आर्थिक

    Showing २८१-२९० of १,०५४ items.
  • इटहरीको होटल गरिमाले आईपीओ निष्कासन गर्ने

    इटहरीः होटल गरिमा लिमिटेडले सर्वसाधाणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।कम्पनीको सञ्चालक समितिको बैठकले यही बैशाख २९ गते कम्पनीको इटहरीस्थित कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।सभामा कम्पनीको शेयरमा सर्वसाधारणको पहुँच आवश्यक भएकोले धितोपत्र बोर्डमा आवेदन दिई आवश्कय कानुनी प्रक्रिया पूरा गरी आईपीओ निष्कासन गर्ने भन्ने निर्णय सर्वसम्मतले पारित गर्ने भएको छ ।यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिने भएको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ५८२ पटक पढिएको
  • गत साता नेप्से स्थिर, साताभरमा ०.०२ प्रतिशत अर्थात् ०.६३ अङ्कमात्रै वृद्धि

    इटहरी ।  गत साता नेप्से स्थिर बनेको छ । सातामा ४ दिन कारोबार हुँदा नेप्से ०.६३ अङ्क अर्थात् ०.०२ प्रतिशतमात्रै बढेको छ । अघिल्लो साता २८३७.७७ बिन्दुमा बन्द भएको नेप्से गत साता २८३८.४० बिन्दुमा रोकिएको हो ।४ कारोबारमध्ये २ दिन नेप्से बढेको थियो भने २ दिन घटेको थियो । सातामा कारोबार रकम भने घटेको छ । अघिल्लो साता दैनिक औसतमा ९ अर्ब ५४ करोड रुपैयाँको शेयर किनबेच भएकोमा गत साता दैनिक औसतमा ८ अर्ब ९९ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ ।सातामा नेप्सेको कुल बजार पूँजीकरण सामान्य बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४८ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण गत साता

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १९९ पटक पढिएको
  • साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार

    इटहरी ।  साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हिजो ०.१८ प्रतिशत अर्थात् ५.३६ अङ्कले बढेर २ हजार ८३८.४० बिन्दुमा अडिँदा कारोबार रकम ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ रुपैयाँको शेयर किनबेच भएको छ ।नेप्सेमा सूचीकृत ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता शेयर ९६ हजार ७२३ पटक किनबेच भएको थियो । कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले बढेको छ ।होटल समूह १.३८ प्रतिशत, जलविद्युत समूह ०.६७ प्रतिशत, अन्य समूह ०.५६ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशत

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १५३ पटक पढिएको
  • धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा राजीनामा

    विराटचोकः नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।अध्यक्ष श्रेष्ठ विभिन्न विषयमा विवादित हुँदै आएका छन् । श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।सम्पत्ति शुद्धीकरणसम्बन्धी दीपक भट्टको विवादमा श्रेष्ठ पनि तानिने भएपछि उनले राजीनामा दिएका हुन् ।

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १३६ पटक पढिएको
  • शेयरको मूल्य एकै दिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने र प्रि ओपन सेसनको सीमा ५ प्रतिशतसम्म हुने नियम बनाइँदै

    काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधन गरेको छ ।अब कम्पनीहरूको शेयर मूल्यमा लाग्दै आएको सर्किट सीमा र प्रि–ओपन सेसनको मापदण्ड परिवर्तन गर्ने क्रममा रहेको बताइएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत भई आएको संशोधित विनियमावलीमा कुनै कम्पनीको दैनिक शेयर मूल्य घटबढ हुन पाउने सीमालाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको बताइएको छ ।त्यस्तै, प्रि–ओपन सेसन अर्थात् नियमित कारोबार शुरु हुनुपूर्व बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म को मूल्य सीमामा पनि संशोधन गरी प्रतिशत पुर्याइने भ

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २४१ पटक पढिएको
  • तोलामा ३००० रुपैयाँको गिरावटपछि सुनको भाउ फेरि ३ लाख रुपैयाँभन्दा कम

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३००० रुपैयाँ र चाँदीको भाउ तोलामा १२० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १४६ पटक पढिएको
  • घरजग्गा कारोबारमा सुधार हुँदै, मधेस प्रदेशमा बढी कारोबार

    इटहरी । पछिल्लो समय सुस्ताएको घरजग्गा कारोबारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९\८० लाई आधार मानेर सार्वजनिक गरेको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदनले बजारमा यस्तो प्रवृत्ति देखिएको उल्लेख गरेको छ । मधेस प्रदेश सबैभन्दा अगाडि छ ।आर्थिक वर्षको सुरुवाती तीन महिनामा कारोबार कम हुने प्रवृत्ति छ भने तेस्रो र चौथो त्रैमासमा कारोबार उल्लेखनीय रूपमा बढ्ने गरेको प्रतिवेदनले देखाउँछ ।मधेस प्रदेशपछि लुम्बिनी प्रदेशमा बढी कारोबार भएको देखिन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार अपेक्षाकृत कम देखिएको छ ।जग्गाको क्षेत्रफलका आधारमा पनि मधेस प्रदेशकै हिस्सा बढी छ । महानगर

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १६४ पटक पढिएको
  • सुन्दरहरैंचाको पीएलओसहित कम्पनीले बुक बिल्डिङ्गमार्फत आईपीओ बेच्ने, नेप्सेसँग भयो सम्झौता

    इटहरी ।  मोरङको सुन्दरहरैंचामा सञ्चालनमा रहेको पीएलओ (पूर्वाञ्चल ल्युब आयल) सहित विभिन्न पाँच कम्पनीले बुक बिल्डिङ प्रविधिमार्फत् आईपीओ जारी गर्ने भएका छन् ।आईपीओ जारी गर्न ती कम्पनी र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम शेयर निष्कासनका लागि सम्झौता भएको नेप्सेले जनाएको छ ।नेप्सेका अनुसार नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड बुक बिल्डिङमा सहभागी हुने भएका हुन् ।ती कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत् योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको शिलबन्द

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २२९ पटक पढिएको
  • सुन्दरहरैंचाको सलकपुरमा सलकपुर जुत्ता घर सञ्चालनमा

    सलकपुरः मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा ‘यारोन यादिरा फुटवेयर कलेक्सन (सलकपुर जुत्ता घर)’ सञ्चालनमा आएको छ ।सो जुत्ताघरको उद्घाटन वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की र सुन्दरहरैँचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद रिजालले संयुक्त रूपमा गर्नुभएको छ ।सलकपुर क्षेत्रमा भरपर्दो तथा गुणस्तरीय विभिन्न ब्राण्डका जुत्ता तथा फुटवेयर उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको सञ्चालक विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।उद्घाटनको अवसरमा पसलमा उपलब्ध सम्पूर्ण सामानमा २०

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १४० पटक पढिएको
  • सुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको ३० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ सामान्य बढेको छ । सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ भने चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २०२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल