इटहरी । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तालामा २५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० सय रूपैयाँमा किनबेच भइरहेको छ । चाँदी प्रति तोला ४ हजार ८६० रूपैयाँमा किनबेच भइरहेको छ ।
विराटचोकः सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र १ लाख ५५ हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ । त्यस्तै, कम्पनीले ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।दोस्रो चरणमा कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ करो
इटहरी । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । आज बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो ।निगमले एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ३ रूपैयाँ मूल्य बढाएको जानकारी दिएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १.५१ रूपैयाँ र डिजेलमा ५.०२ रूपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको छ ।निगमका अनुसार अब पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकप
इटहरी । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८०० रूपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ९८५ रुपैयाँ निर्धारण भएको छ ।
इटहरी । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको मिति परिवर्तन गरेको छ । कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेकोमा एक दिन पर सारेको हो ।अन्य कम्पनीको सार्वजनिक निष्काशनको समय तालिकासँग सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्काशन जुध्न गएको भन्दै सिडिएस एण्ड क्लियरिङ्गले पत्र पठाएपछि कम्पनीले निष्काशन खुल्ला मिति १ दिन पछि सारेको हो । हाल रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरिरहेको छ । सो कम्पनीको निष्काशन बन्द फागुन ४ गते हुनेछ ।सुपर खुदीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर नि
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा रहेको नेपालीरिका होटेलले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।कम्पनीले रु.१०० अंकित दरका ५० लाख कित्ताले हुन आउने रु.५० करोड रकमबराबरको साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।शेयर निस्काशनका लागि नेपालीरिका होटलको तर्फवाट अध्यक्ष भोलेश्वर दुलाल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच लक्ष्मी सनराइज् क्यापिटलको नयाँ बानेश्वरस्थित कार्यालयमा माघ २९ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
इटहरी । बुक बिल्डिङ विधिबाट खुलेको पहिलो आईपीओ रिलायन्स स्पिनिङ मिल्सको शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘आरएसएमएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।सो कम्पनीको १ करोड ९० लाख कित्ता शेयर सूचीकरण हुँदा सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको १०.१४ प्रतिशत सेयर अर्थात् १९ लाख २६ हजार ६०० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ८९.८६ प्रतिशत सेयर अर्थात् १ करोड ७० लाख ७३ हजार ४०० कित्ता रहेको छ ।नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । यद्यपि सो आईपीओ सर्वसाधारणले प्रति कित्ता ८२० रुपैय
इटहरी । आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ३ हजार रुपैयाँ र चाँदी तोलामा ३४० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार रुपैयाँ निर्धारण भएको छ ।
इटहरी । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि न्युरोड नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन हुन्छ । विगतका वर्ष यसबेला सुन पसलमा गहना खरिद गर्ने ग्राहकको भिड लाग्ने गर्थ्यो । व्यापार पनि अन्य सिजनको तुलनामा दोब्बरले बढी हुने गर्थ्यो । अहिले भने अधिकांश सुनचाँदी पसल सुनसान छन् ।सुनको मूल्य बढेर साढे तीन लाखनजिक पुगेपछि बजारमा माग नहुँदा सुनको कारोबार ठप्प छ । मुख्य बजारका सुन पसलमा फाट्टफुट्ट कारोबार भए पनि अन्य पसलमा भने कारोबार ठप्प छ । मूल्य बढ्दा सुनको कारोबार ८० प्रतिशतले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहेको सिजन भए पनि बजारमा
इटहरी । माघ महिनाको अन्तिम दिन हिजो शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३३ प्रतिशत अर्थात ८.९७ अङ्कले बढेर २ हजार ६७१.०७ बिन्दुमा रोकिएको छ ।नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर १ लाख ६ हजार १८ पटक किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छाउँदा विकास बैंक समूह सर्वाधिक अर्थात १.१८ प्रतिशतले बढेको थियो । होटल समूह सर्वाधिक अर्थात १.६५ प्रतिशतले घटेको थियो ।बढेको बजारमा ङादी ग्रुप पावरको सर्वाधिक ७० करोड ५३ लाख २९ हजार ८६ रुपैयाँको श