All Posts By खेमचन्द्र अधिकारी

    Showing ७८१-७९० of १,३५४ items.
  • सुकुना बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डाइलग’ शुरु

    विराटचोकः सुकुना बहुमुखी क्याम्पसमा आइतबारदेखि ‘एकेडेमिया–इन्डस्ट्री डाइलग’ कार्यक्रम शुरु भएको छ । कार्यक्रममा विश्वविद्यालय, उद्योग, बैंकिङ, उद्यमशीलता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।सो कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्यले दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजित तथा विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोगमा सञ्चालन भएको कार्यक्रममा उच्च शिक्षालय र उद्योग क्षेत्रबीच

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • १८० पटक पढिएको
  • प्याब्सन लेटाङको आयोजनामा भएको हस्तलेखन प्रतियोगिता सम्पन्न

    लेटाङः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लेटाङको आयोजनामा लेटाङ–३ स्थित युनाइटेड मिनर्वा एण्ड ग्यालेक्सी एकेडेमीमा भएको हस्तलेखन प्रतियोगितामा प्याब्सन लेटाङमा आबद्ध १४ वटा विद्यालयका ५६ जना विद्यार्थीले सहभागिता जनाएका छन् ।नेपाली र अंग्रेजी भाषामा भएको हस्तलेखन प्रयितोगितामा सिनियर र जुनियरतर्फ प्रतिष्पर्धा गरी हस्तलेखन सीपको परीक्षण गरिएको थियो ।सो प्रतियोगितामा नेपाली भाषाको हस्तलेखनमा सिनियरतर्फ युनाइडेट मिनरुवा एण्ड ग्यालेक्सी एकेडेमीकी कृषा राई पहिलो, नोबेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनकी कञ्चन तामाङ दोस्रो र लिटिल फ्लावर्स बोर्डिङ स्कुलकी प्रकृति खड्का तेस्रो हु

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • १८८ पटक पढिएको
  • चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उद्घाटन खेलबाट सेमीफाइनलमा पुग्यो बेलबारी नगरपालिका

    विराटचोकः हिजोदेखि शुरु भएको चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उद्घाटन खेलमा बेलबारी नगरपालिका विजयी हुँदै सेमीफाइनलमा पुगेको छ ।खेलमा बेलबारीले पथरीशनिश्चरे नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको मध्यान्तरअघि बेलबारीका लागि विल्सन गिरी र अश्विन गौतमले एक–एक गोल गरे भने पथरी शनिश्चरेका सउरे राउतले एक गोल फर्काएका थिए ।मध्यान्तरपछि भने कुनै पनि टिमले गोल गर्न सकेनन् । खेलको म्यान अफ द म्याच बेलबारी नगरपालिकाका खेलाडी घोषित हुँदै नगद ४ हजार रुपैयाँ प्राप्त गरे ।कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रमुख अतिथिको आसनबाट प्रतियोगिताको उद्घाटन गर्दै ग्रासरुट फुटबल

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • १८० पटक पढिएको
  • आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

    इटहरी ।  आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवस मनाइन्छ ।नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेर सदस्य देश बनिसकेको छ ।पछिल्लो समय सार्वजनिक ठाउँमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान भए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन भने हुन सकेको छैन ।

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • १६२ पटक पढिएको
  • आजदेखि सुकुना बहुमुखी क्याम्पसमा दुई विधामा कार्यक्रम हुँदै

    विराटचोकः देशकै अब्बल शैक्षिक सस्थाको रुपमा रहेको मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले उच्च शिक्षा, प्रशासनिक क्षमता विकास तथा शैक्षिक–औद्योगिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ ।क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार आज र भोलि “एकेडेमिया–इन्डस्ट्री डाइलग Developing a Resilient WorkforceÆ कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा विश्वविद्यालय, उद्योग, बैंकिङ, उद्यमशीलता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहने जनाइएको छ ।सो कार्यक्रममार्फत् उच्च शिक्षालय र उद्योग क्षेत्रबीच सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमश

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • २९७ पटक पढिएको
  • मलमासमा गर्नै पर्ने र गर्नै नहुने कार्यहरू

    विराटचोकः यस वर्ष जेठ महिनामा मलमास परेको छ । अधिकमास तथा पुरुषोत्तम मास पनि भनिने यस महिनामा कुनै कार्य गर्नै पर्ने र कुनै कार्य गर्नै नहुने भनी पुराणहरुमा वर्णन गरिएको छ ।यस्ता छन् अधिकमासमा गर्नै पर्ने कार्यहरुः–वार्षिकी कार्य,–दैनिक नित्य कर्म सधैँ गरेर ल्याइएका कर्महरू, जस्तोः हरेक दिन बिहान बेलुका पूजा,–पुरुषोत्तम पूजा कथा श्रवण,–भगवान् विष्णुको स्तुति र कीर्तन–न्वारन, पास्नी–दैनिक उपभोग्य सामग्री खरिद ।मलमासमा गर्नै नहुने कर्म–श्राद्ध तथा पितृकर्म–विवाह व्रतबन्ध, चूडाकर्म–सप्ताह, नवाह, महारुद्री, शतचण्डी–शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुँदैन, जस्तोः गृह प्रवेश, नयाँ कार्यको थालनी, या

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • २०६ पटक पढिएको
  • घडी र चक्रव्यूह

    प्रताप चौलागाईँभित्तामा झुन्डिएको एउटा अन्धो घडीबाटनिरन्तर शुरु भइरहन्छएउटा मान्छेको रोजाइविहीन चक्रव्यूहघडीसँगैअँध्यारो चिर्दै बास्छ भालेनिद्रा चिर्दै बिउँझन्छ एउटा लाससमय चिर्दै खुल्छन् सारा झ्यालढोकाआयु र स्मृति चिर्दै उठ्छ कालयही घडीले सिकाएको छआफ्नै छातीभित्रको ढुकढुकीलाईबाहिरको सुईसँग मिलाएर हिँड्नर त्यो मिलन नभएको दिनआफूलाई नै बिग्रेको ठान्नयही घडीलेमान्छेलाई झुण्ड्याएको छआफ्नो चक्रव्यूहमा युगयुगदेखिकहिले राजाको सुईमाकहिले सामन्तको घण्टामाकहिले बजारको मिनेटमाकहिले एल्गोरिदमको सेकेन्डमायही घडीलेआफ्नो साँघुरो डायलभित्र थुनेको छ बीपीको विद्रोहआफ्नै दाँतीले किचेको छ मदनका सपनायसैको सुईले को

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ३३४ पटक पढिएको
  • संघीय सरकारको बजेटमा यसरी समेटियो कोशी प्रदेश

    इटहरी ।  सरकारले हिजो प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३\८४ को बजेटमा कोशी प्रदेशमा भौतिक पूर्वाधार, ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ ।सवा २१ खर्बको बजेट प्रस्तुत हुँदा कोशी प्रदेशमा पर्ने पूर्वपश्चिम राजमार्ग, कोशी राजमार्ग, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गका लागि बजेट विनियोजन भएको छ ।कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य बजेटमा छ । तमोर सडक विस्तार पनि सरकारको प्राथमिकतामा छ । संखुवासभामा निर्माणाधीन र प्रस्तावित जलविद्युत आयोजनाहरूलाई प्राथमिकतामा राखिएको छ ।१ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • ५२६ पटक पढिएको
  • सडक सुरक्षा कार्ययोजना निर्माणका लागि छलफल सम्पन्न

    इटहरी ।  कोशी प्रदेशस्तरीय सडक व्यवस्थापन कार्यशाला गोष्ठी–२०८३ मा हस्ताक्षरित प्रतिबद्धता पत्र कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा अन्य मन्त्रीहरू तथा कोशी प्रदेशका प्रमुख सचिवसँग शिष्टाचार भेट गर्नुभएको हो ।भेटका क्रममा २०८३ जेठ १३ गते सम्पन्न कोशी प्रदेश स्तरीय सडक व्यवस्थापन कार्यशाला गोष्ठीमा भएका प्रतिबद्धताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायहरूको स

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • १२७ पटक पढिएको
  • सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा संयुक्त रुपमा बजेट श्रवण

    विराटचोकः विगतका वर्षमा झैँ यस पटक पनि सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा संयुक्त रुपमा बजेट श्रवण गरिएको छ । संघले लगातार तेस्रो पटक यस्तो नौलो अभ्यास गरेको हो ।विराटचोकमा रहेको प्लानेट लाउञ्जमा बसेर सुन्दरहरैंचाका व्यवसायी, शिक्षाविद्, राजनीतिज्ञ, सञ्चारकर्मी, समाजसेवी तथा स्थानीयवासीले संयुक्त रुपमा बजेट श्रवण गरी अन्तरक्रिया गरेका हुन् ।बजेट श्रवणमा सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, सहायक क्याम्पस प्रमुख बलराम पोखरेल, संघका पूर्व अध्यक्ष गोपालबहादुर थापा, नेपाली कांग्रेस मोरङका सचिव ललितबहादुर श्रेष्ठ तथा आयोजक संस्था

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • १८६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल