All Posts By खेमचन्द्र अधिकारी

    Showing ७९१-८०० of १,३५४ items.
  • ‘नेपालदर्पण’ महाकाव्य लोकार्पित

    धरानः साहित्यकार केशवप्रसाद दाहालद्वारा रचित ‘नेपालदर्पण’ शीर्षकको महाकाव्य लोकार्पण गरिएको छ ।नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा. डा. भीम खतिवडा, साहित्यकार मेदिनीप्रसाद बराल, अमृतप्रसाद आचार्य, प्रेमप्रसाद भट्टराई, वासुदेव भण्डारी, लक्ष्मी खरेल तथा लोकगायकत अम्बिका दबाडीको विशिष्ट आतिथ्यता रहेको थियो ।प्रमुख अतिथि भट्टराईले २२ सर्ग, ५३७९ श्लोक र ८८६ पृष्ठमा विस्तारित महाकाव्यको लोकार्पण गर्नुभएको थियो । महाकाव्यबारे उपप्राध्यापक डा. दीपकप्रसाद न्यौपाने तथा उ

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • १२९ पटक पढिएको
  • सरकारले ल्यायो सवा २१ खर्बको बजेट, साढे ६ खर्ब घाटा बजेट

    इटहरी । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको महत्वाकांक्षी बजेट सार्वजनिक गर्नुभएको छ । जसमा ६ खर्ब ५७ अर्ब घाटा बजेट रहेको छ ।अर्थमन्त्रीका अनुसार सरकारले आगामी वर्ष १४ खर्ब ५ अर्ब ८१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अपेक्षा गरिएको जनाइएको छ । करीब ६ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको स्रोत अभाव हुने भएकाले वैदेशिक र आन्तरिक ऋणको सहारा लिनुपर्ने भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १९० पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    इटहरी । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक सफल आरोहण भएको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाइन्छ ।नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी पहिलो पटक सगरमाथाको शिखरमा पुग्नुभएको थियो । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा र नोर्गेको सन् १९८६ मे ९ मा निधन भयो । हिलारीको निधनपछि नेपालमा सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेको खबर नेपालीले पाँच दिनपछि मात्रै पाएका थिए । सन् १९५३ जुन २ मा बेलायती महा

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • २०३ पटक पढिएको
  • आज गणतन्त्र दिवस मनाइँदै

    इटहरी ।  एकात्मक राजतन्त्रको अन्त्य गरी देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन भएको हुनाले आजको दिनलाई नेपालमा गणतन्त्र दिवसको रुपमा मनाइन्छ ।पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो ।संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको अन्त्य गरी गणतन्त्रात्मक व्यवस्था लागू भएको घोषणा गरेको थियो ।लोकतन्त्र स्थापना भएपछि २०६३ जेठ ४ गतेको प्रतिनिधिसभाक

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १६८ पटक पढिएको
  • नवदम्पत्तिले के गर्नु हुँदैन मलमासमा ?

    इटहरी ।  जेठ महिनाभर मलमास अर्थात् अधिकमास रहेको छ । अधिकमासमा दम्पत्तिलाई यौन कार्य वर्जित गरिएको छ । जसमा नवदम्पत्तिलाई विशेष वर्जित गरिएको छ ।यस्ता छन् नवदम्पत्तिले मलमासमा गर्न नहुने कार्यः–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दम्पत्तिलाई चाहिँ छुट छ भनिएको होइन ।–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ ।–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १६३ पटक पढिएको
  • सुकुना बहुमुखी क्याम्पसद्वारा २३० खेलाडी विद्यार्थीलाई १ लाख रुपैयाँभन्दा बढी रकम पुरस्कार वितरण

