काठमाडौंः प्रधानमन्त्रीको शपथग्रहणपछि आजै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो ।आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा बटुकले स्वस्तिवाचन र लामाले मङ्गलवाचन गरेका थिए ।यस्तो छ नयाँ मन्त्रिमण्डलप्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय सम्हालेका छन् ।मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पा
काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाहको आज भएको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी र बाबुराम भट्टराई सहभागी हुनुभएको छ ।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्छ । देउवा प्रतिनिधिसभाको निर्वाचनभन्दा अघिदेखि नै विदेशमा हुनुहुन्छ ।
काठमाडौंः रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनुभएको छ ।बालेन्द्र शाहले प्रधानमन्त्री पदसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुहुने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनुभएको हो ।यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेपछि शाहलाई संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री शाहको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो शीतल निवासमा हुने भएको छ ।बिहीबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले शाहलाई सर्वसम्मत रूपमा संस
काठमाडौंः प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ ।भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल सङ्गठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय भएको हो ।प्रधानमन्त्री कार्कीले बुधबार भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको हो । मंगलबार नेपाल बाल सङ्गठन र बालमन्दिर सम्बन्धी उच्चस्त
काठमाडौंः नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज चैत १२ गते हुँदैछ । सो शपथग्रहण समारोहमा केही सांसदले मातृभाषामा शपथ लिने भएका छन् ।नेपालको संविधानले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई राज्यको गौरव र पहिचानको रूपमा आत्मसात गरेको छ । सबै भाषा, धर्म र सांस्कृतिक पहिचानलाई समावेश गर्दै समावेशी समाजको निर्माणमा जोड दिएको छ । जसका कारण चलनचल्तीको नेपाली भाषाबाहेक मातृभाषामा पनि शपथ लिन पाइने व्यवस्था नेपालको संविधानले गरेको छ ।सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित दीपककुमार साह मैथिली भाषामा (रास्वपा)बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित मोहम्मद इश्तियाक राई अ
काठमाडौंः नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।खड्का कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । उनी नेपाल बार एसोसिएसनका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।नेपाली कांग्रेसले असोजमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक गरी रास्वपाबाट १८२ जना सांसद निर्वाचित भएका छन् । तीमध्ये रास्वपाबाट केही स्वास्थ्यकर्मी सदनमा पुगेका छन् ।डा. लेखजंग थापा, डा. तोसिमा कार्की, जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द, दृष्टिरोग विशेषज्ञ दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसद भएका हुन् ।डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट हुन् । थापाले एमडी (आन्तरिक चिकित्सा) र डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन् । राष्ट्रिय न्युरो केन्द्र काठमाडौंमा न्युरोलोजी विभागका निर्देशक तथा प्रमुखको रूपमा कार्यरत थापा मनमोहन मेमोरियल मेड
काठमाडौंः प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यमध्येका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।आज बिहान प्रतिनिधसभाका ज्येष्ठ सदस्यको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा केसीले शपथ ग्रहण गर्नुभएको हो ।प्रतिनिधसभाको चुनावबाट निर्वाचितमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र ती ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने कानुनी व्यवस्था रहेको छ ।सोहीअनुसार सिंहले आज शपथ ग्रहण गर्नुभएको हो । प्रतिनिधिसभाका बाँकी २७४ जना सदस्यलाई केसीले बिहीबार शपथ ग्रहण गराउनुहुनेछ ।
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचितमध्येका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको शपथ ग्रहण आज हुने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान सवा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।नेपाली कांग्रेसबाट निर्वाचित ७८ वर्षीय केसीले राष्ट्रपतिबाट शपथ लिएपछि भोलि प्रतिनिधि सभाका बाँकी २७४ जना सदस्यहरुलाई सपथ ग्रहण गराउनुहुनेछ । सभामुख चयन नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नुहुनेछ ।