एजेन्सी । भारतको बेंगलुरुमा एआई इन्जिनियरले सुसाइड नोट लेख्दै आत्महत्या गरेपछि प्रहरीले उनकी पत्नीलाई पक्राउ गरेको छ। बेंगलुरु प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इन्जिनियर अतुल सुभाषकी श्रीमती निकिता सिंघानियालाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको हो।भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले निकिता सिंघानियासँगै उनका भाइ र आमालाई पनि पक्राउ गरेको छ। बेंगलुरुको ह्वाइटफिल्ड डिभिजनका डीसीपी शिवकुमारले बीबीसी हिन्दीसँग भनेका छन्, ‘निकिता सिंघानियालाई हरियाणाको गुरुग्रामबाट पक्राउ गरिएको हो। उनकी आमा र भाइलाई उत्तर प्रदेशको प्रयागराजमा पक्राउ गरिएको हो। उनीहरूलाई बेंगलुरु ल्याइएको छ।’उनीहरूल
एजेन्सी । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ। गृह मन्त्रालयलाई उद्धृत गर्दै आधिकारिक साउदी प्रेस एजेन्सीले लागुऔषध तस्करीमा दोषी ठहरिएका तीन जनालाई र अर्का हत्याका अपराधीलाई मृत्युदण्ड दिइएको जनाएको छ। राज्य सञ्चारमाध्यमको रिपोर्टमा आधारित तथ्याङ्कअनुसार यसले यस वर्षका लागि मृत्युदण्डको कूल सङ्ख्या ३०३ पुर्याएको छ।खाडी राजतन्त्रात्मक मुलुक साउदी अरेबियाले सेप्टेम्बर महिनासम्म मृत्युदण्ड दुई सयपटक लागू गरेको थियो।
एजेन्सी । अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको शानदार र अभूतपूर्व जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे ।‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन् । आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताएका छन् । आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भएपनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ ।विभिन्न राज्यमा आफ्नो
एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता बनाएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।निर्वाचनमा पूर्व राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा देखिएको छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।धेरै राज्यहरूमा मतदान समाप्तअमेरिकामा राष्ट्रपतीय निर्वाचन अन्तर्गत धेरै राज्यमा मतदान सकिएको छ । यस चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मे
एजेन्सी । भारतको उत्तराखण्डस्थित अल्मोडामा करिब ४० यात्रु बोकेको बस गहिरो खाडलमा खसेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गढवाल–रामनगर मार्गको साल्ट नजिक भएको दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् ।सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको थियो । बसमा ४० बढी यात्रु सवार थिए । साल्ट कुप नजिकै चालकले बसको नियन्त्रण गुमाए । केहीबेरमै बस गहिरो खाल्डोमा खस्यो । बस खसेलगत्तै यात्रुबीच चिच्याहट मच्चिएको थियो ।
एजेन्सी । स्पेनको भ्यालेन्सिया क्षेत्रको अवलोकनमा जाँदा त्यहाँका राजा फिलिपले व्यापक विरोधको सामना गर्नु परेको छ । स्पेनी सञ्चारमाध्यमहरूका अनुसार आइतबार भ्यालेन्सियामा भएको विरोधपछि राजा फिलिप र रानी लेतिजियाले आगामी भ्रमण रद्द समेत गरेका छन् । उनीहरू अर्को बाढी प्रभावित क्षेत्र चिवाको भ्रमणमा जानेवाला थिए ।चिवा भ्यालेन्सियाबाट करिब ३५ किलोमिटर रहेको छ । भ्यालेन्सियामा विरोध भएपछि प्रहरीले चिवामा कडा सुरक्षा व्यवस्था गरेको थियो । भ्यालेन्सिया भ्रमणका क्रममा प्रदर्शनकारीहरूले राजा फिलिपमाथि हिलो छ्याप्ने प्रयाससमेत गरेका थिए । लगत्तै सुरक्षागार्डहरूले छाता ओढाएर राजा फिलिपलाई जोगाएका थिए
एजेन्सी । अमेरिकी नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु-८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन्।चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्ष यान शुक्रबार अमेरिकी समयअनुसार बिहान ३ः२९ मा अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो।चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यु डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्ज्यान्डर ग्रेबेन्किन छन्। यो मिसन नासाको स्पेसएक्ससँग आईएसएसमा आठौँ व्यावसायिक
एजेन्सी । इजरायलको हवाई हमलाका कारण दुई सैनिक गुमाएको इरानले शनिबार अर्को आक्रमणको पनि सामना गर्नुपरेको छ।बीबीसीका अनुसार इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका हुन्।तफ्तान क्षेत्र पाकिस्तानको सिमानानजिक छ।इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती एकाइमा हमला गरेका हुन्।इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई आतंकवादी हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन्।सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि शनिबार विज्ञप्ति जारी घटन
एजेन्सी । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको दाबी हमासका अधिकारीहरूले गरेका छन्।बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका छन्।उनीहरूका अनुसार शनिबार अबेर राति गराइएको बम विस्फोटमा धेरै मानिस घाइते पनि भएका छन्। अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ। यस आक्रमणबारे इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ। साथै इजरायली सेनाले हमासले हताहतीबारे बढाइचढाइपूर्ण बताएको र यो आफ्नो जानकारीसँग नमिल्ने दाबी पनि गरेको छ।यसैबीच गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्
एजेन्सी । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाक