अन्तरास्ट्रिय

    Showing ९१-१०० of २५४ items.
  • शेख हसिनासहित शाखा सन्तानकै सबै सम्पत्ति जफत गर्न अदालतको आदेश

    एजेन्सी ।  बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित उनका शाखा सन्तानकै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अदालतले हसिना र उनका छोरा, छोरी बहिनीसम्मको सम्पत्ति जफत गर्न र बैंक खाता रोक्का गर्ने आदेश दिएको हो।हसिनाका साथै उनका छोरासहित धेरै आफन्तको सम्पत्ति जफत गर्न आदेश दिइएको छ। पूर्वप्रधानमन्त्री हसिना हाल भारतको शरणमा छिन्। ढाकाको एक अदालतले हसिनाको धानमण्डीस्थित निवास ‘सुधा सदन’ र अन्य सम्पत्ति जफत गर्न आदेश दिएको छ।एक अधिकारीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार अदालतले उनको परिवारसँग जोडिएका १२४ बैंक खाता जफत गर्न पनि आद

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ५२७ पटक पढिएको
  • हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ

    एजेन्सी ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइका विषयमा हमासलाई 'अन्तिम चेतावनी' दिएका छन्।उनले सामाजिक प्लेटफर्म ट्रुथमार्फत आफ्नो कुराको सुनुवाइ भएन भने हमासका एक सदस्य पनि बाँकी नरहने धम्की दिएका हुन्। उनले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि उनीहरूले मेरो कुरा सुनेनन् भने हमासका एक जना पनि सदस्य सुरक्षित हुने छैनन्।’ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पको उक्त अभिव्यक्ति आएको हो।आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले बन्धकहरू रिहा गरिएन भने हमासले

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ५९७ पटक पढिएको
  • इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

    एजेन्सी । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्प गएको छ।संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।यो खबर बनाउँदासम्म कुनै पनि प्रकारको क्षतिको विवरण आइसकेको छैन।संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्तनजिकै १० किलोमिटर गहिराइमा थियो।भूकम्पको जोखिममा इन्डोनेसियाइन्डोनेसिया 'रिङ अफ फायर' क्षेत्रमा अवस्थित छ, जहाँ टेक्टोनिक प्लेटहरूको चालका कारण भूकम्प गइरहन्छ। जनवरी २०२१ मा सुलावेसीमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा १०० भन्दा बढी जनाको मृत्यु भएको थिय

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ३७६ पटक पढिएको
  • अमेरिकासँग खनिज सम्झौता गर्न युक्रेन तयार, कसरी जुट्यो सहमति ?

    एजेन्सी । अमेरिका र युक्रेनबीच महत्वपूर्ण खनिज सम्झौताका शर्तहरूमा सहमति जुटेको छ । सहमतिसँगै अब युद्धग्रस्त युक्रेनले अमेरिकाको समर्थन प्राप्त गर्ने विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोमोदिर जेलेन्स्की शुक्रबार वाशिङटन आएसँगै उक्त सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । गत हप्ता दुवै नेताहरूबीच भनाभनको तनावपूर्ण अवस्थापछि खनिज सम्झौताको शर्तमा सहमति जुटेको हो ।पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युद्ध समाप्त गर्ने सम्झौता भएमा युक्रेनमा शान्ति स्थापना गर्ने सेना आवश्यक रहेको बताए । यो सम्झौतामा अमेरिकाले युक्रेनलाई केही ठोस सुरक्षा आश्वासन दिए

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ३६६ पटक पढिएको
  • गाजा कब्जा गर्ने ट्रम्पको भनाइले चौतर्फी विरोध

     एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा कब्जा गर्ने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने घोषणा गरेपछि चौतर्फी विरोध भइरहेको छ।ट्रम्पको भनाइविरुद्ध प्यालेस्टाइन, हमास, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, टर्की लगायतका देशहरूले कडा प्रतिक्रिया जनाएका छन्। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र हमासले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन्। रुसी राष्ट्रपति कार्यालयले इजरायल–प्यालेस्टाइन अस्तित्व नै समस्याको समाधान भएको भन्दै ट्रम्पको धारणा अस्वीकार्य भएको जनाएको छ। गाजाका स्थानीयले पनि पुनर्वास योजनाको विरोध गरेका छन्।

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ५१३ पटक पढिएको
  • राजकुमार एड्वार्ड र राष्ट्रपति पौडेलबीच भेट, जलवायु र गोर्खा मुद्दामा छलफल

    काठमाडौ - नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडिनबर्गका ड्युक एड्वार्ड र उनकी श्रीमती सोफीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका छन्।भेटमा जलवायु परिवर्तन र पूर्वब्रिटिश गोर्खाका गुनासाबारे छलफल भएको थियो।राष्ट्रपति पौडेलले हिमाल संरक्षणको पक्षमा नेपालले उठाउँदै आएको आवाज उल्लेख गर्दै संयुक्त प्रयासको आवश्यकता औंल्याए।राजकुमार एड्वार्डले जलवायु परिवर्तनको असरबारे भ्रमणका क्रममा थप जानकारी लिने बताए।

    • प्रकाशित मितिः माघ २२, २०८१
    • ४७९ पटक पढिएको
  • ट्रम्पको प्रस्ताव: क्यानडा अमेरिकाको ५१ औं राज्य बन्न सक्छ

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न प्रस्ताव गरेका छन्। क्यानडासँगको व्यापार घाटा रोक्न यस्तो सुझाव राखिएको उनले बताए।ट्रम्पले भने, “हामीसँग २००–२५० बिलियन डलरको व्यापार घाटा छ, जसलाई स्वीकार गर्न सकिँदैन। यदि क्यानडा हाम्रो राज्य बन्यो भने व्यापार घाटा समाप्त हुनेछ र करमा ६०% कटौती हुनेछ।” उनले क्यानडाको तेल र ग्यासबिना पनि अमेरिका आत्मनिर्भर रहेको भन्दै क्यानडालाई दीर्घकालीन व्यापार साझेदारका रूपमा हेर्न गाह्रो भएको बताएका छन्।

    • प्रकाशित मितिः माघ ११, २०८१
    • ४८१ पटक पढिएको
  • अमेरिकाले चिनियाँ सामानको आयातमा १० प्रतिशत कर बढाउने

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि चिनियाँ सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको जानकारी दिएका छन्। मेक्सिको र क्यानडाबाट फेन्टनिल औषधि आयात हुने विषयमा चिन्ता व्यक्त गर्दै उनले यो कदम चालेको बताएका छन्। ट्रम्पले यसअघि पनि छिमेकी मुलुकहरूलाई कडा आयात कर लगाउने चेतावनी दिएका थिए। नयाँ करले अमेरिकी उपभोक्ताका लागि चिनियाँ सामान महँगो हुने अनुमान गरिएको छ।

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ४१९ पटक पढिएको
  • गोर्खा भर्ती रोकिएपछि भारतीय सेनामा अभाव

    इटहरी - नेपालले भारतको ‘अग्निवीर’ योजनामा असहमति जनाउँदै गोर्खा भर्ती रोकेपछि भारतीय गोर्खा रेजिमेन्टमा सैनिक अभाव भएको समाचार बाहिरिएको छ ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ३६६ पटक पढिएको
  • ट्रम्पको शपथग्रहणमा टीकटक सीईओ अतिथि

    सुनसरी - टीकटक प्रतिबन्धित भएको भोलिपल्ट, जनवरी २० मा, ट्रम्पको शपथग्रहण समारोहमा टीकटक सीईओ सु चिउ अतिथिका रूपमा सहभागी हुनेछन्। यसलाई प्रतिबन्ध फुकुवा हुने संकेत मानिएको छ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ३२६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल