खेलकुद

    Showing ३९१-४०० of ५६२ items.
  • पाकिस्तानलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा उक्लियो बंगलादेश

    एजेन्सी । बंगलादेशले टेष्ट सिरिजमा पाकिस्तानलाई २–० ले पराजित गरेको छ । यसपछि बंगलादेश विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा पुगेको छ । विश्व टेस्ट च्याम्पियनसिपमा हाल पहिलो नम्बरमा भारत, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा न्यूजिल्याण्ड रहेको छ ।शीर्ष स्थानमा रहेको भारत ६८.५२ प्रतिशत अंकसहित शीर्ष स्थानमा छ अस्ट्रेलियाको ६२.५ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै न्यूजील्याण्ड ५० प्रतिशतसहित तेस्रो र बंगलादेश ४५. ८३ प्रतिशतसहित चौथो स्थानमा रहेको छ । बंगलादेशले पाकिस्तानलाई २ खेलको सिरिजमा २–० ले पराजित गरेको थियो ।  पहिलो टेस्ट १० विकेटले जितेको बंगलादेशले दोस्रो टेस्ट ६ विके

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २७७ पटक पढिएको
  • साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल आज बङ्गलादेशसँग खेल्दै

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भोलि फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेक

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ६०० पटक पढिएको
  • दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लबलाई

    ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो । सगरमाथा युथ क्लबलाई उपाधिका लागि खेलको तीन मिनेटमै विजय भुजेलले गरेको गोल नै निर्णायक बन्यो ।विजेता मोरङले नगद रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टिमलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायतले पुरस्कार वितरण गरे  । उपविजेता सलहेस युथ क्लब सिरहाले नगद रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त पुरस्कार कोशी प्रदेश

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • ३२५ पटक पढिएको
  • साफ यू-२० च्याम्पियनसिप: फाइनल प्रवेशका लागि आज भारत र बंगलादेश भिड्दै

    इटहरी । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज (सोमबार) साविक विजेता भारत र बंगलादेश भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ।  भारत समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो। च्याम्पियनसिपमा भारत अपराजित छ। बंगलादेश भने समूह ‘ए’ को उपविजेता टोलीको रुपमा सेमिफाइनल खेल्न लागेको हो। समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो। यो खेलको विजेताले उपाधिका लागि घरेलु टोली नेपालको सामना गर्नेछ। नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। 

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • ३५९ पटक पढिएको
  • वोल्भ्समाथि चेल्सीको शानदार जित

    एजेन्सी । इङलिस प्रिमियर लिग अन्तर्गत चेल्सीले वोल्भ्सविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले वोल्भ्सलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गरेका थिए भने निकोलस ज्याक्सन, कोल पाल्मर र जोआओ फेलिक्सले एक–एक गोल गरेका थिए । एटलेटिको म्याड्रिडबाट चेल्सीमा परमानेन्ट रुपमा आएपछि खेलेको पहिलो खेलमा फेलिक्सले गोल गर्दै आफ्नो सानदार सुरुवात गरेका छन् ।त्यस्तै वोल्भ्सका लागि माथेउस चुन्हा र जोर्गेन लार्सेनले एक–एक गोल गरेका थिए । यो जितपछि यस सिजनको पहिलो खेलमा हार बेहोरेको चेल्सीको २ खेलमा ३ अंक भएको छ भने वोल्भ्सले लगातार दोस्रो खेलमा हार

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • २४४ पटक पढिएको
  • साफ यू–२० च्याम्पियनसिप: आज भारत र माल्दिभ्स भिड्दै

    काठमाडाैं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा आज (शुक्रबार) भारत र माल्दिभ्स भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ। सेमिफाइनलमा पुग्नका लागि समूह बी का तीनै टोलीको बाटो खुला छ। आजको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरे समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ। माल्दिभ्सले भारतविरुद्ध जित निकाले पनि हेड टु हेडमा भुटान सेमिफाइनलमा पुग्नेछ। यद्यपी फराकिलो अन्तरको जितले भने माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना जिवित छ। पहिलो खेलमा भुटानलाई २–१ ले पराजित गरेको

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • ३३८ पटक पढिएको
  • साफ यू–२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल आज बंगलादेशसँग भिड्दै

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज (बिहीबार) नेपाल र बंगलादेशबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आजको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेको नेपाल दोस्रो जितको खोजीमा रहने छ ।नेपालले आजको खेल जितेमा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । यसअघि उदघाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले पराजित गरेको थियो । बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ‘ए’ को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्नेछ । 

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ४०० पटक पढिएको
  • रोनाल्डोले खोले युट्युब च्यानल, ११ घण्टामै ९.७४ मिलियन सब्स्क्राइबर

    एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधबार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्वजनिक गर्दै युट्युबमा आएका हुन् । सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रूपमा आएका थिएनन् । युट्युबमा उनले केही भिडियो समेत शेयर गरेका छन् ।उनले युट्युब च्यानलमार्फत आफ्नोबारे थप जानकारी हासिल गर्न सकिने बताएका छन् । युट्युब च्यानल खोलेको ११ घण्टामै ९.७४ मिलियनले रोनाल्डोको च्यानललाई सब्सक्राइब गरेका छन् । रोनाल्डोको सामाजिक सञ्जाल एक्समा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन तथा इन्स्टाग्राममा ६३६ मिलिय

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ३४९ पटक पढिएको
  • महिला टी– २० विश्वकप यूएईमा हुने, आयोजक बंगलादेश नै रहने

    काठमाडाै । आईसीसी महिला टी– २० विश्वकप, २०२४ यूएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकप अब यूएईमा हुने भएको आईसीसीले जानकारी दिएको छ ।अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी–२० विश्वकप यूएईको दुबई र शारजाहमा हुने भएको छ । आईसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट यूएईमा सरेको दिँदै आयोजक भने बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता यूएई सारिएको आईसीसीले जनाएको छ । यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड,

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • २६० पटक पढिएको
  • नेपाल प्रिमियर लिग यो पटक ‘क्यान’ आफैले आयोजना गर्दै, लोगो सार्वजनिक

    इटहरी । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ । क्यानले आज (सोमबार) साँझ होटल सोल्टीमा लोगो सार्वजनिक गरेको हो । खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका हुन् ।लिगको मिति समेत सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ । क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफै आयोजना गर्न लागेको हो । यसअघि क्यानले दुई वर्षअघि नेपाल टी–२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो । तर सो लिग विवादित बन

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ३२३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल