इटहरी । फिफा विश्वकपअन्तर्गत इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलले पराजित गरेको छ । मध्यान्तरअघिको खेल २–२ गोलको बराबरीमा सकिएकोमा मध्यान्तरपछि इंग्ल्याण्डले थप २ गोल गरेपछि उसले ४–२ को नतिजा निकाल्दै ३ अंक जोडेको हो ।इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले दुई गोल अनि जुड बलिङहम र मार्कुस रासफोर्डको एक–एक गोल गरेका थिए ।डालास स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले १२ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपछि पुनः पेनाल्टी प
केराबारीः ऊर्जा सामुदायिक विकासको आयोजनामा तथा केराबारी गाउँपालिकाको आर्थिक सहयोगमा मोरङको केराबारी गाउँपालिकाभित्र रहेका चार वटा सामुदायिक विद्यालयका छात्राहरूलाई लक्षित गरी आत्मरक्षा तालिम सम्पन्न भएको छ ।केराबारीस्थित सार्वजनिक माध्यमिक विद्यालय, सावित्री माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय र बुद्ध माध्यमिक विद्यालयमा सञ्चालन गरिएको तालिममा छात्राहरूलाई आत्मविश्वास अभिवृद्धिसँगै सम्भावित हिंसा तथा जोखिमपूर्ण परिस्थितिबाट आफूलाई सुरक्षित राख्ने विभिन्न व्यावहारिक सीप प्रदान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि तथा केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले किशोरी सशक्तीकरणका लागि य
इटहरी । आज नेप्से परिसूचक स्थिर रहेको छ । ०.०८ अर्थात् ०.०० प्रतिशतले बढेर २७०५.५३ विन्दुमा अडिएको शेयर बजारमा आज ३५२ कम्पनीको शेयर बिक्री भएको छ ।८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ४४ हजार ५४२ पटक किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँको शेयर किनबेच भएको छ ।आज विकास बैंक, वित्त, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन समूहका परिसूचक बढेका छन् । वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचकमा भने गिरावट आएको छ ।बढेको बजारमा सोपान फर्मास्युटिकल्स् र एपोलो हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढेको छ । डिब
इटहरी । अमेरिकाको क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा आज भएको खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ ।फिफा विश्वकप–२०२६ को समूह चरणको पहिलो खेलमा अष्ट्रियाको जीतमा रोमानो स्चमिड र मार्काे अर्नाटोभिकले एकएक गोल गरेका थिए भने एक गोल आत्मघाती गोल भएको थियो ।योसँगै जारी विश्कपमा ३ वटा गोल आत्मघाती भइसकेका छन् । खेलको २० औं मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५० औं मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काएका थिए । खेलको ७६ औं मिनेटमा जोर्डनका याजान अलारबले आत्मघाती गोल गरेका थिए भने मध्यान्तरपछिको इन्जुरी समयमा डिबक्स
इटहरी । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिनुभएको छ । योसँगै डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ ।यसअघिका अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई ल्याइएको हो । लम्साल हाल अर्थ मन्त्रालयको महाशाखा प्रमुखका साथै नेपाल रिइन्स्योरेन्स र नेपाल बैंकमा समेत महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ ।
सुर्खेतः राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का २८८ मत ल्याएर विजयी हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत ल्याउनुभएको थियो । खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा हुनुहुन्थ्यो ।अधिवेशनमा ५३० जना प्रतिनिधि सहभागी भए पनि निर्वाचनमा सबै सहभागी भएका थिएनन् ।
इटहरी । आज बिहान अमेरिकाको कान्सास सिटी रंगशालामा भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले ३ अङ्क हात पारेको छ ।अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक बिजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ मा शानदार प्रदर्शन गरेको हो ।छैटौं पटक विश्वकप खेलिरहेका मेस्सीले आफ्नो विश्कपको इतिहासमा पहिलो पटक ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गरेका थिए ।ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।सन्
इटहरी । आजदेखि नेपाल राष्ट्र बैंकले नयाँ सिरिजका ५०० रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै नयाँ नोट असार ३ गतेदेखि प्रचलनमा आएको जनाएको हो ।राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ हाल प्रचलनमा रहेका ५०० रुपैयाँका नोटसरह नै रहनेछ । नोटमा विभिन्न सुरक्षा विशेषतासहित नयाँ डिजाइन समावेश गरिएको छ ।नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुराँसको वाटरमार्क तथा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोटको दर पहिचान गर्न सक्ने विशेष चिह्न राखिएको छ । नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ ।नोटको पछाडिको भागमा पाटेबाघको चित्र उल्लेख गरिएको छ ।
इटहरी । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ ।सो कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख ७२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ ।त्यस्तै, कम्पनीले ३४ हजार ४०० कित्ता शेयर कर्मचारीका लागि र ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ ।बाँकी रहेको १४ क
इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ ।जसका कारण आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको