राजनीति

    Showing २११-२२० of ८३५ items.
  • राप्रपाको संसदीय दलको नेतामा ज्ञानबहादुर शाही, प्रमुख सचेतकमा खुश्बु ओली

    इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । शाही गत निर्वाचनमा राप्रपाबाट प्रत्यक्षतर्फ विजयी हुने एक मात्र सांसद हुनुहुन्छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।बैठकले प्रमुख सचेतकको जिम्मेवारी खुश्बु ओलीलाई दिने भएको छ । ओली समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा चयन हुनुभएको हो ।पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बैठक बसेको पार्टीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ६, २०८२
    • २३२ पटक पढिएको
  • समानुपातिक सांसद सबैभन्दा धेरै काठमाडौंका १७ जना

    इटहरी । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा ११० सांसद निर्वाचित भएका छन्, तीमध्ये ३७ जिल्लाबाट भने कुनै पनि दलका उम्मेद्वार समानुपातिक सांसद भएनन् । काठमाडौं जिल्लाबाट भने सबैभन्दा धेरै १७ जना समानुपातिक सांसद भएका छन् ।काठमाडौंपछि धेरै समानुपातिक सांसद हुनेमा झापा जिल्ला परेको छ । झापाबाट ६ जना समानुपातिक सांसद भएका छन् ।धादिङ र मोरङबाट समान पाँच–पाँच जना, सुनसरी, सिराहा, धनुषा, दाङ र कञ्चनपुरबाट समान चार–चार जना उम्मेदवार विजयी भएका छन् ।त्यस्तै, ताप्लेजुङ, महोत्तरी, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, बाग्लुङ, रुपन्देही, कैलालीबाट समान तीन–तीन जना तथा संखुवासभा, रौतहट, सप्तरी, चितवन, गो

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २४७ पटक पढिएको
  • स्थानीय तह र प्रदेश सभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको धारणा

    काठमाडौंः निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्न आवश्यक रहेको बताएका छन् ।आज प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्दा निर्वाचन खर्च घट्ने बताएका हुन् ।वर्तमान कानुनी संरचनाले संयुक्त निर्वाचनको व्यवस्था गर्न नसक्ने हुनाले त्यसको लागि हाल लागू रहेका करिव १० वटा निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । सो ऐनको लागि आयोगले मस्यौदा

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २६८ पटक पढिएको
  • गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा गरिएको सिफारिशको वैधतामा प्रश्न उठाउँदै सर्वाेच्चमा रिट दायर

    काठमाडौंः अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर आज रिट दायर गरिएको हो । अधिवक्ता मनिषकुमार श्रेष्ठले रिट दायर गरेका हुन् ।दायर गरिएको रिटमा सदस्यताको योग्यताबारे नेपालको संविधानको धारा ८७ को उपधारा १ (ङ) मा संघीय संसद्को सदस्य हुन कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्थाविरुद्ध सिफारिश गरिएको, विगतमा नियुक्तिका निम्ति ‘कुलिङ अफ पिर

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २४१ पटक पढिएको
  • निर्वाचन आयोगले दियो ११० जना समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र

    इटहरी ।  फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका समानुपातिक सांसदलाई निर्वाचन आयोगले आज प्रमाणपत्र प्रदान गरेको छ ।आज एक कार्यक्रमका बीच समानुपातिकतर्फका ११० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले सांसदहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।सो निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र

    • प्रकाशित मितिः चैत ५, २०८२
    • १६० पटक पढिएको
  • निर्वाचनमा पराजित भएका कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

    काठमाडौंः फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् ।थापाले हिजो बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएको बताइएको छ । सर्लाही–४ बाट उम्मेद्वार बनेका थापालाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरेका थिए ।रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिइरहेका थिए ।थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबा

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २५२ पटक पढिएको
  • समानुपातिक सांसदले आज प्रमाणपत्र पाउने, शपथ चैत १२ मा

    इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाले आज बिहीबार निर्वाचन आयोगबाट विजयी भएको प्रमाणपत्र पाउने भएका छन् ।आयोगले आज समानुपातिकतर्फका ११० जना सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि चैत १२ गते शपथ ग्रहण गराउने भएको छ ।शपथ ग्रहणपछि नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुनेछ ।

    • प्रकाशित मितिः चैत ५, २०८२
    • १५७ पटक पढिएको
  • ३७ जिल्लाबाट भएनन् समानुपातिक सांसद, मधेसका सबै जिल्लाबाट भयो प्रतिनिधित्व

    काठमाडौंः प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा ११० सांसद निर्वाचित भएका छन्, तीमध्ये ३७ जिल्लाबाट भने कुनै पनि दलका उम्मेद्वार समानुपातिक सांसद भएनन् ।११० जना समानुपातिक सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिष्ट पार्टीका ९ जना, श्रम संस्कृति पार्टीका ४ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना सांसद छन् ।११० जना सांसदमध्ये काठमाडौंबाट सबैभन्दा धेरै १७ जना समानुपातिक सांसद निर्वाचित भएका छन्, जसमा रास्वपाका १० जना छन् ।आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीअनुसार विजयी उम्मेद्वारहरूको नागरिकता जारी भएको जिल्लालाई आधार मान्द

    • प्रकाशित मितिः चैत ४, २०८२
    • २३३ पटक पढिएको
  • योगाभ्याससँगै शुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण

    इटहरी ।  हालै भएको प्रतिनिधिसभामा विजयी भएका प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज योगाभ्याससँगै शुरु भएको सो पार्टीले जनाएको छ ।सो पार्टीका अनुसार आज सभापति रवि लामिछानेले सम्बोधन गरेसँगै अभिमुखीकरण समापन गरिने भएको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    • प्रकाशित मितिः चैत ४, २०८२
    • २४२ पटक पढिएको
  • संसदीय आचरण सिक्दै रास्वपाका सांसदहरू

    काठमाडौंः हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ जना सांसदलाई ललितपुरको ग्वार्कोमा अभिमुखीकरण कार्यक्रम गरी रास्वपाले संसदीय अभ्यास र आचरण सिकाइरहेको छ ।सो कार्यक्रममा सांसदहरूले संसदीय भूमिका, बोल्ने तरिका, न्याय पाउने अधिकार र जनताको अपेक्षा अनुसार काम गर्ने विषयमा ज्ञान प्राप्त गरेको बताएका छन् । पदको गरिमा बढाउन, संविधान र कानुनको अध्ययन गर्न तथा भ्रष्टाचार अन्त्य गर्न सांसदहरूलाई निर्देशन दिइएको छ ।रास्वपाका धेरै सांसद पहिलो पटक निर्वाचित भएका र एक अर्कालाई नचिनेका हुनाले सांसदबीच परिचयको कार्यक्रम पनि गराइएको बताइएको छ । निर्वाचनमा प्

    • प्रकाशित मितिः चैत ४, २०८२
    • १४० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल