इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
काठमाडौंः संघर्षपूर्ण जीतसहित साफ महिला च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ ।हिजो जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा भुटानलाई १–० ले हराएसँगै समूह ‘ए’मा रहेको नेपालले ३ अंक जोड्दै सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।अब नेपालले समूह चरणको अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्नेछ ।
इटहरी । आज गंगा दशहरा पर्व मनाइँदैछ । ज्येष्ठ शुक्ल दशमीको दिन मनाइने यो पर्वको ठूलो धार्मिक महत्व छ । पवित्र नदी गंगाको उत्पत्तिसँग जोडिएको गंगा दशहराको पौराणिक कथा यस्तो रहेको छ ।एक समयको कुरा हो । सूर्यवंशी महाराज सगरले ९९ अश्वमेध यज्ञ विधिपूर्वक पूरा गरिसकेपछि सयौं यज्ञका लागि आफ्ना ६० हजार पुत्रहरूको रक्षामा घोडालाई यज्ञको लागि छाडे । सयौं अश्वमेध यज्ञ पूरा भएमा सगर पनि इन्द्र हुने भएकाले त्यसो हुन नदिन इन्द्रले उक्त घोडा चोरेर महर्षि कपिलको आश्रममा लगेर बाँधिदिए । सगर पुत्रहरूले घोडा नदेखेपछि चारैतिर खोजी गरे ।सारा संसार खोजी गर्दा पनि घोडा नभेटेपछि बलवान् सगर पुत्रहरूले पृथ्वी खन्न
मधुमल्लाः मोरङको मिक्लाजुङ गाउँपालिकाले किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित विभिन्न कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । परम्परागत खेती प्रणालीलाई क्रमशः यान्त्रिकीकरण गर्दै खेतीपातीको लागत घटाउने, उत्पादन वृद्धि गर्ने तथा किसानको आम्दानी बढाउने लक्ष्यसहित गाउँपालिकाले वार्षिक रूपमा किसान केन्द्रित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बबिकुमार राईले जानकारी दिनुभएको छ ।गाउँपालिकाले यस आर्थिक वर्षमा मात्रै २७ वटा सिँचाइ बोरिङ, ६५ थान चापाकटर, ६७ थान मकै छोडाउने मेसिन, १ सय ६ थान मकै रोप्ने मेसिन तथा १ सय ५ थान बाली गोड्ने फलामे हलो गरी कुल
इटहरी । हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १ प्रतिशत अर्थात २७.८५ अंकले बढेर २७८६.३५ बिन्दुमा अडिएको छ । शुक्रबार नेप्से परिसूचक १६ अंकले बढेको थियो ।नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर ७५ हजार ८५६ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको शेयर कारोबार भएको छ ।सामुहिक लगानी कोष समूह ०.२० प्रतिशतले घटेबाहेक बाँकी सबै समूहको सूचक बढ्दा जलविद्यतु समूह सर्वाधिक अर्थात् १.५० प्रतिशतले बढेको छ ।सूचक बढेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ६० करोड २० लाख १४ हजार ४०४ रुपैयाँको कारोबार भएको छ । आँखु खोलाको १४ लाख ५
इटहरी । आज गंगा दशहरा पर्वको दिन हो । जेठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्व छ । दस प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुने विश्वास गरिन्छ ।यस वर्ष जेठ महिनामा
काठमाडौंः हिजो भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमीफाइनलमा प्रवेश गरेको छ ।समूह ए को पहिलो खेलमा भारतसँग पाँच सेटमा पुगेर पारजित भए पनि त्यसपछि लगातार कीर्गिस्तान र माल्दिभ्सलाई पराजित गरेपछि समूह ‘ए’बाट सेमीफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको हो ।नेपालले शनिबार कीर्गिस्तानलाई ३–० को सेटमा हराएको थियो । माल्दिभ्सलाई पनि ३–० कै सोझो सेटमा पराजित गरेसँगै नेपाल ७ अंकसहित सेमीफाइनलमा पुगेको हो ।दशरथ रंगशाला कभर्डहलमा भएको समूह ए को आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २५–१२, २५–९, २५–२० ले पराजित गरेको हो ।खेलमा नेपालकी कप्तान निरुता ठगुन्न
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १ सय ४० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
इटहरी । आज बजार खुलेदेखि नै निरन्तर सूचक उकालो लागेको छ । बजार खुलेको दुई घण्टामा १.०२ प्रतिशत अर्थात् २८.३७ अंक बढेर नेप्से सूचकले २७८७ बिन्दु छुने प्रयास गरेको छ ।बढेको बजारमा झण्डै ३ अर्ब रुपैयाँ अर्थात् २ अर्ब ९५ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक ३६ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।सुपर खुदी हाइड्रोपावरको सर्वाधिक ७ प्रतिशत शेयरमूल्य बढेको छ । बुङ्गल हाइड्रोपावरको सर्वाधिक अर्थात् साढे ६ प्रतिशतभन्दा बढी मूल्य घटेको छ ।
इटहरी । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।सो प्रभावका कारण कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशा