विराटचोकः यही जेठ १६ गतेदेखि चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२ हुने भएको छ ।सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेल मैदानमा आयोजना हुने भएको छ । प्रतियोगितामा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बेलका नगरपालिका, लेटाङ नगरपालिका, केराबारी गाउँपालिका, शिवसताक्षी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका तथा आयोजक सुन्दरहरैंचा नगरपालिका सहभागी हुने भएका छन् ।प्रतियोगिताको उद्घाटन खेल जेठ १६ गते दिउँसो ३ बजे धरान उपमहानगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच हुने भएको छ ।आयोजक सुन्दरहरैंचा नगरपालिका र बेलका नगरपालिकाबीच जेठ १७ गते प
काठमाडौंः राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार र सल्लाहकार राजु सिंहले एभीएम टिम टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको छ ।एभीएम टेबलटेनिस क्लबको आयोजनामा भएको प्रतियोगितामा आयोजक क्लबका सदस्यबीच प्रतिस्पर्धा भएको थियो ।सोही अवसरमा अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा यही जेठ १४ गतेदेखि शुरु हुने ४२ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने एभीएम क्लबका खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ पनि गरिएको थियो ।
इटहरी । मारवाडी समुदायबाट नेपालकी प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्दै नयाँ इतिहास बनाउनुभएको छ ।सन् २०२६ मे २१ को बिहान प्रीतिले अनुभवी आरोहण सहयोगी पासाङ शेर्पा र निमा थिन्दुक शेर्पाको साथमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।सन् २०२४ मा लोबुचे हिमालबाट आरोहण यात्रा शुरु गर्नुभएकी उहाँले त्यसपछि अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो, नेपालको मेरा पिक र विश्वको आठौँ अग्लो हिमाल मनास्लु सफलतापूर्वक आरोहण गर्नुभएको थियो ।
गछियाः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ६ मा रहेको श्री गछिया आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।हालै भएको अभिभावक भेलाले होमबहादुर प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवगठित समितिको सदस्यहरूमा दिपेशजङ्ग डाँगी, अन्जु भुजेल र दिलमाया तामाङ चयन हुनुभएको छ ।नवनिर्वाचित कार्यसमितिलाई विद्यालयका शिक्षक, कर्मचारी तथा उपस्थित अभिभावकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा आजदेखि जिल्लाभर लागूऔषधविरुद्धको ‘महाअभियान’ शुरु भएको छ । विराटनगरको महेन्द्र चोकबाट जनचेतनामूलक प्रभातफेरी निकालेर महाअभियान शुरु गरिएको हो ।सो प्रभातफेरी बजार क्षेत्रको परिक्रमा गरी शहीद रंगशाला पुगेर सभामा परिणत भएको थियो । लागुऔषध नियन्त्रणलाई प्रहरीको कारबाहीमा मात्र सीमित नराखी व्यापक सामाजिक आन्दोलन बनाउने उद्देश्यले मोरङमा पहिलोपटक यस्तो बृहत् अभियान थालिएको बताइएको छ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अभियानको शुभारम्भ गर्नुभएको थियो । महाअभियानअन्तर्गत सरोकारवाला निकायहरूले नौ बुँदे साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका
विराटचोकः युवालाई आत्मनिर्भर तथा उद्यमशील बनाउने उद्देश्यसहित सुन्दरहरैंचा उद्योग वाणिज्य संघले सुन्दरहरैंचाका युवाका लागि निःशुल्क “युवा उद्यमशीलता विकास तालिम कार्यक्रम” सञ्चालन गर्ने भएको छ ।हालसम्म कुनै पनि व्यवसाय नगरेका तर व्यावसायिक सोच भएका युवालाई लक्षित गरेर तालिम दिन लागेको संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । सीप सिकेर स्वरोजगार बन्न चाहने युवाका लागि ३० दिनसम्म तालिम दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार तालिम सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सचिवालयमा दैनिक २ घण्टा सञ्चालन हुनेछ ।सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका व्यवसाय गर्न इच्छुक ५० जना युवालाई सहभागी गराइने संघले
इटहरी । सरकारले यही जेठ १४ गते इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सो बिदासँगै जेठ १४ गतेदेखि १७ गतेसम्म ४ दिन सार्वजनिक बिदा हुने भएको छ ।जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने गरेको छ । जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार परेको हुनाले ती दिन पनि सार्वजनिक बिदा छ । यसरी लगातार ४ दिन सार्वजनिक बिदा परेको हो ।
इटहरी । आज सुन र चाँदी दुवैको दाम घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ आज तोलामा १०५ रुपैयाँले सस्तिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको दाम प्रतितोला ५ हजार ११५ रुपैयाँ निर्धारण भएको छ ।
काठमाडौंः काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे खेल्ने भएको छ ।नेपालले यसअघि दुई खेल खेल्दा एकमा जीत र एकमा हारको नतिजा निकाल्दै ४ अंकसहित समूहको दोस्रो स्थानमा छ । यसअघिका दुवै खेलमा पराजित माल्दिभ्स समूह चरणबाट बाहिरिइसकेको छ ।नेपाल प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो । तर दोस्रो खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएरपछि नेपालको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनेको हो । यो समूहमा भारत ५ अंकसहित शीर्ष स्थानमा छ । कीर्गिस्तान ३ अंकसहित तेस्