँ सङ्कलन भएको थियो ।पूँजीगत लाभकर आम्दानी एक वर्षमै ३७.४२ प्रतिशतले घटेको छ ।गत आर्थिक वर्षको शुरुमा नेप्से परिसूचक ३ हजार माथि पुगेको थियो । त्यसपछि घट्दै २ हजार ४८५ विन्दुसम्म झरेको थियो । असारमा मात्रै सरकारलाई ४६ करोड कम राजस्व सङ्कलन
आबुधाबीः आदिकवि भानुभक्त आचार्यको २१३ औँ जयन्ती संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधाबीमा आइतबार मनाइएको छ ।नेपाली राजदूतावास आबुधाबीको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाली राजदूतावास आबुधाबीको आयोजना, तनहुँ सेवा समाज, युएईको सहकार्य तथा सिर्जना वाचन डबलीको समन्वय रहेको थियो ।कार्यक्रममा आबुधाबीका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक टक गुरुङले गर्नुभएको थियो ।सो कार्यक्रममा विभिन्न स्रष्टाका गजल, कविता, मुक्तक लगायत विभिन्न विधाका १० वटा साहित्यिक कृतिको सामूहिक लोकार्पण गरिएको थियो । लोकार्पित कृतिहरूमा राज यात्री लम्
गछियाः सुनसरीको गछियास्थित शेषनारायण दिव्यधाम तथा आचार्य सेवा गुरुकुलमा लायन्स र लियो क्लब अफ इटहरी पाथीभरा, लायन्स र लियो क्लब अफ इटहरी एक्टिभको संयुक्त आयोजनामा वृक्षरोपण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपिनुका साथै दिव्यधामलाई कापी, कलम, चिउरा, चामललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन उदयनारायण बराल रहनुभएको थियो ।विशिष्ट अतिथिमा डिष्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लायन लोकेन्द्रप्रसाद ढका
इटहरीः इटहरी उपमहानगरपालिकाले राजस्व सङ्कलनसम्बन्धी सम्पूर्ण सेवा अस्थायी रूपमा साउन ७ गतेसम्म बन्द गर्ने भएको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा नयाँ आर्थिक ऐनअनुसारका व्यवस्था अद्यावधिक गर्नुपर्ने भएकाले आज साउन १ गतेदेखि लागू हुनेगरी साउन ७ गतेसम्म सबै राजस्व सेवा स्थगित गरिएको पालिकाले जनाएको छ ।उपमहानगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयबाट सञ्चालन हुने कर, शुल्क तथा अन्य राजस्व सङ्कलनसम्बन्धी सम्पूर्ण सेवा उक्त अवधिभर बन्द रहनेछ । उपमहानगरपालिकाका अनुसार आर्थिक ऐन, २०८३ मा भएका व्यवस्थाहरू प्रणालीमा प्रविष्ट ग
इटहरी । नयाँ आर्थिक वर्ष २०८३\८४ को पहिलो कारोबार दिन आज नेप्से परिसूचक ७९.७४ अङ्क अर्थात् ३.०६ प्रतिशतले बढेर २६७७.५४ बिन्दुमा अडिएको छ ।बढेको बजारमा आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ५८ हजार ९४ पटक किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँको कारोबार भएको छ ।सामुहिक लगानी कोषबाहेक सबै समूहमा हरियाली छाएको दिन आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६० प्रतिशतले बढेको छ ।सर्वाधिक कमाउनेमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको शेयरभाउ १५ प्रतिशत बढ्दा सूर्यकुण्ड हाइड्रोको १४.८३ प्रतिशत, शिखर पावरको १२.५४ प्रतिशत, रिज लाइन इनर्जीको १२.०६ प्रतिशत, मिड सोलु हाइड्रोको १२
विराटचोकः आजदेखि सुन्दरहरैंचाको विराटचोकमा नेपाल स्काउट स्थानीय समिति सुन्दरहरैंचाको आयोजना तथा हिमालय इङ्लिस स्कुल, सुन्दरहरैंचा १० को सहआयोजना एवं व्यवस्थापनमा ‘हिमालय मनसुन स्काउट क्याम्प २०८३’ शुरु भएको छ ।‘प्रकृतिसँग सङ्गत, स्काउटिङको जगत’ भन्ने नारासहित साउन १ देखि ३ गतेसम्म सञ्चालन हुने क्याम्पमा नगरका विभिन्न विद्यालयका ५० भन्दा बढी स्काउट विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।क्याम्पको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले स्काउटले विद्यार्थीमा अनुशासन सिकाउनुका साथै घरबाहिरको वातावरणमा घुलमिल हुन सहयोग गर्ने बताउनुभयो ।विद्यार्थीमा अनुशासन, नेतृत्व, आत्मनिर्भरत
केराबारीः सडक पार गर्दै गरेकी महिलालाई आज टिपरले ठक्कर दिँदा मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा ७० वर्षीया विष्णुमाया मगरको ज्यान गएको छ ।केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ ।
इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । सुन प्रतितोला ३ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १२५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
विराटचोकः मोरङको सुन्दरहरैंचा–१२ स्थित इन्द्रपुर नमुना माध्यमिक विद्यालयले ‘द भ्वाइस किड्स नेपाल’को ब्याटल राउन्डसम्म पुग्न सफल प्रतिभाशाली विद्यार्थी प्रनिसजंग केसीलाई एक वर्षको पूर्ण छात्रवृत्तिसहित सम्मान गरेको छ । कोसी कक्षा ३ मा अध्ययनरत छन् ।कक्षा ३ मा अध्ययनरत केसीले सानै उमेरमा गायन क्षेत्रमा उल्लेखनीय प्रतिभा प्रदर्शन गर्दै ‘द भ्वाइस किड्स नेपाल’को ब्याटल राउन्डसम्मको यात्रा तय गरी विद्यालयको गौरव बढाएको भन्दै विद्यालयले सम्मानपत्रसहित ३४ हजार ८०० रुपैयाँबराबरको पूर्ण छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।सम्मान कार्यक्रममा प्रनिसजंगका सङ्गीत शिक्षक देवराज ढकाल तथा उनको परिवारलाई समेत वि
विराटचोकः मोरङ र सुनसरीमा लामो समयदेखि निष्क्रिय रहेका ७ वटा सहकारी संस्थाको दर्ता खारेज भएको छ ।कार्यालयका अनुसार नियमन क्षेत्राधिकारभित्र रहेका ती सहकारी संस्थाले विगत दुई वर्षदेखि नियमित विवरण नबुझाई निष्क्रिय रहेका थिए ।कार्यालयले २०८२ भदौ २ गते ३५ दिने र २०८२ पुस २ गते २१ दिने सूचना जारी गर्दै संस्था अद्यावधिक हुन आह्वान गरेको थियो । त्यसपछि स्थलगत अनुगमन र आवश्यक कानुनी प्रक्रिया पूरा गरी २०८३ असार ३२ गतेको निर्णयअनुसार दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार दर्ता खारेज भएसँगै ती संस्थाको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको छ ।खारेज गरिएका सहकारी संस्थामा कोशेली बचत तथा ऋ