काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलको पहिलो ओभरमै डिसिजन रिभ्यू सिस्टम (डिआरएस) को प्रयोग भएको छ ।तेस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक डिआरएस प्रयोग भएको हो । यसअघिका संस्करणमा डिआरएस प्रयोग भएको थिएन । आयोजक नेपाल क्रिकेट संघले तेस्रो संस्करणदेखि सो प्रविधि प्रयोग गर्ने जनाएको थियो ।तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलको दोस्रो ओभरमै डिआरएस प्रयोग भएको हो ।दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले सुदूरपश्चिमका सइम जइबविरूद्ध एलबिडब्ल्यू अपिल गरेका थिए ।रेफ्री बुद्धिबहादुर प्रधानले आउट नदिएपछि उनले रिभ्यू मागेका थिए
काठमाडौंः प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले नेपाल प्रिमियम लिग (एनपीएल) तेस्रो संस्करणको उद्घाटन गरेका छन् ।त्रिवि खेलमैदान कीर्तिपुरमा प्रधानमन्त्री बालेनले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।तेस्रो संस्करणको उद्घाटन खेल दोस्रो संस्करणको उपाधि विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूर पश्चिम रोयल्सबीच शुरु भएको छ ।उद्घाटनअघि लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।उद्घाटन खेल शुरु भइसकेको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।केहीबेरपछि सुदूरपश्चिमसँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने भएको हो ।एनपीएलको तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।तेस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूर पश्चिमबीच प्रतिष्पर्धा हुन लागेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गरेका हुन् ।एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रूपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपिएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए ।उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागत गरेका छन् ।‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव ‘नेपाल प्रिमियर लिग (एनपिएल)
काठमाडौंः आजदेखि नेपाल प्रिमियम लिग (एनपीएल)को तेस्रो संस्करणको प्रतियोगिता हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको सो प्रतियोगिताको पहिलो संस्करण सन् २०२४ नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म सञ्चालन भएको थियो ।आठ टोली सहभागी सो प्रतियोगितामा ३२ खेल भएका थिए । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्स च्याम्पियन बन्दै एनपीएलको पहिलो उपाधि उचालेको थियो ।प्रतियोगितामा सुदूरपश्चिमले बनाएको १८४ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।दोस्रो संस्करण सन् २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना भएको थियो । त्यसमा पनि आठ टोली र ३२ ख
काठमाडौंः साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको भीडन्तसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आज शुरु हुँदैछ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे हुने उद्घाटन खेलमा गत संस्करणका फाइनलिस्ट आमनेसामने हुँदैछन् ।अघिल्लो संस्करणको भेटमा सुदूरपश्चिमले सुरुआती अग्रता बनाए पनि उपाधि भिडन्तमा लुम्बिनीले बाजी मारेको थियो ।पहिलो संस्करणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो । सैफ जैबको ९० रनको मद्दतमा सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा लुम्बिनीले नौ विकेट गुमाएर १४२ रन मात्रै बनाएको थियो ।दोस्रो संस्करणको
काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौंमा शुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा ८ टिम सहभागी छन् ।प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् ।उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्ने भएका हुन् ।एनपीएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । यसैगरी उपविजेताले ८० लाख, तेस्रो हुन
काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् यसपटकको एनपीएलमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो ।क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा पहिलोपटक डीआरएस भित्र्याउने तयारी भइरहेको बताएका थिए । त्यसका लागि दुई कम्पनीको प्रविधि परीक्षण गरिएको र तथ्यपरकता (एक्युरेसी) मूल्याङ्कनपछि अन्तिम निर्णय लिइने उनले उल्लेख गरेका थिए ।डीआरएस क्रिकेटमा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो । यसले अम्पायरको निर्णयमा चित्त नबुझेमा खेलाडीलाई रिभ्यू माग्ने अवसर दि
इटहरीः मोरङ बुढीगंगा गाउँ पालिकामा रहेर कराते खेलमा सक्रिय दुई युवा अन्तर्राष्ट्रिय प्रशिक्षक परीक्षामा उत्तीर्ण भएका छन् ।प्रभाकर राना (रिकी) र पर्शु कुँवरले एसियन कराते महासंघको मलेसियामा सम्पन्न परीक्षाबाट अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता पाएका छन् ।केही दिन अगाडि एसियन कराते महासंघको वार्षिक कार्यक्रम अन्तर्गत नेपालबाट छनोटमा परी दुवै खेलाडी मलेसिया गएका थिए ।
विराटनगर । विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६ औँ राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।आर्मीले १७ स्वर्णसहित कुल २८ पदक जित्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेको हो । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार आर्मीले १७ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको हो ।त्यस्तै, सशस्त्र प्रहरी बलले १० स्वर्ण, १० रजत र ६ कास्यसहित २६ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ ।लुम्बिनी प्रदेशले ५ स्वर्ण, ६ रजत र ८ कास्यसहित १९ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ ।बागमती प्रदेश २ स्वर्ण, ६ रजत र १० कास्यसहित १८ पदक प्राप्त गर्दै चौथो भएको