इटहरी । फागुन २१ गते भएको निर्वाचनबाट खेल क्षेत्रको प्रतिनिधित्व गर्दै रास्वपाबाट रजनी श्रेष्ठ सांसद बनेकी छिन् । मोरङकी श्रेष्ठ समानुपातिक प्रणालीमार्फत् सांसद चयन भएकी हुन् । उनी राष्ट्रिय, दक्षिण एशियाली तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सफलता हासिल गरेकी एक बडीबिल्डर हुन् ।समानुपातिक प्रणालीअन्तर्गत रास्वपाबाट यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व पनि सुनिश्चित भएको छ । भूमिका श्रेष्ठ सो समुदायको प्रतिनिधित्व गर्ने पहिलो ट्रान्सजेन्डर महिला बन्ने तयारीमा छिन् ।यसअघि २०६४ सालमा तेस्रो लिङ्गीको प्रतिनिधित्व गर्दै सुनिलबाबु पन्त सांसद भएका थिए ।
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचितमध्ये ५ जनाको नाम गणेश रहेको छ । दुई जनाको नाम र थर एउटै छ । उहाँहरु सबै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुहुन्छ ।हिन्दू धर्ममा ‘गणेश’ विघ्नहर्ता भगवान्को नामको रूपमा पूजा गरिन्छ ।यी हुन् गणेश नाम भएका सांसदहरू१. गणेश कार्की (मोरङ–३),२. गणेश पौडेल (रौतहट–४)३. गणेश धिमाल (बारा–१)४. गणेश पराजुली (काठमाडौं–७)५. गणेश पौडेल (कास्की–१) ।
इटहरी । हालै भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा ५० हजारभन्दा बढी मत ल्याएर १२ जना उम्मेद्वारले निर्वाचन जित्दै सांसद हुुनभएको छ । उहाँहरू सबै जना राष्ट्रिय स्वतन्त्र पार्टीका हुनुहुन्छ ।६० हजारभन्दा बढी मत ल्याएर जित्ने २ जना (बालेन्द्र शाह झापा ५ र इन्दिरा राना झापा २) हुनुहुन्छ ।सबैभन्दा धेरै मत बालेनकोनिर्वाचन आयोगले सार्वजनिक गरेको प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार सबैभन्दा धेरै मत ल्याएर रास्वपाका नेता बालेन्द्र शाह विजयी हुनुभएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई पराजित गर्नुभएका शाहले ६८ हजार ३४८ मत ल्याउनुभएको हो । झापा क्षेत्र नम्बर ५ बाट उम्मेद
इटहरी । प्रतिनिधि सभाका हालै निर्वाचित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ चैत ११ गते हुने भएको छ ।७८ वर्षीय केसी नेपाली कांग्रेसका सांसद हुनुहुन्छ । केसी समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुहुनेछ ।त्यसपछि भोलिपल्ट चैत १२ गते ज्येष्ठ सदस्यले बाँकी सबै सांसदलाई शपथ ग्रहण गराउनुहुनेछ ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार ज्येष्ठ सदस्य केसीको शपथ चैत ११ गते बिहान हुने भएको छ ।
इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत भएको छ ।गत महिना सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिनुभएको थियो । शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सो राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो ।उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । बैठकले शर्माको प्रस्तावमा समर्थन जनाएको प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इटहरी । समानुपातिकतर्फ निर्वाचित भएकाहरूको नागरिकता जारी भएको जिल्लाअनुसार सबैभन्दा धेरै सहभागिता बागमती प्रदेशमा देखिन्छ । यहाँबाट विभिन्न दलका ३६ जना नेताहरू सांसद बनेका छन् ।बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, चितवन, मकवानपुर र दोलखाबाट ३६ जना सांसद निर्वाचित भएका छन् ।कोशी प्रदेशबाट २२ जना र मधेश प्रदेशबाट १८ जना समानुपातिकतर्फ निर्वाचित भएका छन् ।कोशी प्रदेशका ताप्लेजुङ, मोरङ, सुनसरी, झापा, पाँचथर, संखुवासभा र सोलुखुम्बुबाट २२ जना तथा मधेश प्रदेशका सबै जिल्लाबाट १८ जना निर्वाचित भएका छन् ।गण्डकी प्रदेशका गोरखा, बाग्लुङ, तनहुँ र स्याङ्जाका
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट केही सेलिब्रेटीहरू पनि संघीय संसदमा पुगेका छन् ।रिमा विश्वकर्मा र अनुष्का श्रेष्ठले संसदको यात्रा तय गरेका हुन् । रिमा विश्वकर्माले पत्रकारिता तथा मिडिया क्षेत्रबाट आफ्नो करियर सुरु गरेकी थिइन् । रास्वपाले उनलाई दलित महिला समूहबाट समानुपातिक प्रणालीअन्तर्गत मनोनयन गरेको हो । उनी अभिनेत्री, मोडल र टेलिभिजन प्रस्तोता पनि हुन् । राजनीतिमा आउनुअघि उनले ‘नेपाल आइडल’ गायन रियालिटी शो सञ्चालन गरेकी थिइन् ।अनुष्का श्रेष्ठ सन् २०१९ की मिस नेपाल विजेता हुन् । उनलाई रास्वपाले आदिवासी जनजाति महिला समूहबाट समानुपातिक प्र
इटहरी । धादिङका १३ वटा स्थानीय तहले बैठक गरेर संयुक्त विज्ञप्ति जारी गर्दै सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत् दिएको ‘निर्देशन’ प्रति असन्तुष्टि जनाएका छन् ।रास्वपाबाट धादिङ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेकी तामाङले ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकायमा निर्देशन दिइसकेको जानकारी गराउँछु । र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउँछु’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेकी थिइन् ।त्यसपछि धादिङका १३ वटै स्थानीय
इटहरी । समानुपातिकतर्फ निर्वाचित सांसदको संख्या हेर्दा जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंबाट १७ जना परेका छन् । यहाँ रास्वपाबाट मात्रै १० जना रहेका आयोगको तथ्याङ्कले देखाउँछ । यो तथ्याङ्क सांसदहरूको नागरिकता जारी भएको जिल्लाको आधारमा लिइएको हो ।रास्वपाबाट काठमाडौंका अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, कुसुम महर्जन, भूमिका श्रेष्ठ, कृपा महर्जन, लिमा आचार्य, विधुषी राणा, समीक्षा बास्कोटा, सुरेन्द्र चौधरी र अफ्साना बानु रहेका छन् ।भूमिका लिम्बू सुब्बा, रामबहादुर थापामगर र कुलभक्त शाक्य नेकपा एमालेबाट, प्रमेशकुमार हमाल र परशुराम तामाङ नेकपाबाट तथा भरत गिरी र खुश्बु ओली राप्रपाबाट समानुपाति
काठमाडौंः नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जीत हात पार्दै बहुमत प्राप्त गरेको छ ।रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेको थियो । रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छसंघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ ।