इटहरी ।  आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ ।