काठमाडौंः हिजो आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । उनको करीब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए ।उनको अनुहार, टाउको र घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुगेको थियो । वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालका अनुसार आगोले उनको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भाग जलेको थियो ।उनको उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम
काठमाडौंः आदिवासी जनजाति आयोगले राष्ट्रिय जनावर गाईको सट्टा गैंडा बनाउने प्रस्ताव गरेको छ । संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले राष्ट्रिय गान र राष्ट्रिय जनावरका सम्बन्धमा सुझाव दिएको छ ।‘प्रदेश अनुसार सरकारी कामकाजको लागि तोकिएको भाषामा राष्ट्रिय गान गाउने व्यवस्था गर्न सकिने’ आयोगको प्रस्ताव छ, ‘राष्ट्रिय जनावर गाईको सट्टा गैँडा हुनेछ ।’ ‘गाई सबै धार्मिक (मुस्लिम) र सांस्कृतिक समुदाय (किरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले’ राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन उपयुक्त हुने आयोगको राय छ ।जेनजी आन्दोलन २०८२ को मर्म र भावनाअनुसार शासनव्यवस्था सञ्चालनको लागि भनेर
इटहरी । स्पेनले २०२६ फिफा विश्वकपको अन्तिम–१६ मा पोर्चुगललाई १–० ले पराजित गर्दै विश्वकप इतिहासमा लगातार सबैभन्दा धेरै खेलमा गोल नखाएको नयाँ कीर्तिमान बनाएको छ ।डलासमा सोमबार भएको खेलमा स्पेनले लगातार छ खेलसम्म विपक्षीलाई गोल गर्न नदिई नयाँ इतिहास रचेको हो ।स्पेनका गोलकिपर उनाइ सिमोनविरुद्ध पछिल्ला ६०९ मिनेटदेखि कुनै पनि खेलाडीले गोल गर्न सकेका छैनन् ।यो कीर्तिमानको सुरुआत सन् २०२२ को विश्वकपबाट भएको थियो । त्यसबेला स्पेनले अन्तिम–१६ मा मोरक्कोसँग निर्धारित समयमा ०–० को बराबरी खेलेको थियो ।पेनाल्टी सुटआउटमा पराजित भए पनि यो खेललाई आधिकारिक रूपमा क्लिन सिटका रूपमा गणना गरिएको थियो ।जारी वि
इटहरीः सञ्चारकर्मी पवन अधिकारी नेपाल घरेलु तथा साना उद्योग महासंघको काठमाडौंमा सम्पन्न २६ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।पत्रकारिता तथा विज्ञापन क्षेत्रमा लामो समयदेखि क्रियाशील अधिकारी विभिन्न सामाजिक तथा व्यावसायिक गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ ।केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै अधिकारीले महासंघमार्फत् घरेलु तथा साना उद्योगको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा निजी क्षेत्रका व्यवसायीहरूको हकहितका पक्षमा सक्रिय रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
इटहरी । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जसको प्रभावले काठमाडौं लगायत विभिन्न भूभागमा बिहानैदेखि पानी परिरहेको छ ।अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ ।आज दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा, मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इतिहासमा पहिलो पटक महिला उपकुलपति नियुक्त हुनुभएको छ । सरकारले हिजो प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्कीलाई नियुक्त गरेको हो ।प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिशका आधारमा विराटनगर माइती र झापा घर भएकी डा. कार्कीलाई उपकुलपति नियुक्त गर्नुभएको हो ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी अध्ययन पूरा गरी सोही संस्थाको प्याथोलोजी विभाग प्रमुख तथा प्राध्यापकका रूपमा लामो समय काम गरेकी कार्कीले प्रतिष्ठानको कार्यकारी समिति सदस्यको जिम्मेवारीसमेत निर्वाह गरेको अनुभव छ
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले कतिपय वन नभएका क्षेत्रलाई समेत वनक्षेत्रका रूपमा परिभाषित गरिँदा जनताले दुःख पाइरहेको उल्लेख गर्दै त्यसमा संशोधनको माग गर्नुभएको छ ।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै फिल्डमा दशकौंदेखि वन नभएका कतिपय भूभागलाई कागजमा वनक्षेत्रका रूपमा परिभाषित गरिएको भन्दै केही क्षेत्रमा यस्तो समस्या रहेको उहाँले बताउनुभयो ।‘मोरङ–३ को कानेपोखरी बजार स्थापना भएको ६० वर्ष पूरा भयो । आजसम्म त्यो बजार कागजी रूपमा वनक्षेत्रमा पर्छ । १९८३ असार १५ गते दही चिउरा खाएर शुरू भएको बयरवन बजार आज ठ्याक्कै १०० वर्ष १० दिनको भयो । त्यहाँ पनि भूमिको समस्या
इटहरी । फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमीफाइनलमा प्रवेश गरेको हो ।अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान भएको पहिलो क्वाटरफाइनलको मध्यान्तरपछिको खेलमा फ्रान्सका दुवै फरवार्डले गोल गरेका थिए ।चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमीफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो । यस पटक ती दुई टोलीको क्वाटरफाइनलमै भेट हुँदा नतिजा दोहोरिएको हो ।यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातारको ३४ खेलको अपराजित
जनकपुरः जनकपुरधामस्थित तिरहुतिया गाछी मैदानबाट आजदेखि मिटरब्याज पीडितहरूले काठमाडौंसम्म पैदल मार्च शुरु गरेका छन् ।देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरूले काठमाडौं लक्षित पैदल यात्रा सुरु गरेका हुन् । पैदल मार्च शुरु गर्नुअघि उनीहरूले फर्जी तमसुक जलाएका थिए ।त्यसपछि मशाल प्रज्वलन गर्दै आन्दोलनको औपचारिक शुभारम्भ गरिएको थियो । मार्च शुरु हुनुअघि आयोजित कार्यक्रममा लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले यसपटकको सङ्घर्ष अन्तिम हुने बताए ।प्रधानमन्त्री बन्नुअघि बालेन्द्र शाहले जनकपुरधामबाटै मिटरब्याज पीडितहरूको समस्या समाधान गर्ने प्रतिबद
इटहरी । सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरेको छ । सिफारिश समितिले गरेको सिफारिशअनुसार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति नियुक्त गर्नुभएको हो ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त हुनुभएको छ ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. विवेक आचार्य नियुक्त हुनुभएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आचार्य न्याम्सको क्यान्सर विभाग प्रमुख हुनुहुन्थ्यो ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान नियुक्त हुनुभएको छ