अन्तरास्ट्रिय

    Showing १३१-१४० of २५६ items.
  • त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै

    सुनसरी-  नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ ।  क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि सुरु हुने छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज आजदेखि खेल्न लागेका हुन् । यस सिरिजमा आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् । 

    • प्रकाशित मितिः असोज १२, २०८१
    • ४१९ पटक पढिएको
  • काठमाडौंभित्र चाडपर्वमा ३,७६५ प्रहरी परिचालन गरिने, ड्रोनबाट पनि निगरानी

    काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दशैं, तिहार र छठ पर्व लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्व लक्षित सुरक्षाका क्षेत्रहरु पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताए ।उनले भने, ‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्र

    • प्रकाशित मितिः असोज ११, २०८१
    • २३७ पटक पढिएको
  • इजरायलले लेबनानमा फेरि गर्‍यो आक्रमण, कम्तीमा ५१ जनाको मृत्यु

    एजेन्सी ।  इजरायलले बुधबार फेरि लेबनानमा आक्रमण गरेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस हमलामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने २२० भन्दा बढी घाइते भएका छन्। इजरायली रक्षा बलले बुधबार आफ्ना लडाकु विमानहरूले हिजबुल्लाहका करिब २८० स्थानहरूलाई निशाना बनाएको बताएको छ।यसमा बिहान उत्तरी इजरायलमा हमला गरिएका क्षेत्र पनि पर्ने इजरायली सेनाले जनाएको छ। आईडीएफका अनुसार त्यहाँ हतियार भण्डार गरिएको थियो र सैन्य पूर्वाधार पनि निर्माण गरिएको थियो।यसअघि संयुक्त राष्ट्रसंघले सोमबारयता लेबनानबाट ९० हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको थियो। साथै अक्टोबर २०२३ देखि लेबनान

    • प्रकाशित मितिः असोज १०, २०८१
    • २८० पटक पढिएको
  • ट्रम्पको दाबी- इरानले मलाई मार्ने प्रयास गरेको थियो तर असफल भयो

    एजेन्सी । अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको दाबी गरेका छन्। तर उसले फेरि प्रयास गर्नसक्ने आशंका पनि व्यक्त गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो ज्यानलाई इरानबाट ठूलो खतरा रहेको आरोप लगाएका हुन्। उनले लेखेका छन्- सम्पूर्ण अमेरिकी सेना हेर्दै र पर्खिरहेको छ। इरानले प्रयास गरेको थियो तर असफल भयो। तर उसले फेरि प्रयास गर्नेछ। यो अवस्था कसैको लागि राम्रो होइन। म धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु। म यसअघि कहिले यति धेरै मानिसले घेरिएको थिइनँ।आफ्नो सुरक्षाका लागि थप रकम विनियोजन गरेकोमा उनले अमेरिकी सं

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ४८९ पटक पढिएको
  • श्रीलंकाका नव निर्वाचित राष्ट्रपतिले गरे संसद भङ्ग, नोभेम्बर १४ मा निर्वाचन घोषणा

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गरेका छन् । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् । श्रीलंकामा पछिल्लो संसद अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ ।राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भएमा तत्काल संसद विघटन गर्ने कुरा स्पष्ट पारेका थिए । गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसानायकेले संसद भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् । श्रीलंकाको नवौं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेपछि उनले लोकतन्त्रको रक्षा र नेताहर

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ३०० पटक पढिएको
  • लेबनानमा इजरायलको आक्रमण : अहिलेसम्म ४९२ जनाको मृत्यु, १,६४५ घाइते

    एजेन्सी । इजरायली हवाई हमलाका कारण लेबनानमा कम्तीमा ४९२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा एक हजार बढी घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएको बताएको छ । इजरायलले लगभग २० वर्षमा द्वन्द्वको सबैभन्दा घातक आक्रमण गरेको बीबीसीले जनाएको छ । हजारौं परिवारहरू आफ्नो घर छोडेर भागेका छन् । स्वास्थ्य मन्त्री फिरास अबियादले हड्तालका कारण हजारौं परिवार विस्थापित भएको बताए ।विश्व शक्ति राष्ट्रहरूले संयमता अपनाउन आग्रह गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बढ्द

    • प्रकाशित मितिः असोज ८, २०८१
    • २८७ पटक पढिएको
  • बेइजिङमा राष्ट्रपति सी चिनफिङ सामु किन रोए मलेसियाका राजा ?

    एजेन्सी । मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा भावुक बनेका छन् ।चार दिने चीन भ्रमणका क्रममा शुक्रबार बेइजिङमा भएको यो भेटघाटमा राजा सुल्तानले आफ्नो भावुकताको क्षण सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।भेटवार्तामा राजाका छोरा टुंकु अब्दुल जलीलको स्वास्थ्य अवस्थाबारे कुरा भएको थियो । सन् २०१४ मा राजकुमार जलीलको चीनमा कलेजो प्रत्यारोपण गरिएको थियो । मलेसियाका मन्त्री एन्गा कोरमिङका अनुसार छोराको उपचारमा चीनले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै राजा भावुक बनेका हुन् ।‘शल्यक्रिया सफल भए पनि राजकुमार अझै पूर्णरूपमा स्वस्थ हुन सक्नु भएको छैन’, मन्त्री

    • प्रकाशित मितिः असोज ६, २०८१
    • ३५१ पटक पढिएको
  • राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै

    एजेन्सी । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो । त्यसपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनु परेको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका थिए ।आज हुने निर्वाचनले मुलुकमा आर्थिक सुधार ल्याउने अपेक्षा गरिएको छ । मुलुकमा करवृद्धि, अनुदान र कल्याणकारी योजनामा कटौतीका कारण अझै पनि धेरै जनता समस्यामा छन् । धेरै विश्लेषकहरु यस पटकको चुनावमा आर्थिक सुधारका लागि मतदा

    • प्रकाशित मितिः असोज ५, २०८१
    • २३८ पटक पढिएको
  • अल्बर्ट आइन्स्टाइनद्वारा हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

    एजेन्सी । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ ।आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो ।यस पत्रमा अल्बर्ट आइन्स्टाइनले अमेरिकी राष्ट्रपतिलाई जर्मनीले आणविक हतियार विकास गरिरहेको चेतावनी दिएका थिए । पत्रमा आइन्स्टाइनले भनेका छन्, ‘आमविक भौतिकीमा हालैका कामहरू भएका छन्, त्यहाँ युरेनियमलाई नयाँ र म

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ४१८ पटक पढिएको
  • अन्तरिक्षमा फसेका सुनीता र विलमोरले राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान गर्ने

    एजेन्सी । अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले अन्तरिक्षबाटै मतदान गर्ने भएका छन् । सन् २०२५ को फेब्रुअरीसम्म सुनिता र विलमोरलाई अन्तरिक्षमै बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट उनीहरूले मतदान गर्ने भएका हुन् ।अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोरले आइएसएसबाट सहभागी भएको न्यूओर्क टाइम्सले जनाएको छ । यो जोडी गत जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा चढेर अन्तरिक्ष पुगेको थियो । यानमा हिलियम लिक र थ्रस्टरमा समस्या देखिएपछि दुई अन्तरिक्ष यात्

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ४३१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल