All Posts By खेमचन्द्र अधिकारी

    Showing ७६१-७७० of १,३५४ items.
  • मिलिजुली समूहका लागि ऋण, बचत व्यवस्थापन तथा नेतृत्व विकास तालिम शुरु

    केराबारीः मोरङको केराबारी गाउँपालिकामा रहेको मिलिजुली समूहका सदस्यका लागि ऋण र बचत व्यवस्थापन तथा नेतृत्व विकाससम्बन्धी दुई दिने तालिम शुरु भएको छ ।हिजो केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको अध्यक्षतामा तालिम शुरु भएको हो ।मिलिजुली समूह अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरु मिलेर बनेको समूह हो ।

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १३८ पटक पढिएको
  • लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतना, श्रुतिलेखन प्रतियोगिता र शैक्षिक सामग्री वितरण

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बाल सञ्जालको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा लागूऔषध दुव्र्यसनी सचेतना कार्यक्रम, श्रुतिलेखन प्रतियोगिता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम वडा बाल सञ्जालका अध्यक्ष अर्जुन दाहालको अध्यक्षता तथा वडा नं. १० का अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा भएको थियो ।कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरीले लागूऔषध दुव्र्यसनसम्बन्धी सचेतनामूलक प्रशिक

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १९२ पटक पढिएको
  • सवा २२ अंक बढेको बजारमा सवा ५ अर्बको शेयर किनबेच

    इटहरी ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.८० प्रतिशत अर्थात २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४६ वटा कम्पनीको १ करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ६१ हजार ५२७ पटक किनबेच हुँदा ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँको शेयर कारोबार भएको छ ।आज उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशतले घट्नुबाहेक बाँकी सबै समूहका सूचक उकालो लागे । वित्त समूह सार्वधिक ६.०३ प्रतिशतले बढेको छ ।आज पनि आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ४६ करोड ७६ लाख ५८ हजार ७९८ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनी, रिडी पावर, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • १८२ पटक पढिएको
  • केराबारीमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्राथमिकतामाथि छलफल

    केराबारीः हिजो जेठ १८ गते केराबारी गाउँपालिकाका प्रवक्ता नारायणप्रसाद भुजेलज्यूको अध्यक्षतामा पालिकाको चालु आर्थिक वर्षको कार्यप्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रमको प्रथमिकता बारे छलफल भएको छ ।कार्यक्रममा केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर, निवर्तमान उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेल, मस्यौदा समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, राजनीतिक दलका पालिका प्रमुख तथा प्रतिनिधिहरु, विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।२ चरणमा सञ्चालन भएको कार्यक्रमको पहिलो चरणमा विषयगत शाखा प्रमुखहरु तथा दोस्रो चरणमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उ

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ११६ पटक पढिएको
  • मलमास (अधिकमास)मा भगवानलाई चढाउने पक्वान्न मालपुवा

    इटहरी ।  यस वर्ष जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमासलाई पुरुषोत्तम मास पनि भनिन्छ ।अधिकमासको कथामा वर्णन गरेअनुसार मलमासमा मालपुवा चढाउने र दान गर्ने चलन छ । मलमासमा ३३ देवताहरूलाई सम्झी अपूपदान अर्थात् मालपुवा दान गरिन्छ ।मलमासमा रसवरी, जिलेबी, लड्डु, लालमोहन, पेडा आदि अरू कुनै खानेकुरा वा पक्वान्नहरू नभई मालपुवा नै हुनुपर्ने विशेष प्रावधान छ । पुरुषोत्तम महिनामा मालपुवा नै किन चाहिन्छ भन्ने हुन सक्छ । मालपुवालाई श्रीकृष्ण भगवानको प्रिय पक्वान्नको रूपमा लिइएको छ ।त्यस्तै मालपुवामा देखिने थुप्रै प्वालहरूले गर्दा हामी र हाम्रा पूर्वजहरूले नर्कमा जानुपर्दैन, स्वर्ग प्रा

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • १४३ पटक पढिएको
  • आज दरबार हत्याकाण्डको २५ औँ स्मृति दिवस मनाइँदै

    इटहरी ।  तत्कालीन राजा वीरेन्द्र शाहलगायत राजपरिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २५ वर्ष पूरा भएको छ । सो हत्याकाण्डको सम्झनामा आज २५ औँ स्मृति दिवस मनाइँदै छ ।वि.सं. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम चलिरहेको समयमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको निधन भएको थियो ।अचेत अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । अचेत अवस्थामा रहेका दीपेन्द्र

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • १४३ पटक पढिएको
  • सुन्दरहरैंचामा मनाइयो बौद्धिक अपाङ्गता दिवस

    दुलारीः बौद्धिक अपाङ्गता अभिभावक संघ मोरङको आयोजना तथा बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको सहकार्यमा सुन्दरहरैंचा नगरपालिकामा पहिलो पटक “हाम्रोबारे निर्णय हामीसँगै, हामीलाई बुझेर” भन्ने नारासहित बौद्धिक अपाङ्गता दिवस मनाइएको छ ।कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा फिल्ड अफिसर उर्मिला सुवेदीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको जिम्मेवारी राज्यले पनि लिनुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारीमा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यपालिका सदस्य रुकमणि घिमिरे, सुन्दरहरैंचा नगरपालि

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ११९ पटक पढिएको
  • केराबारी सेमीफाइनलमा पुग्यो चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको प्रतिष्पर्धामा

    विराटचोकः सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैंचा मेयर गोल्डकपअन्तर्गत हिजो भएको प्रतियोगितामा केराबारी गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलअन्तर्गत भएको प्रतिष्पर्धामा झापाको शिवसताक्षी नगरपालिकालाई १ का विरुद्ध २ गोलले हराउँदै केराबारी सेमीफाइनलमा पुगेको हो ।प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल आज सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताका तीन क्वाटरफाइनल खेलबाट मोरङको बेलबारी नगरपालिका, उदयपुरको बेलका नगरपालिक

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • १४३ पटक पढिएको
  • नेविसंघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल नियुक्त, संघको इतिहासमा पहिलो महिला अध्यक्ष

    धनकुटाः नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल नियुक्त भएकी छिन् ।गत बैशाख २१ गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गर्नुभएको हो ।कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • १७१ पटक पढिएको
  • अत्यधिक कृत्रिम बुद्धिमता निर्भरताः के मानव बुद्धिमत्ता कमजोर हुँदैछ ?

    प्रतीक कट्टेलकृत्रिम बुद्धिमत्ता (एआई) आजको युगको सबैभन्दा प्रभावशाली र तीव्र रूपमा विकास भइरहेको प्रविधिमध्ये एक हो । यसले जानकारी खोज्न, लेख लेख्न, जटिल समस्या समाधान गर्न तथा विभिन्न कार्यहरू छिटो, सहज र प्रभावकारी रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको छ । एआई कम्प्युटर विज्ञानको एउटा यस्तो शाखा हो जसले मेसिनलाई मानिसको बुद्धिजस्तै सोच्ने, सिक्ने र निर्णय गर्ने क्षमता प्रदान गर्ने प्रयास गर्छ ।एआईलाई सुरुमा ठूलो मात्रामा डेटा प्रदान गरिन्छ । त्यसपछि यसभित्र रहेका विशेष एल्गोरिदम र प्रोग्रामहरूले ती डेटाको विश्लेषण गरी त्यसमा रहेका ढाँचा (प्याटर्नस्) र सम्बन्धहरू पहिचान गर्छन् । यही सि

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ६१६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल