मनोरञ्जन

    Showing ७१-८० of १४२ items.
  • रिलिजअगावै बाहिरियो ‘ज्वाइँ साब’ को क्लाइमेक्स सिन

    इटहरी । असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ को महत्त्वपूर्ण दृश्य बाहिरिएको छ। रिलिजअगावै फिल्ममा समावेश क्लाइमेक्स सिन टिकटकमा आएको हो। सो दृश्य त्रिभुवन विमानस्थलमा सुटिङ गर्ने बेलाको हो। सुटिङका बेला दर्शकले भिडिओ खिँचेर टिकटकमा सार्वजनिक गरेको देखिन्छ। कमेडी जनरामा बनेको फिल्मको त्यो भावुक दृश्यले दर्शकहरुको ध्यान तानिरहेको छ।  सार्वजनिक भिडिओमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाहलाई देख्न सकिन्छ। जितुले सेतो पहिरनमा हातमा बच्चा बोकेका छन्। त्यस्तै निलो ब्याग बोकेका उनको हातमा पार्टपोर्ट पनि छ। त्यस्तै, खादासहित नेपालको झण्डा बोकेर उभिएकी नीति भिडिओमा भावुक द

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ४२८ पटक पढिएको
  • पल शाह भन्छन : काठमाडाैंमा घर बनाउने सपना थीयाे तर एउटै मुद्धाले सबै सपना चकनाचुर बनाइदियाे

    काठमाडाैं । अभिनेता पल शाहले बलात्कार मुद्दा लड्नुपर्दा ठूलो खर्च भएको र त्यसैका कारण काठमाडौँमा घर बनाउने योजना भताभुंग भएको गुनासो गरेका छन्।  एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा परेपछि पल एक वर्ष जेल बसेका थिए। तर पछि उच्च अदालत पोखराले सफाइ दिएपछि उनी कारागारमुक्त भएका थिए। त्यसयता उनले आफ्नो अभिनय कर्मलाई निरन्तरता दिइरहेका छन्। हाल उनी फिल्म ‘रावायण’को प्रमोसनमा व्यस्त छन्। यसै क्रममा एक युट्युबलाई अन्तर्वार्ता दिने क्रममा उनको मुद्दाका विषयमा पनि प्रश्न गरिएपछि पलले त्यसबाट आफूलाई ठूलो आर्थिक क्षति भएको दुखेसो पोखेका हुन्। ‘सबै राम्रो भइरहेको थियो। हामी का

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ३९३ पटक पढिएको
  • अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन–३ को उपाधि

    इटहरी । ‘भ्वाइस किड्स’ सिजन–३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार अबेर सकिएको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् । विजेतालाई हिमालय टीभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेललगायतले पुरस्कार प्रदान गरे ।जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । प्रमोदको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्

    • प्रकाशित मितिः भदौ २, २०८१
    • ३७९ पटक पढिएको
  • युवा कवि सिजन श्रेष्ठकाे कविता संग्रह 'हावामा अल्झिएको स्वर' लोकार्पण

    इटहरी । मोरङको सुन्दरहरैँचा स्थित युवा कवि सिजन श्रेष्ठको कविता संग्रह 'हावामा अल्झिएको स्वर'  लोकार्पण गरिएको छ । सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा  सुन्दरहरैैचाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृतिको लोकार्पण गरेका थिए।सङ्खुवासभाको वानामा जन्मिएका कवि श्रेष्ठ हाल सुन्दरहरैँचा नगरपालिकामा कार्यरत  छन्। संग्रहमा ५३ वटा कविताहरू समावेश छन्, जसको समीक्षा डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले गरेका थिए। समीक्षकहरूले संग्रहमा रहेका कविताहरूको उत्कृष्टता र विषयवस्तुको गहिराइको प्रशंसा गरेका छन्। ती कविताहरूमा प्रकृति प्रेम, माया पिरती, गरिबी, र परदेश

    • प्रकाशित मितिः साउन २७, २०८१
    • ८२४ पटक पढिएको
  • गायक प्रकाश तिमिल्सिना आफ्नै कोठामा मृत भेटिए

    इटहरी । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ ।  तिमल्सिनाको शनिबार साँझ निधन भएको संगीतकार वसन्त सापकोटाले जानकारी दिएका छन् ।घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन् । २०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए । ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पा

    • प्रकाशित मितिः साउन २७, २०८१
    • ४५८ पटक पढिएको
  • बंगलादेशमा भाग्दाभाग्दै घेरेर फिल्म निर्माताका बाबु-छोरालाई कुटीकुटी मारियो

    एजेन्सी । हिंसाको आगोमा जलिरहेको बंगलादेशमा फिल्म निर्माता सलिम खान र उनका छोरा शान्तो खानलाई भीडले घेरेर कुटीकुटी मारेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सलिम भारतमा बंगाली सिनेमासँग पनि जोडिएका थिए। उनले टलिउड (पश्चिम बंगाल सिनेमा) का ठूला फिल्मस्टारमध्येका एक अभिनेता देवसँग फिल्म ‘कमान्डो’ बनाएका थिए, जुन कहिल्यै रिलिज भएन। बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको जीवनीबाट प्रेरित बंगलादेशी फिल्म ‘तुंगीपारर मियाँ भाइ’ पनि सलीमले निर्देशन गरेका थिए।ज्यान जोगाउन गोलीसमेत चलाएरिपोर्टका अनुसार सोमबार ५ अगस्टमा सलिम र शान्तो घरबाट भाग्न खोजिरहेका थिए। त्यही बेला फराक्का

    • प्रकाशित मितिः साउन २४, २०८१
    • ३११ पटक पढिएको
  • आठ वर्षपछि फिल्ममा फर्किदै महा नायक राजेस हमाल

    काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झण्डै आठ वर्षपछि अभिनयमा फर्किने भएका छन् ।हमाल निर्देशक दिवाकर भट्टराईको एक ‘अनटाइटल’ फिल्ममा अनुबन्ध भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी गराएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’पछिल्लो पटक फिल्म ‘सकुन्तला’ मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका छैनन् । बरु उनले म्युजिक भिडिओमा आफूलाई सम

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ४०६ पटक पढिएको
  • सिसन बानियाँले खोले फिल्म कम्पनी

    इटहरी । चर्चित भ्लगर सिसन बानियाँले फिल्म निर्माण कम्पनी खोलेका छन्। उनले फेसबुकमार्फत आफूले फिल्म कम्पनी ‘रेन वेभ पिक्चर्स’ को घोषणा गरेका हुन्।‘फ्रिलान्सरको रुपमा वर्षौं बिताएपछि लगभग एक दशक युट्युब सामग्री, निर्माता, यात्रा भ्लगरको रूपमा काम गरें। मलाई लाग्छ यो समय अब मेरो जीवनको सबैभन्दा ठूलो सपनातर्फ कदम चाल्ने समय हो। तपाईंहरु सबैसामु प्रस्तुत गर्छुस् रेनवेभ पिक्चर्स,’ उनले लेखेका छन्।सिसनले फिल्म ‘होलटाइमर्स’ निर्माण गरिसकेका छन्। यतिखेर प्रोस्ट-प्रोडक्सनमा रहेको यो फिल्म फेस्टिभलपछि हलमा रिलिज हुने तयारी छ।प्रवीण टक्की कार्कीसँग मिलेर बनाएको यस फिल्मलाई पूजा गुरुङ र विभुषण बस्नेतक

    • प्रकाशित मितिः साउन ७, २०८१
    • ४१३ पटक पढिएको
  • ‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने

    काठमाडौं । हाँस्य टेलिचलचित्र ‘सक्किगोनि’ को निर्माण टिमले कथानक चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । कलाकार कुमार कट्टेलको जन्मदिनको अवसरमा चलचित्र ‘लाज शरणम’ निर्माणको औपचारिक घोषणा गरिएको हो । चलचित्र कुमारले निर्देशन गर्नेछन् । चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपिका बाउ), माला लिम्बू, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्र फागुन १४ प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ५०४ पटक पढिएको
  • करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’

    एजेन्सी । बलिउड फिल्म निर्माता करण जोहर अविवाहित हुन्, तर उनी जुम्ल्याहा सन्तानका बुवा हुन् । सन् २०१७ मा उनी सेरोगेसी मार्फत छोरा यश र छोरी रुहीको बुवा बनेका हुन् ।करण अविवाहित बुवा मात्रै होइनन्, उनी समलिङ्गी पुरुष पनि हुन् । यो कुरा उनले आफ्नो जीवनीमा आधारित किताबमा उल्लेख गरेका छन् ।विभिन्न अन्तर्वार्तामा उनले सांकेतिक रुपमा विवाह नगर्नुको प्रमुख कारण यही भएको बताउँदै आएका छन् ।करण आफ्नो ब्यानरमा बनेको फिल्म ‘ब्याड न्युज’को प्रदर्शनको सङ्घारमा छन् । यसको प्रचारका लागि दिएको एक अन्तर्वार्तामा उनले एकल बुवा भएर सन्तान हुर्काउन छुट्टै चुन

    • प्रकाशित मितिः असार २५, २०८१
    • ४०८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल