इटहरीः साताको पहिलो कारोबार दिन आज शेयरबजार ०.६२ प्रतिशत अर्थात् १६.४७ अंकले घटेर २ हजार ६१३.३३ बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५७ स्टकको १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर ५८ हजार ५०० पटक किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार समूह मात्रै ०.२३ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह सर्वाधिक अर्थात् १.२० प्रतिशतले घटेको छ ।
आज हिमालयन डिस्टिलरीको सर्वाधिक ३५ करोड ८२ लाख १६ हजार ४९५ रुपैयाँको शेयर किनबेच भएको छ । शिवम् सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, सिद्धार्थ बैंक र एसवाई प्यानल नेपाल उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
आज ७ प्रतिशत लक्ष्मी डिबेञ्चरको मूल्य १५ प्रतिशतले बढ्दा १० प्रतिशत केबीएल डिबेञ्चरको मूल्य १२.१७ प्रतिशत र ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चरको मूल्य ८.८३ प्रतिशतले बढेको छ ।
हाथवे इन्भचेष्टमेन्टको मूल्य सर्वाधिक अर्थात् १०.५८ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ९५ अर्ब, २७ करोड, ९८ लाख, ८० हजार ९६ रुपैयाँ कायम भएको छ ।


