    विराटचोकः मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसले वार्षिक खेलकुद प्रतियोगितामा विजयी हुने २३० जना विद्यार्थीलाई हिजो एक कार्यक्रमका बीच पुरस्कार वितरण गरेको छ ।अतिरिक्त क्रियाकलाप उपसमिति सुकुना बहुमुखी क्याम्पसको आयोजनामा भएको कार्यक्रममा दिइएको पुरस्कारका खेल प्रतियोगिता भने गत माघमा भएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।फुटबल, क्रिकेट, बास्केटबल, फुटसल, सटपुट तथा छात्र–छात्रा भलिबल, दौड लगायतका खेलमा विजयी हुने टिम तथा खेलाडीलाई नगद, प्रमाणपत्र र पदक प्रदान गरिएको हो ।पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाले

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • २०५ पटक पढिएको
  • बजेटको पूर्वसन्ध्यामा ५ अंकले नेप्से बढ्दा कारोबार रकम ६ अर्ब

    इटहरी ।  बजेटको पूर्वसन्ध्यामा हिजो शेयरबजार परिसूचक नेप्से ५ अंकले बढेर २७८२.१० बिन्दुमा अडिएको छ ।सो दिन ३५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर ६० हजार ५६२ पटक कारोबार हुँदा ६ अर्ब ३ करोड ६४ हजार ८४० रुपैयाँको शेयर किनबेच भएको छ ।वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहको परिसूचक बढे पनि वित्त, होटल तथा पर्यटन, उत्पादनशील तथा प्रशोधन र अन्य समूहको परिसूचक घटेका थिए ।बढेको बजारमा कालिञ्चोक हाइड्रोपावर, बुङ्गल हाइड्रो तथा क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १८२ पटक पढिएको
  • श्रम संस्कृति पार्टीले घोषणा गर्याे धरानमा मेयर पदका उम्मेद्वार, कोशीको मुख्यमन्त्रीमा सुदन किराती

    धरानः पूर्व वडाध्यक्ष धनबहादुर राईलाई श्रम संस्कृति पार्टीले आगामी स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेद्वार बनाउने घोषणा गरेको छ । सो पार्टीले हालै पार्टी प्रवेश गरेका सुदन किरातीलाई प्रदेशको मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।आज श्रम संस्कृतिले राईलाई मेयरमा अघि सार्ने घोषणा गरेको हो । राई धरान उपमहानरपालिका–४ का पूर्ववडाध्यक्ष हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित भए पनि स्वतन्त्र उम्मेद्वारी दिएर मेयर पदमा जितेका हर्क साम्पाङलाई राईले सघाउँदै आएका थिए ।धरानमा साम्पाङलाई साथ दिने उनै एक्ला वडाध्यक

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १७२ पटक पढिएको
  • कोशी प्रदेशस्तरीय महिला भलिबलको उपाधि जितेको टोलीलाई लेटाङ नगरपालिकाद्वारा सम्मान

    लेटाङः कोशी प्रदेशस्तरीय “छौखा साकेन्वा रनिङ शिल्ड महिला तथा पुरुष पालिका भलिबल प्रतियोगिता” मा ऐतिहासिक सफलता हासिल गर्दै महिलातर्फको उपाधि जित्न सफल लेटाङको महिला भलिबल टिमलाई लेटाङ नगरपालिकाले सम्मान गरेको छ ।प्रतियोगिताको फाइनलमा आयोजक आमचोकलाई पराजित गर्दै लेटाङले नगद २ लाख रुपैयाँ पुरस्कार जितेको हो ।विजेता टोलीलाई सोमबार आयोजित सम्मान कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख तथा खेलकुद विकास समिति संयोजक कृष्णकुमारी निरौलाले सम्मान गर्दै महिला खेलाडीहरूको उपलब्धि प्रशंसा गर्नुभयो । प्रतियोगिताको फाइनलमा व्यक्तिगत स्तरमा लीला लिम्बू उत्कृष्ट खेलाडी घोषित भइन् भने स्मृति राई उत्कृष्ट डिफेन्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १७१ पटक पढिएको
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर एक सय ७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय पाँच रुपैयाँ ३२ पैसा र बिक्रीदर दुई सय छ रुपैयाँ १२ पैसा तथा स्वीस फ्रांक एकको खरिददर एक सय ९४ रुपैयाँ ३२ र बिक्रीदर एक सय ९५ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ४० पैसा, क

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १९८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल