पथरी - पथरी शनिश्चरे नगरपालिका-१ जाँते मोडस्थित खेलमैदानमा प्याराफिट निर्माणसम्बन्धी सर्वपक्षीय भेला सम्पन्न भएको छ। नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भेलाले खेलमैदान स्तरोन्नति आवश्यक रहेको निष्कर्ष निकाल्दै वन तथा वातावरणीय क्षेत्रमा असर नपर्ने गरी योजना कार्यान्वयन अघि बढाउने सहमति जुटाएको छ।
नगरपालिकाले आ.व. २०८१/८२ मा प्याराफिट निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। भेलामा उपप्रमुख देविमाया काफ्ले, पूर्वनगर प्रमुख दिलीपकुमार राई, विभिन्न दलका प्रतिनिधि, खेलाडी, सञ्चारकर्मी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


















