लेटाङः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लेटाङ नगरपालिकाले बालबालिकाहरूलाई लक्षित गर्दै लोकप्रिय अनलाइन खेलहरू पब्जी र फ्रि फायर प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारेको छ ।नगरपालिकाको १९ औँ नगरसभामा बजेटका नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै नगरप्रमुख भुपेन्द्रकुमार लावतीले सो जानकारी दिनुभएको हो।नगरसभामा नीति प्रस्तुत गर्दै नगरप्रमुख लावतीले बालबालिका तथा युवाहरूको रुचि र प्रविधिको बदलिँदो स्वरूपलाई ध्यानमा राख्दै नगरस्तरीय पब्जी र फ्रि फायर प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।यस्ता कार्यक्रमले नगरभित्र रहेका ई–स्पोट्र्सका प्रतिभाहरूलाई पहिचान गर्न र उनीहरूको क्षमतालाई सकारात्मक दि
विराटचोकः मोरङको सुन्दरहरैंचाको विराटचोकमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयमा राष्ट्रिय धान दिवसको अवसरमा विविध कार्यक्रम भएको छ । सुविजीमुर बाल क्लबले समूहगत सांस्कृतिक नृत्य प्रतियोगिता–२०८३ आयोजना गरेको थियो ।सो प्रतियोगितामा विद्यालयका विभिन्न समूहका विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति, कृषि परम्परा तथा राष्ट्रिय पहिचान झल्कने आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए ।कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्द कार्कीले विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै संस्कार, संस्कृति र व्यावहारिक शिक्षामा जोड दिँदै आएको बताउनुभयो ।उहाँले राष्ट्रिय पर्व तथ
केराबारीः मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ को सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ ।केराबारी–८ स्थित ज्येष्ठ नागरिक हक हित संरक्षण समितिको भवनमा भएको कार्यक्रममा वडावासीले राखेका जिज्ञासाको वडाध्यक्ष कमलकुमार बस्नेत, वडा सचिव राजनकुमार थापा, इलाका प्रहरी कार्यालय केराबारीका प्रमुख भुवन श्रेष्ठलगायतले जवाफ दिनुभएको थियो ।कार्यक्रममा वडा सचिव अम्बिका चौलागाईँले वडाले चालु आर्थिक वर्षमा गरेका कामहरुको बारेमा जानकारी दिनुभएको थियो ।कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, खानेपानी तथा सामुदायिक वनका प्रतिनिधि, विद्यार्थी, शिक्षक तथा वडावासीको उपस्थिति रहे
इटहरी । लगातार ७ दिनको गिरावटपछि शेयरबजार मापक नेप्से परिसूचक बुधबार १.७० प्रतिशत अर्थात् ४४.५९ अंकले बढेर २ हजार ६५२.९३ विन्दुमा अडिएको छ ।बुधबार ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर ५६ हजार ८५० पटक किनबेच हुँदा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँको शेयर कारोबार भएको छ ।कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात् २.६० प्रतिशतले बढेको छ ।बढेको बजारमा लक्ष्मी सनराइज बैंकको सर्वाधिक अर्थात् २८ करोड ८४ लाख २७ हजार १३३ रुपैयाँको १३ लाख ४५ हजार ११२ कित्ता शेयर किनबेच भएको छ ।उच्च कारोबार गर्ने अन्य कम्पनीमा रिलायन्स स्पीनिङ मिल्स, आँखुखोला जलविद
इटहरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । प्राधिकरणका अनुसार हवाई भाडामा जोडिने ‘फ्युल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको हो ।प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सोबारे जानकारी समेत गराएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो ।प्राधिकरणका अनुसार हिजोदेखि नयाँ दर अनुसार हवाई भाडामा फ्युल सरचार्ज अधिकतम २ हजार ३ सय ३५ रुपैयाँसम्म घटेको छ । नेपालगन्ज–भद्रपुर रुटमा यसअघि १५ हजार ७२५ रहेको फ्युल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ ।काठमाडौं–धनगढी रुटमा यसअघि ११
विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा भएको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ज्ञानज्योति इङ्लिस स्कुलका अस्मिन पराजुली पहिलो हुनुभएको छ ।प्रतियोगितामा क्वेष्ट सेकेन्डरी स्कुलकी दिप्सना राउत दोस्रो तथा सुविजीमुर मेमोरियल सेकेण्डरी स्कुलका समीप कटवाल तेस्रो हुनुभएको छ । सिद्धार्थ सेकेन्डरी स्कुलकी आराध्या न्यौपानेले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।नगरभित्रका २० विद्यालयका विद्यार्थी सहभागी रहेको प्रतियोगितामा विद्यार्थीहरूले गोलाप्रथामार्फत् विषय छनोट गरी वक्तृत्व प्रस्तुत गरेका थिए ।प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी त
सलकपुरः मोरङको सुन्दरहरैंचा नगरपालिकाका स्रष्टा राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ माथि सुन्दरहरैंचाको सलकपुरमा विमर्श भएको छ ।रङ्गेली साहित्य कला समाज, मोरङका अध्यक्ष चिरञ्जीवी काफ्लेले लेखकको परिचय प्रस्तुत गरेको उक्त कार्यक्रममा साहित्यकार छवि वैरागी घिमिरेले कृतिमाथि गहिरो विमर्श प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले यात्रीका गजल समसामयिक रहेको बताउनुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका पोखरेलले गजलका विषयमा भइरहेका विवादको कुनै अर्थ नरहेको बताउँदै बहर मिलाएर मात्र गजल नहुने त्यसमा भाव वा शिल्प पक्
केराबारीः केही समयअघिसम्म फोहोर फाल्ने स्थानका रूपमा रहेको मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ को रोटेपिङ क्षेत्रमा अहिले आकर्षक चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।फोहोरको थुप्रोका कारण नाक थुन्दै हिँड्नुपर्ने सो क्षेत्रमा अहिले साँझ र बिहानको हावा लिन तथा दिउँसो पीपलको छहारीमा शीतलमा रमाउन स्थानीय पुग्ने गर्दछन् ।दक्षिणतर्फबाट केराबारी बजार प्रवेशद्वारमा सडक छेउमै रहेको चौतारी परिसरमा पेबल्स बिछ्याएर आकर्षक बनाइनुका साथै चिल्ड्रेन पार्क निर्माण गरिएको छ । पार्कमा चाकाचुली, पिङलगायतका खेलसामग्रीको व्यवस्था गरिएको छ । जसले गर्दा पार्कको शोभा बढेको छ र आगन्तुकलाई तान्ने गरेको छ ।
इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुन भित्रिएको १२ दिनपछि देशभरि फैलिएको मौसम विज्ञान विभागले जनाएको छ ।जसको प्रभावले बुधबार बिहान काठमाडौंलगायत बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा धादिङको गजुरीमा सबैभन्दा धेरै ४१.६ मिलिमिटर वर्षा भएको छ । गत २४ घण्टामा भने बाँकेको मानपुरमा १३६.६ मिलिमिटर र बर्दियाको तारातालमा १२६.६ मिलिमिटर वर्षा भएको छ ।गत चौबीस घन्टामा कोशीदेखि सुदूरपश्चिमसम्म हल्कादेखि मध्यम र भारी वर्षा भएको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ ।
गोठगाउँः सुन्दरहरैंचामा क्रियाशील सामाजिक मिलन केन्द्र प्रतिष्ठानमा राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने पर्व मनाइएको छ ।पर्वको अवसर पारेर मोरङको सुन्दरहरैँचा–७, गोठगाउँमा रहेको सामाजिक मिलन केन्द्र प्रतिष्ठानमा ज्येष्ठ नागरिकलाई दही–चिउरा खुवाउँदै सम्मान गरिएको हो ।असार १५ गते जन्मदिन परेका प्रतिष्ठानका आजीवन सदस्यहरूको आरोग्यताको कामना गर्दै विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो । असार १५ गते जन्मदिन परेका प्रतिष्ठानका आजीवन सदस्यहरु पूर्व सांसद लोकप्रसाद संग्रौलाका साथै सरस्वती कोइराला, हरि मानन्धर, रामबहादुर खुलाल कार्की, भीमप्रसाद खतिवडा, मनमाया कार्की, सनमान विक लगायतका सदस्यहरूलाई ज्ये