रसुवा । रसुवामा पहिलो पटक डार्स खेल हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को तयारी र नेपाल डार्टस संघको आयोजनामा जिल्लामा पहिलो पटक प्रथम हाईअल्टिच्युट डार्स खेल हुने भएको हो ।भोली (मंगलबार) सदरमुकाम धुन्चेस्थित मिनीगोसाईकुण्डमा प्रतियोगिता सन्चालन हुने केन्द्रीय सचिव विनुपराज खनालले जानकारी दिएका छन् । प्रतियोगितामा देशैभरिबाट छनौट भएका उत्कृष्ट १६ खेलाडीबीच प्रतिस्पर्धा हुने खनालले बताए ।प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई मेडल, प्रमाणपत्र र अन्य गिफ्टद्धारा पुरस्कृत गरिने आयोजकले बताएका छन् ।
विराटनगर सिटी एफसीले आगामी नेपाल सुपर लिग सिजनका लागि विष्णु गुरुङलाई प्रशिक्षकमा नियुक्त गरेको छ । गुरुङले भर्खरै सम्पन्न ए डिभिजन लिगमा संकटा क्लबलाई प्रशिक्षण दिएका थिए र उनीहरूसँग आकर्षक फुटबल प्रदर्शन गरेका थिए।विराटनगर सिटी एफसीको विज्ञप्ति यस्तो छ : ‘नेपाल सुपर लिगको आगामी संस्करणका लागि बिष्णु गुरुङलाई क्लबको मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा विराटनगर सिटी फुटबल क्लब हर्षित छ । विष्णु गुरुङ एक प्रभावशाली नेतृत्व हुनुहुन्छ र खेलमा आफ्नो छोटो कोचिङ करियरमा धेरै सफलता हासिल गर्नुभएको छ। क्लबलाई लाग्छ कि श्री गुरुङ क्लबको भिजनलाई अगाडि बढाउनका लागि उपयुक्त