इटहरी । गत साता नेप्से परिसूचक ० दशमलव १६ प्रतिशत अर्थात् ४ दशमलव २६ अङ्क घटेर बन्द भएको छ । अघिल्लो साता २६००.३८ विन्दुमा बन्द भएको नेप्से घटेर गत साता २५९६.१२ विन्दुमा झरेको छ ।गत २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । गत साता सेन्सेटिभ इण्डेक्स १.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ ।नेप्से घटे पनि गत साता कारोबार रकम भने बढेको छ । अघिल्लो साता दैनिक औसतमा ५ अर्ब ५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ६ अर्ब १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।गत साता ५ उपसमूहको परिसूचक बढेको छ भन
इटहरी । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बीमा कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । एशियन लाइफको १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता र नेपाल इन्स्योरेन्सको ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।हकप्रद शेयर सूचीकरणसँगै एशियन लाइफको सूचीकृत शेयर सङ्ख्या ५ करोड ११ हजार ५९३ पुगेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको सूचीकृत शेयर सङ्ख्या २ करोड ५४ लाख ८५ हजार ७५१ कित्ता पुगेको छ ।
विराटचोकः सरकारले किसान सूचीकरण कार्यक्रमअन्तर्गत सूचीकृत भएका २३ लाख ८० हजार किसान सूचीकृत भएको जनाएको छ । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत् सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालेको हो ।कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार किसानलाई सूचीकृत गरी उनीहरूको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गरिने भएको छ । निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान पहिचान गरी परिचयपत्र वितरण गरिने भएको हो ।विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज ह
विराटचोकः नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार शुरु गरेको छ ।नेपाली उद्यमी डा समीर मास्केले स्थापना गरेको बौद्धिक कृत्रिमता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी काम गर्ने उक्त कम्पनीले दुई वर्षअगाडि गरेको ‘मर्जर’ पश्चात् गत बिहीबारदेखि फ्युज नामबाट धितोपत्र कारोबार गर्न सफल भएको हो ।विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने कम्पनीमा सूचीकृत भएर कारोबार गर्न पाउनु महत्वपूर्ण उपलब्धि भएको डा मास्केले बताए । उक्त कम्पनीको स्टक कारोबारमा फयुज नामले सूचीकृत छ । कम्पनीमा हाल तीन सय पचास कर्मचारीले
भेडेटारः वर्षाका कारण क्षति पुगेको नमस्ते झरना जाने पहुँच मार्गलाई तत्काल पुनर्निर्माण कार्य शुरु गरिने भएको छ ।साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले सो मार्गको पुनर्निर्माण कार्य सम्पन्न गरी छोटो समयभित्रै पर्यटकका लागि पुनः खुला गरिने जानकारी दिएका छन् । पालिका अध्यक्ष राईका अनुसार अविरल वर्षाबाट झरना प्रस्थान हुने मार्गको विभिन्न भागमा क्षति भएका कारण पर्यटक आवागमन अस्थायी रूपमा रोकिएको छ । गाउँपालिकाले आवश्यक प्राविधिक अध्ययन गरी पुनर्निर्माणका लागि बजेट व्यवस्था गरेको रुम्दालीले जानकारी दिए । नमस्ते झरना धनकुटा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो ।
विराटचोकः नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई बुधबारदेखि लागू हुने गरी बैंकको प्रवक्ता तोकेको छ ।२०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलले बैक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागमा रहेको काम गरेको अनुभव छ । हाल उनी मानव संशाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी किरण पण्डितले लिएका थिए ।
काठमाडौंः विद्युत विकास विभागले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउने भएको छ । आयोजनाको डिपिआर र इआईए प्रतिवेदन तयार गरी स्वीकृतिको लागि उर्जा मन्त्रालयमा पेश गरिएको हो ।विभागका अनुसार आयोजनामा एशियाली विकास बैंकको नेतृत्वमा विश्व बैंक सहितका दातृ निकायले लगानी गर्दैछन् । आयोजनाको लागत ३ खर्बभन्दा बढी रहेको छ । दातृ निकायले १ अर्ब डलर लगानी गर्ने सहमति जनाएका छन् । आधाभन्दा बढी एडीबीले लगानी गर्नेछ । आयोजनाबाट ३ हजार बढी घरधुरी प्रभावित हुनेछन् ।खोटाङ जिल्लाको रावावेशी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, ओखलढुंगा जिल्लाको चिसङ्खुगढी ग
इटहरी । आजदेखि सर्वसाधारणका लागि एसवाई प्यानल नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।सो आईपीओमा न्यूनतम १० र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा कात्तिक २३ गते हुनेछ भने ढिलोमा मंसिर ३ गते हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबा
पथरीः मोरङको पथरीशनिश्चरे–१ निवासी दीपेन्द्रराज तिम्सिनाद्वारा लिखित ‘नेपालको बैंकिङ इतिहास’ नामक कृति प्रकाशित भएको छ । तिम्सिनाको १३ औँ कृतिका रूपमा प्रकाशित यस पुस्तकमा नेपालको मुद्रा निष्कासनको इतिहास, राणकालदेखि वर्तमान सम्मको बैङ्किङ अभिलेख आदि समेटिएको छ ।पुस्तकमा नेपालका ‘क’ र ‘ख’ श्रेणीका बैङ्कहरूको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसमेत १८ जना गभर्नरको फोटो सहितको जीवनी समेटिएको छ । त्यस्तै यसमा नेपाली बैङ्क मर्जरको इतिहास, राणाकालमा बेलायतबाट फर्केका नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैङ्क भित्
इटहरी । साताको पहिलो दिन आज शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १.१८ प्रतिशत अर्थात ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दुमा पुगेको छ ।नेप्सेमा सूचीकृतमध्ये ३१९ वटा कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँको कारोबार भएको छ ।व्यापार समूहबाहेक बाँकी सबै १२ समूहको सूचक बढ्दा वित्त समूह सर्वाधिक ५.१७ प्रतिशतले बढेको छ । जीवन बीमा ४.३५, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त १.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा १.३३, अन्य समूह १.२३, बैंकिङ समूह ०.२९ प्रतिशत, विकास बैंक ०.९०, होटल १.२०, जलविद्युत समूह १