इटहरी । आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको भाउम ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
इटहरी । साताको अन्तिम कारोबार दिन हिजो बिहीबार नेप्से परिसूचक ५.८२ अङ्कले बढेर २ हजार ७८२.१८ विन्दुमा अडिएको छ । बजार बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।हिजो ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९३९ कित्ता शेयर १ लाख ३ हजार २२५ पटक किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।बढेको बजारमा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादनशील तथा प्रशोधन, सामुहिक लगानी कोष र व्यापार समूहका परिसूचक बढेका छन् ।वाणिज्य बैंक, वित्त, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूहका परिसूचक भने घटेका छन् ।बढेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, रिज ल
इटहरी । आजदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको छ ।वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर २०१ रुपैयाँ पुगेको छ । त्यहाँ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ पुगेको छ ।पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५०
विराटनगर — सामाजिक संस्था हाम्रो प्रयास (Our Effort) र विराटनगर महानगरपालिका–७ को संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँचदिने सीपमूलक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।चैत्र १५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको उक्त तालिम विराटनगर–७ स्थित संस्थाको कार्यालयमा आयोजना गरिएको थियो। तालिममा २० जना सहभागीको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रमको उद्घाटन वडा नं. ७ का वडा अध्यक्ष मधु बाबु तिवारीले प्रमुख अतिथिको रूपमा गर्नुभएको थियो भने कार्यक्रम संस्थाकी अध्यक्ष सावित्री ढकालको सभापतित्वमा सम्पन्न भएको हो।समापन कार्यक्रममा हाम्रो प्रयासका सल्लाहकार तथा पूर्व महान्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराल
इटहरी । लगातार घटिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कले घट्ने र फेरि उच्च अङ्कले बढ्ने क्रम चलिरहेको छ । नेप्सेको गति अनुमान गर्न नसक्दा शेयर लगानीकर्ता शेयर किन्ने कि बेच्ने भन्ने अन्योलमा परेको देखिन्छ ।आज बजार खुलेदेखि नै रातो भएको थियो । ११ बजे रातो मुख लगाएर खुलेको बजार ११ बजेर १५ मिनेट जाँदा सबभन्दा तल २७४१ बिन्दुसम्म ओर्लिएको थियो । जुन बिन्दु हिजो बजार बन्द हुँदाको बिन्दु भन्दा ३५ अङ्क तल हो ।त्यसपछि बिस्तारै हरियाली छाएको बजार साढे ११ बजेर २७८८ अङ्कसम्म उक्लिएको थियो । जुन हिजो बजार बन्द हुँदाको अङ्कभन्दा १३ अङ्क बढी थियो ।त्यसपछि फेरि बजारमा बिक्री चाप बढ्दा ११ बजेर ४० मिने
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ तोकिएको छ ।
इटहरी । नेपाल धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा चार ओटा कम्पनी थपिएका छन् । होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन गरी प्रत्येक समूहमा एक–एक कम्पनी आईपीओको पाइपलाइनमा बसेका हुन् ।होटल तथा पर्यटन समूहतर्फ बुढानिलकण्ठ हेरिटिज लिमिटेडले ४९ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ ।हाइड्रोपावर समूहमा सभापोखरी हाइड्रोपावरले १० लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ ।लगानी समूहतर्फ इष्टर्न सहारा कम्पनी लिमिटेडले २७ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमित दिएको छ ।उत्पादन तथा प्रशोधन समूहतर्फ नेशनल बायोटेक लिमिटेडले १० लाख कित्ता
इटहरी । हवाई इन्धन मूल्य दोब्बरले बढेसँगै हवाई उडानको भाडा वृद्धि भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब काठमाडौं–धनगढी रुटको अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ ।प्राधिकरणका अनुसार भाडादरमा इन्धनको मूल्य (फ्युल चार्ज) मात्र बढेको हो । यसअघि धनगढीका लागि भाडामा इन्धनको मूल्य ५ हजार ६ सय १० तोकिएको थियो । अब धनगढी रुटको भाडामा इन्धनको मूल्य ११ हजार ९० रुपैयाँ पुगेको छ । अब धनगढीको न्यूनतम भाडादर १४ हजार ४ सय ५७ कायम भएको छ ।भाडादरमा इन्धनको मूल्यबाहेक वायुसेवा कम्पनीले लिने भाडा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र विमानस्थल शुल्क थप हुन्छ । वायुसेवा सञ्चालक संघका
इटहरी । आज पनि नेप्से परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर २७७६.३६ विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।सबै समूह राताम्य हुँदा अन्य समूह सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ ।घटेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ्ग हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनको शेयरभाउ १० प्रतिशतले बढेको छ ।नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले घट्दा सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर, शिवश्री हाइड्रो, हिमाल दोलखा हाइड्रोपा
विराटचोकः बैशाखदेखि ब्रोकरहरुले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने घोषणा गरेसँगै नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको नयाँ सूची सार्वजनिक गरेको छ । ।नेप्सेले मंगलबार साँझ मार्जिन कारोबारका लागि योग्य १२३ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ को परिच्छेद ३ को दफा ८(१) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुको सूची सार्वजनिक गरिएको जनाएको छ ।मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ अनुसार मार्जिन कारोबारका लागि योग्य कम्पनी भन्नाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत, पर्याप्त बजार