खाँदबारीः हिजो मनाङ जिल्लाको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर सङ्खुवासभाका दुई जनाको मृत्यु भएको छ ।


हिमपहिरोमा परेर भोटखोला गाउँपालिका–३ का छेबी भोटे र भोटखोला गाउँपालिका–२ का पासाङ भोटेको मृत्यु भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । 


मृतकको शव पोस्टमार्टमका लागि हेलिकप्टरमार्फत काठमाडौँको त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । उनीहरू दुवै जना टुरिष्ट गाइड भएको बताइएको छ ।